पोखराको पुरानो बजारको कथा

-


     क्लिक गण्डकी     
     पौष २८ गते २०७९ मा प्रकाशित


पोखराको पुरानो बजारको कथा

पोखराको पुरानो बजारको कथा

पोखरा अहिले गण्डकी प्रदेशको राजधानी बनेको छ । संघीय संरचना अनुसार प्रदेश नं. ४ लाई गण्डकी नामाकरण गरेपछि पोखरा गण्डकी प्रदेशको राजधानी भएको हो। राजधानी बन्नुभन्दा अगाडि पोखरालाई महानगरपालिकाको रुपमा स्थापित मात्र गरेन क्षेत्रफलको हिसाबले सबैभन्दा ठूलो महानगरपालिकाको रुपमा स्थानीय सरकारको रुपमा सञ्चालन भइरहेको छ। अहिलेको पोखरा नेपालको राजधानी काठमाडौं पछि दोस्रो ठूलो शहरको रुपमा लिने गरिन्छ ।

४७ वर्ष अघि कोरिएको पोखरा अन्तराष्ट्रीय बिमानस्थल हालको मेयरको पालोमा उट्घाटन गरिएको छ । पोखराको बिकासमा यो एउटा खुड्किलो हो । अन्तराष्ट्रीय बिमानस्थल सङ्गै पोखरालाइ पर्यट्किय राजधानी घोषणा गर्ने पहल भैरहेको छ । त्यो सङ्गसङ्गै पोखराको मौलिकता सम्रक्षण गरी आधुनिक बिकासको लागि नक्सान्का गर्ने बेला भएको छ । त्यसको सुरुवात पोखराको पहिलो एतिहासिक बजार छब्बिस कुरिया बाट गर्न सके मात्र महानगर साचिक्कै योजना सहित बिकास को बाटोमा लम्केको आभास हुनेछ ।

पोखरा शहर धेरै पुरानो शहर होइन। कास्कीका राजा कुमण्डन शाहका सन्तान सिद्धिनारायण शाहले बन्द व्यापार सञ्चालन गर्नका लागि २६ कुरिया जग्गा उपलब्ध गराएर भक्तपुर, ललितपुर र काठमाडौंका नेवारहरु ल्याएर शुरुवात गरेको इतिहासविद्हरुले लेखेको पाउँछौं। वि.सं. १८०९ मा पोखरालाई बजार अनि शहरको रुपमा परिणत गर्न ल्याइएका नेवार वर्गमा व्यापारी, शिल्पी, कालीगढहरु बढी थिए। नालामुख, गणेशटोल, भीमसेनटोल, तेर्सापट्टि, मोहरियाणटोल जुन अहिले पनि टोलको रुपमा ख्याति कमाएका छन्। सबै २६ कुरिया अन्तर्गत आउने ठाउँहरु थिए।

शुरुमा लगभग १५० जनालाई बसोबास गराइएको दस्तावेजमा उल्लेख भएको पाउँछौं। विक्रम सम्वत् १८२६ मा भक्तपुरका राजा रणजीत मल्ल युद्धमा हारेपछि ७०० जनाको जमात नै पोखरा आएको उल्लेख छ। र मानिस बसोबास गनेर्को संख्या ८५० पुगेको उल्लेख छ।

पोखरा पहिले कास्की राज्य अन्तर्गत नै थियो। कुलमण्डन शाह कास्कीका राजा भएको बेला वि.सं. १६३७ तिर पहाडी र अधिकारी जात भएका ब्राह्मणहरुलाई बैदाममा बसोबास गराएको माटेपानी, मझेरीपाटन चाउथेमा नुवाकोटबाट कार्की थरका क्षेत्रीहरुलाई बसोबास गराइएको समेत इतिहासमा उल्लेख गरिएको छ। कास्कीकोटमा नै राजा बस्ने भएकोले हिउँद महिनामा बाटुलेचौरमा बिताउने व्यवस्था मिलाइएको उल्लेख गर्दै मनोरञ्जन गर्न तनहुँबाट गायकहरु ल्याएर बसोबास गरेको पाइन्छ। हाल पुरानो राज्य मुकाम भएको कास्कीकोट पनि महानगरपालिकाभित्र नै समावेश छ।

त्यसैले पोखरा शहरको रुपमा परिणत गर्न थालिएको वर्ष विक्रम सम्वत् १८०९ इस्वी सम्वत् १७५२ नै हो भन्ने कुरा नेपाल र विदेशका इतिहासविद्हरूले आफ्ना किताब दस्तावेजमा उल्लेख गरेको पाउँछौं। सबैभन्दा पहिले यसबारे उल्लेख गर्ने इतिहासकार एफ वि हैमिल्टन हुन् । जो विक्रम् सम्वत् १८५० मा नेपाल आएर नेपालको इतिहास लेखेका थिए। जसमा पोखराको विषय पनि उल्लेख गरिएको छ। आज पोखरा स्थापना भएको २७१ वर्ष भएको छ।

पोखरा महानगरपालिकाले अब आउने दिनहरुमा विदेशी प्रतिनिधिहरुलाई चिनाउने क्रममा पोखरा २७१ वर्ष पुरानो शहर हो। १५० जना मानिसबाट शुरु भएको शहर भन्न कुनै अप्ठेरो छैन। प्रत्येक शहरको आधिकारिता स्थापित गर्ने काम त्यस शहरको महानगरपालिका जस्तो संस्थाले गर्छ। आउँदा दिनमा पोखराको महिमा र गरिमालाई लिपीवद्ध गर्ने काममा महानगरपालिका लाग्नु पर्दछ। आज पोखरा उपत्यका सबै नै महानगरपालिकाको भूगोल हो। सबैको इतिहास जगेर्ना गर्ने सुरक्षित राख्ने र प्रदर्शन गर्ने जिम्मेवारी पनि उक्त संस्थाको हो नै।

अहिलेकै मेयरको पालोमा पोखराले आफ्नो मौलिकता सम्रक्षण गर्दै आधुनिक बिकासको योजना सहित आफ्नो स्थापनावर्षको २७५ वर्ष उत्सव भब्य रुपमा मनाउने योजना बनाए त्यसबेला सबै पोखरेली महानगरपालिकावासी गोरवान्वित महसुस गनेर्छन् । यो शब्द र तस्बिर शहरी बन बिकास तथा हरियाली प्रवर्धन समुह पोखरा फेसबुक पेजबाट लिएको हो ।



Tags: , ,