गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिदै

-


     क्लिक गण्डकी     
     पौष २९ गते २०७९ मा प्रकाशित


गण्डकी प्रदेशसभा

गण्डकी प्रदेशसभा

पोखरा, २९ पुस/ गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज (शुक्रबार) विश्वासको मत लिँदै छन् । ६० सदस्यीय प्रदेश सभाका ३३ सांसदको समर्थनसहित मुख्यमन्त्रीमा नियुक्त भएका अधिकारीले १ बजे संसदमा विश्वासको मत लिने छन् ।

एमाले संसदीय दलका नेता अधिकारीलाई एमालेका २२, माओवादीका ८, राप्रपाका २ र १ स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्ती भएका थिए । तर गण्डकी प्रदेशका प्रदेश सभा सदस्य राजीव गुरुङ उर्फ दीपक मनाङेले मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत नदिने बताएका छन् ।

मुख्यमन्त्री दाबी गर्दा समर्थन जनाएका मनाङेले विश्वासको मत नदिने भएका हुन् । नेपाली काग्रेसले पनि अधिकारीलाई विश्वासका मत दिने नदिन बारेमा शुक्रबार नै निर्णय लिने छ ।

संविधानको धारा १ सय ६८ को उपधारा २ अनुसार अधिकारी २५ पुसमा मुख्यमन्त्री नियुक्त भएका हुन् । त्यसरी नियुक्त भएको ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।



Tags: