#गण्डकी प्रदेश

गण्डकीमा भौतिक र वित्तीय प्रगति चार वर्ष यताकै उच्च छ – मन्त्री प्रकाश केसी

प्रकाश केसी
गण्डकी, १६ भदौ / गण्डकी प्रदेशमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री प्रकाश केसीले मन्त्रालयमा भौतिक तथा वित्तीय प्रगति चार वर्ष यताकै उच्च रहेको बताएका छन् । गण्डकी प्रदेश सभाको आजको बैठकमा यस अघि प्रदेश सभा बैठककका सुन्य तथा विशेष समयमा उठेका प्रश्नको जवाफ दिदै उहाँले यस वर्षको भौतिक प्रगति ७९.९१ प्रतिशत र वित्तीय प्रगती ७६.५२ प्रतिशत पुगेको र यो चार वर्ष यताकै उच्च रहेको बताउनुुभयो । सडक तर्फ आ.ब. २०८१/०८२ सम्म जम्मा २३१ वटा बहुबर्षीय योजनाहरू क्रमागत रुपमा सञ्चालन… पुरा पढौ

गण्डकी प्रदेशमा ‘दलित अधिकार तथा सशक्तिकरण ऐन २०८२’ सर्वसम्मत पारित  

गण्डकी प्रदेशसभा
पोखरा / गण्डकी प्रदेशसभाले दलित समुदायको अधिकार सुनिश्चित गर्दै उनीहरूको सामाजिक, आर्थिक, शैक्षिक र सांस्कृतिक सशक्तिकरण गर्ने उद्देश्यले तयार गरिएको ‘गण्डकी प्रदेश दलित अधिकार तथा सशक्तिकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मत पारित गरेको छ । यससँगै प्रदेशसभाले ऐतिहासिक कदम चालेको भन्दै यसलाई समानता र न्यायको यात्रातर्फको कोसेढुङ्गाका रूपमा लिइएको छ । यो विधेयक २०८१ चैत १५ गते सामाजिक विकास तथा कृषि समितिमा दफावार छलफलका लागि पठाइएको थियो। सरोकारवाला, विज्ञ तथा सांसदहरूसँगको व्यापक छलफलपछि परिमार्जनसहित प्रतिवेदन तयार गरी प्रस्तुत गरिएको… पुरा पढौ

गण्डकी सरकारले क्यान्सर रोगीलाई थप एक लाख रुपैयाँ सहयोग गर्ने

पोखरा, १३ भदौ/ गण्डकी प्रदेश सरकारले क्यान्सर रोगको उपचारका लागि आर्थिक सहायता कार्यक्रमको घोषणा गरेको छ । क्यान्सर रोग उपचार आर्थिक सहायता कार्यविधि, २०७९ अन्तर्गत प्रदेशका क्यान्सर रोगीहरूलाई एक लाख रुपैयाँसम्मको उपचार खर्च उपलब्ध गराइनेछ । प्रदेशको स्वास्थ्य मन्त्रालयले सूचना जारी गरी देशभरका विभिन्न ६ वटा प्रमुख अस्पतालहरूसँग सम्झौता गरिएको जनाएको छ । ती अस्पतालहरूमा उपचार गराउने बिरामीहरूले सहायता प्राप्त गर्न सक्ने मन्त्रालयका प्रवक्ता डा रमेशकुमार केसीले जानकारी दिए । प्रदेश सरकारले वीर अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, पाटन… पुरा पढौ

गण्डकी प्रदेश सभा भवन २५ कराडमा निमार्ण हुदै

गण्डकी प्रदेश सभा भवन २५ कराडमा निमार्ण हुदै, यस्तो बन्दैछ भवन
पोखरा, ३ भदौ/ गण्डकी प्रदेश सभा भवनको मंगलबार शिलान्यास भएको छ । मुख्यमन्त्री सरेन्द्रराज पाण्डेले नदीपुरमा भवनको शिलान्यास गरे । भवन २५ करोड ३७ लाख लागत लाग्ने छ । २०८१ माघ १८ गते सम्झौता भएको भवन निर्माण २०८४ माघ १७ गते सम्पन्न गर्ने लक्ष्य लिइएको छ । भवनका लागि श्रेष्ठ एण्ड सन्स र इष्ट–वेष्ट जेभी सँग निर्माण सम्झौता भएको प्रदेश संसद् सचिवालयले जनाएको छ । अहिले भवन निर्माणको लागि प्रारम्भिक काम भैसकेको छ । निर्माणस्थल सम्याउने र जगको काम भइरहेको… पुरा पढौ

पोखरामा गण्डकी प्रदेश प्रेस रजिष्ट्रार कार्यालयको उद्घाटन

पोखरामा गण्डकी प्रदेश प्रेस रजिष्ट्रार कार्यालयको उद्घाटन
पोखरा, २७ साउन/ गण्डकी प्रदेशमा सञ्चार क्षेत्रको नियमन, पारदर्शिता र पेशागत पत्रकारिता प्रवद्र्धनलाई थप व्यवस्थित बनाउन स्थापना गरिएको प्रदेश प्रेस रजिष्ट्रार कार्यालयको औपचारिक उद्घाटन सोमबार पोखरामा सम्पन्न भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले उक्त कार्यालयको उद्घाटन गर्दै लोकतन्त्रको मेरुदण्ड स्वतन्त्र प्रेस भएको उल्लेख गरे । प्रेस स्वतन्त्रतासँगै उत्तरदायित्व पनि अनिवार्य भएको भन्दै गण्डकी प्रदेश सरकारले प्रेस रजिष्ट्रार कार्यालयको स्थापना गरेको उनले बताए । पत्रकारिता व्यवसायमा कानुनी स्पष्टता, अभिलेख व्यवस्थापन र पारदर्शिता अभिवृद्धि गर्न उक्त कार्यालय अग्रसर रहने… पुरा पढौ

गण्डकी प्रदेशका ७ निर्देशनालय खारेज, १८५ दरबन्दी कटौती, बार्षिक ५० करोड बढि बचत

गण्डकी प्रदेशका ७ निर्देशनालय खारेज, १८५ दरबन्दी कटौती, बार्षिक ५० करोड बढि बचत
पोखरा, २६ साउन/ गण्डकी प्रदेश सरकारले प्रदेशको प्रशासनिक संरचनामा व्यापक हेरफेर गरेको छ । प्रशासनिक पुनर्संरचनाका लागि गठित अध्ययन समितिले दिएको सुझाव र प्रमुख सचिव नेतृत्वको अर्काे समितिको प्रतिवेदनका आधारमा सोमबार बसेको मन्त्रिपरिषद बैठकले ७ निर्देशनालयसहित ९ कार्यालय पूर्णतः खारेज गर्ने निर्णय गरेको हो । सरकारले ७ वटा निर्देशनालय र २ वटा केन्द्र खारेज गरेको हो । त्यहाँ कार्यारत १८५ जनाको कर्मचारी दरबन्दी कटौती गरेको छ । यसबाट तत्काल प्रदेशलाई ५० करोड आर्थिक भार कम हुने मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताए… पुरा पढौ

प्रदेश प्रमुख भट्टद्वारा मगर र गुरुङ भाषासम्बन्धी बनेको विधेयक प्रमाणीकरण

प्रदेश प्रमुख भट्टद्वारा मगर र गुरुङ भाषासम्बन्धी बनेको विधेयक प्रमाणीकरण
पोखरा, १९ साउन / गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले प्रदेश सभाबाट पारित भई आएका दुई वटा विधेयक संविधानको धारा २०१ को उपधारा (२) बमोजिम आज (सोमबार) प्रमाणीकरण गर्नुभएको छ । गण्डकी प्रदेशमा मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ र ‘गण्डकी प्रदेश औद्योगिक व्यवसाय ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक’ प्रमाणीकरण गर्नुभएको हो । गत १२ गते प्राप्त भएको पत्र सोमबार प्रमाणीकरण भएको प्रदेश प्रमुख कार्यालयका सहायक प्रवक्ता सीता सापकोटा सुवेदीले… पुरा पढौ

भौतिक मन्त्रालयको प्रगति ७९ प्रतिशत

भौतिक मन्त्रालयको प्रगति ७९ प्रतिशत
पोखरा, १५ साउन/ गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था कार्यालयले गएको वर्ष चार वर्ष यताकै उच्च प्रगति हाँसिल गरेको छ । आर्थिक वर्ष २०८१/८२ मा ८० प्रतिशत प्रगति गर्ने लक्ष्य लिइएकोमा ७९.५ प्रतिशत भौतिक प्रगति भएको हो । मन्त्रालयको वित्तीय प्रगति ७६.५२ प्रतिशत छ । बिहीबार पोखरामा भएको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठक तथा वार्षिक प्रगति समीक्षामा यस्तो जानकारी दिइएको हो । भौतिक मन्त्री प्रकाशबहादुर केसीले गएको वर्ष… पुरा पढौ

गण्डकी प्रदेशले ल्यायो ३१ अर्ब ९८ करोडको बजेट

गण्डकी प्रदेशसभा
पोखरा, १ असार/ गण्डकी प्रदेशले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि करिब ३२ अर्बको बजेट ल्याएको छ । आइतबार अर्थमन्त्री डा.टंकराज गुरुङले प्रदेश सभा बैठकमा आगामी आर्थिक वर्षका लागि ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार रुपैयाँ बराबरको बजेट ल्याएका हुन् । चालु आर्थिक वर्ष १२ अर्ब ६३ करोड (३९.५%), पुँजीगततर्फ १९ अर्ब ९ करोड अर्थात ५६.७ प्रतिशत वित्तीय व्यवस्थातर्फ २५ करोड बजेट विनियोजन गरिएको छ । पूरा बजेटमध्ये सङ्घबाट समानीकरण अनुदानमा ७ अर्ब ९३ करोड, राजस्व बाँडफाँटमा ९… पुरा पढौ

गण्डकीमा राइड सेयरिङ नियमावली स्थगन, यातायात व्यावसायीको आन्दोलन फिर्ता

पोखरामा अलपत्र परेकालाइ स्कटिङ गरी पठाइयो
पोखरा, २० जेठ/ गण्डकी प्रदेश सरकारले जारी गरेको गण्डकी प्रदेश राइड शेयरिङ (नियमन र व्यवस्थापन) नियमावली १ महिनालाई स्थगन भएको छ । स्थगन भए सँगै यातायात व्यवसायीको आन्दोलन फिर्ता भएको छ । सार्वजनिक यातायात बचाउको लागी संयुक्त संघर्ष समिति सचिब योगेन्द्र केसीले गण्डकी प्रदेश सरकारल हाललाई राइड शेयरिङ नियमावली स्थान गरे सँगै आन्दोलन फिर्ता लिएको बताए । उनले गण्डकी प्रदेश सरकारले एक महिनाका लागि स्थगन गरेको त्यस अवधीमा वार्ता र सम्बाद गर्न बताए । प्रधाननमन्त्री कार्यालयबाट स्थगन गर्न अनुरोध भइ… पुरा पढौ