#गण्डकी प्रदेश

गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिदै

गण्डकी प्रदेशसभा
पोखरा, २९ पुस/ गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज (शुक्रबार) विश्वासको मत लिँदै छन् । ६० सदस्यीय प्रदेश सभाका ३३ सांसदको समर्थनसहित मुख्यमन्त्रीमा नियुक्त भएका अधिकारीले १ बजे संसदमा विश्वासको मत लिने छन् । एमाले संसदीय दलका नेता अधिकारीलाई एमालेका २२, माओवादीका ८, राप्रपाका २ र १ स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्ती भएका थिए । तर गण्डकी प्रदेशका प्रदेश सभा सदस्य राजीव गुरुङ उर्फ दीपक मनाङेले मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत नदिने बताएका छन् । मुख्यमन्त्री दाबी गर्दा समर्थन जनाएका मनाङेले… पुरा पढौ

पोखराको पुरानो बजारको कथा

पोखराको पुरानो बजारको कथा
पोखरा अहिले गण्डकी प्रदेशको राजधानी बनेको छ । संघीय संरचना अनुसार प्रदेश नं. ४ लाई गण्डकी नामाकरण गरेपछि पोखरा गण्डकी प्रदेशको राजधानी भएको हो। राजधानी बन्नुभन्दा अगाडि पोखरालाई महानगरपालिकाको रुपमा स्थापित मात्र गरेन क्षेत्रफलको हिसाबले सबैभन्दा ठूलो महानगरपालिकाको रुपमा स्थानीय सरकारको रुपमा सञ्चालन भइरहेको छ। अहिलेको पोखरा नेपालको राजधानी काठमाडौं पछि दोस्रो ठूलो शहरको रुपमा लिने गरिन्छ । ४७ वर्ष अघि कोरिएको पोखरा अन्तराष्ट्रीय बिमानस्थल हालको मेयरको पालोमा उट्घाटन गरिएको छ । पोखराको बिकासमा यो एउटा खुड्किलो हो । अन्तराष्ट्रीय… पुरा पढौ

गण्डकीका मुख्यमन्त्री अधिकारीले २९ गते विश्वासको मत लिने

खगराज अधिकारी
पोखरा, २६ पुस/ गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले ३ दिनपछि विश्वासको मत लिने भएका छन् । मंगलबार सत्ता गठबन्धनसँग छलफल गरेपछि उनले पुस २९ गते विश्वासको मत लिने संसद् सचिवालयलाई जानकारी गराएका छन् । २९ गते १ बजेका लागि बैठक डाकिएको छ । सरकारका प्रबक्ता सीता सुन्दासका अनुसार विश्वासको मत लिने जानकारी प्रदेश प्रमुख र संसद सचिवालयमा पुगिसकेको छ । अधिकारीले बिश्वासको मत लिएपछि नै सरकार विस्तार र मन्त्रीहरुको कार्यविभाजन तोक्ने तयारी गरेका छन् । हाल ४ सदस्यीय मन्त्रीमण्डल गठन भएको… पुरा पढौ

गण्डकी प्रदेशमा मुख्यमन्त्री सगैँ ३ मन्त्रीले लिए शपथ

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्रीसहित ४ मन्त्रीले लिए शपथ
पोखरा, २५ पुस/ गण्डकी प्रदेशको मुख्यमन्त्री खगराज अधिकारीसहित ४ मन्त्रीले शपथ ग्रहण गरेका छन् । शपथ लिने अन्य ३ मन्त्रीहरुमा एमालेकी सीता सुन्दास, माओवादीका हरिबहादुर चुमान र राप्रपाका पञ्चराम गुरुङ छन् । मन्त्रीहरुको जिम्मेवारी भने तोकिएको छैन । उनीहरुले विनाविभागीय मन्त्रीका रुपमा शपथ लिएका हुन् । प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख पृथ्वीमान गुरूङले मुख्यमन्त्रीसहित मन्त्रीहरुलाई शपथ ग्रहण गराएका हुन् । मुख्यमन्त्री अधिकारी नेतृत्वमा ३३ सांसदको समर्थन गरेका छन् । नेकपा एमाले २२, नेकपा माओवादी केन्द्रका ८, राप्रपाका २ र स्वतन्त्र… पुरा पढौ

को बन्ला गण्डकी प्रदेशको मुख्य मन्त्री ?

खगराज अधिकारी र हरीबहादुर चुमान
पोखरा, २२ पुस/ गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नयाँ सरकार गठनको लागि दाबी पेश गर्न आह्वान गरे सगँ गण्डकी प्रदेशमा सरकारमा को मुख्यमन्त्री हुने भन्ने चर्चा बढेको छ । प्रदेश प्रमुखले आगामी पुस २५ गते अपराह्न ४ बजे भित्र दाबी पेश गर्न बिहीबार आह्वान गरेका थिए । प्रदेश सभामा कुनै एउटा दलको बहुमत नआएपछि प्रदेश प्रमुखले संविधानको धारा १ सय ६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने… पुरा पढौ

गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान

गण्डकी प्रदेशसभा
पोखरा, २१ पुस/ गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पाँच दिनको समय दिएर नयाँ प्रदेश सरकार गठनको आह्वान गरेका छन् । संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सरकार गठन गर्न प्रमुख गुरुङले आव्हान गरेका हुन् । कुनै पनि दलले बहुमत नपाएका कारण धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री दाबी गर्न पुस २५ गते सोमबार दिउँसो ४ बजेको समय प्रदेश प्रमुख गुरुङले दिएका छन् । पुरा पढौ

गण्डकी प्रदेशका सांसदले शपथ लिए

गण्डकी प्रदेशका सांसदले शपथ लिए
पोखरा, १४ पुस/ गण्डकी प्रदेश सभाका नव निर्वाचित सांसदहरू पद तथा गोपनियताको शपथ लिएका छन् । ज्येष्ठ सदस्य मित्रलाल बस्यालले सांसदहरूलाई सपथ खुवाए । बस्याललाई बुधबार प्रदेश प्रमुख पृथ्वीमान गुरूङले पद तथा गोपनियताको सपथ खुवाएका थिए । ५६ जना सांसदले नेपाली र ३ जना सांसदले मातृ भाषामा सपथ लिएका छन् । नेपाली काग्रेसकी सरस्वती गुरुङ, पार्वती तामाङ राप्रपाका पञ्चराम गुरुङले मातृ भाषामा सपथ लिए । कति पय सांसदहरु आफ्नो जातीय पहिरन सहित शपथ लिन आएका थिए । शपथ लिए पछि… पुरा पढौ

गण्डकीका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले सपथ लिए

गण्डकीका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले सपथ लिए
पोखरा १३ पुस/ गण्डकी प्रदेशका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले पद तथा गोपनियताको सपथ लिएका छन् । बुधबार गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बस्याललाई सपथ खुवाए । संविधानको धारा १८२ (५) र प्रदेश सभा निर्वाचन ऐन २०७४ को दफा ७५ (१) बमोजिम प्रदेश प्रमुख गुरुङले बस्याललाई सपथ खुवाए । पर्वत (ख) बाट निर्वाचित बस्यालले पुस १४ गते अन्य सांसदलाई प्रदेश सभामा सपथ ग्रहण गराउने छन् । गण्डकीमा प्रत्यक्षमा ३६ र समानुपातिक २४ सांसद निर्वाचित भएका छन् । प्रदेश प्रमुख गुरुङले पुस… पुरा पढौ

गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान

गण्डकी प्रदेशसभा
पोखरा, १२ पुस/ गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान गरेका छन् । प्रमुख गुरुङले पुस १८ गते सोमबार दिउँसो ३ बजेका लागि अधिवेशन आह्वान गरेका हुन् । प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तिमा नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश सभाको अधिवेशन २०७९ साल पौष १८ गते सोमबार दिनको ३ बजेदेखि प्रदेश सभा भवन, नदीपुरमा आरम्भ हुने गरी आह्वान गरेको उल्लेख छ । पुरा पढौ

गण्डकीमा एमाले संसदीय दलको नेतामा खगराज अधिकारी सर्वसम्मत

खगराज अधिकारी
पोखरा, १० पुस/ नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलको नेतामा खगराज अधिकारी सर्वसम्मत चयन भएका छन् ।संसदीय दलको आइतबार बसेको बैठकले एमाले पार्टी संगठन विभाग प्रमुख अधिकारीलाई नेता चयन गरेको हो । दलको नेता बनेसँगै उनको गण्डकी प्रदेशको मुख्यमन्त्री बन्ने बाटो खुलेको छ । ६० सदस्यीय प्रदेशसभामा बहुमत पुग्न ३१ सांसद चाहिन्छ । एमाले, माओवादी र राप्रपा मिलेसँगै प्रदेशमा ३२ सांसद भएका छन् । पुरा पढौ