#बजेट

पोखरा महानगरपालिकाको ६१ प्रतिशत खर्च

पोखरा महानगरपालिका
पोखरा, २७ असार/ चालु आर्थिक वर्ष २०७८/७९ मा पोखरा महानगरपालिकाले ६१ प्रतिशत खर्च गरेको छ । पोखरा महागनरपालिकाको तथ्यांकअनुसार असार महिनाको तेस्रो साता सम्म ६१ प्रतिशत बढि खर्च भएको हो । तेस्रो साता सम्म ३ अर्व ९४ करोड खर्च भएको पोखरा महानगरपालिका आर्थिक प्रशासन प्रमुख उपसचिब जयराम पौडेलले जानकारी दिए । पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि ६ अर्ब २७ करोड ७५ लाख रुपैयाँ बराबरको बजेट ल्याएको । सुरुवाती विनियोजनका आधारमा हेर्दा हालसम्म चालुतर्फ २ अर्ब ३१ करोड ३९… पुरा पढौ

पोखरा महानगरको ८ अर्ब ७७ करोड बजेट पास, विभिन्न समिति गठन

पोखरा महानगरपालिका
पोखरा, २६ असार/ पोखरा महानगरपालिकाको बसेको नगरसभाले आगामी आर्थिक वर्ष २०७९÷०८० का लागि ८ अर्व ७७ करोड ७५ लाख ५५ हजार बराबरको बजेट पारित गरेको छ । असार १० गते उपप्रमुख मञ्जुदेवी गुरुङले ११ औँ नगरसभामा प्रस्तुत गरेकी थिइन् । कार्यक्रम सभामा छलफल पछि सर्वसम्मत पारित गरिएको महानगर प्रमुख धनराज आचार्यले बताए । महानगरपालिकाले आगामी वर्ष चालू वर्षको भन्दा २ अर्ब ३६ करोड ६५ लाख ५५ हजार बढी बजेट ल्याएको छ । महानगरको आगामी बजेटका स्रोतहरुमा सङ्घीय सरकार अनुदान २… पुरा पढौ

गण्डकीका मुख्यमन्त्री, मन्त्री र नेताका परिवारका नाममा ट्रस्ट र स्मृतिपार्क बनाउन करोडौँ बजेट

रामजीप्रसाद बराल
विशन क्षेत्रीपोखरा, २४ असार/ गण्डकीमा मुख्यमन्त्रीदेखि मन्त्री, केन्द्रीय नेताहरूले स्वर्गीय मातापिताको नाममा ट्रस्टदेखि स्मृतिपार्क बनाउन आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमा करोडौँ रकम छुट्याएका छन् । स्वर्गीय मातापिताको नाममा बजेट छुट्याउनेमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलदेखि मन्त्री मेखलाल श्रेष्ठ, केन्द्रीय नेता अर्जुनप्रसाद जोशी छन् । मुख्यमन्त्री पोखरेलका स्वर्गीय पिता गोवर्द्धन शर्माको नाममा स्मृति कोष बनाउन ५० लाख रुपैयाँ बजेट विनियोजन गरेका छन् । व्यास नगरपालिका १० मा गोवर्द्धन स्मृति कोषका लागि भनेर सामाजिक विकास कार्यालय तनहुँमार्फत कार्यान्वयन हुनेगरी ५० लाख रुपैयाँ… पुरा पढौ

गण्डकी प्रदेश बजेटः बाटो र पुलमा धेरै बजेट, कृषि, पर्यटन, स्वाथ्य र शिक्षामा जोड्

गण्डकी प्रदेश बजेटः बाटो र पुलमा धेरै बजेट, कृषि, पर्यटन, स्वाथ्य र शिक्षामा जोड्
पोखरा, २ असार/ गण्डकी प्रदेश सरकारले बाटो र पुललाई प्राथमिकतामा राख्दै बजेट ल्याएको छ । आर्थिक वर्ष २०७९/८० को बजेटले २ सय किलोमिटर सडक निर्माण, १० वटा मोटरेवल पुल, १५ वटा झोलुंगे पुलका लागि १० अर्व १५ करोड विनियोजन गरेको छ । अर्थमन्त्री रामजी बरालले ३५ अर्व ९० करोडको बजेट सार्वजनिक गर्दा सबै भन्दा धेरै सडक र पुलमा बजेट ल्याएका हुन् । उनले बिहीबार पत्रकार सम्मेलन गर्दै कृषि, पर्यटन, स्वाथ्य र शिक्षामा जोडदिदै बजेट ल्याएको बताए । उनले गण्डकी प्रदेशमा… पुरा पढौ

गण्डकी प्रदेशको बजेट ३५ अर्ब ९० करोड

रामजीप्रसाद बराल
पोखरा, १ असार/ गण्डकी सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को लागि ३५ अर्ब ९० करोड रुपैयाँको बजेट ल्याएको छ । प्रदेशसभा गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले कुल बजेटमध्ये चालुखर्च १३ अर्ब २६ करोड ८८ लाख ५४ हजार अर्थात् ३६.९५ प्रतिशत विनियोजन गरिएको छ । त्यस्तै, पुँजीगततर्फ २२ अर्ब १४ करोड १ लाख ४६ हजार रुपैयाँ बजेट विनियोजन गरिएको मन्त्री बरालले जानकारी दिए । पुँजीगततर्फ सरकारले ६१.६६ प्रतिशत बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षमा सञ्चित कोषमाथि १ करोड ८८… पुरा पढौ

पोखरालाई पर्यटकीय राजधानी बनाउन बजेट

रामजीप्रसाद बराल
पोखरा, १ असार/ गण्डकी प्रदेश सरकारले गण्डकी प्रदेशलाई प्रमुख पर्यटकीय गन्तव्य र पोखरालाई पर्यटकीय राजधानीका रुपमा विकास गर्न बजेट छुट्याएको छ । गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९÷८० को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री रामजीप्रसाद बरालले गण्डकी प्रदेशलाई प्रमुख पर्यटकीय गन्तव्य र पोखरालाई पर्यटकीय राजधानीका रुपमा विकास गरिने बताएका हुन् । त्यसका लागि आवश्यक पर्यटकीय पूर्वाधार तथा सेवा प्रवाहमा गुणात्मक वृद्धिका लागि बजेटमा आवश्यक व्यवस्था मिलाएको उल्लेख गरे । तर बजेट कति हो भन्नेबारे बजेटमा केहिपनि उल्लेख छैन । त्यस्तै,… पुरा पढौ

गण्डकी प्रदेश बजेटः मकैको बिउ उत्पादनका लागि ५ करोड

रामजीप्रसाद बराल
पोखरा, १ असार/ गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि बजेट प्रस्तुत गरेका छन् । गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले बजेट प्रस्तुत गर्दै मकैको बिउ उत्पादनका लागि ५ करोड छुट्याएका छन् । बजेट प्रस्तुत गर्दै बरालले रैथाने जानको मैकको विउ उत्पादन गर्न प्रेरित गर्ने बताए । त्यसै गरी चक्ला बन्दीका लागि १ करोड ५० लाख छुट्याएको बताए । पुरा पढौ

गण्डकी प्रदेशको बजेट आज

पोखरा, १ असार/ गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि आज बजेट ल्याउदै छ । अन्तर सरकारी वित्त व्यवस्थापन ऐनमा प्रदेश सरकारले असार १ गते बजेट सार्वजनीक गनुपर्ने प्रावधान छ । गण्डकी प्रदेश सरकारले बुधबार अपराह्न ४ बजे प्रदेशसभा बैठकमा गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले बजेट प्रस्तुत गर्नेछन् । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि ३० अर्बको बजेट प्रस्तुत गरेको थियो । अहिलेको भन्दा केही बढी बजेट आउने प्रदेशका अर्थमन्त्री बरालले जानकारी दिए । सरकारले ३६… पुरा पढौ

गण्डकी बजेट छलफलः कृषि र पर्यटनलाई पहिलो प्रथामिकता दिन सुझाब

गण्डकी बजेट छलफलः कृषि र पर्यटनलाई पहिलो प्रथामिकता दिन सुझाब
पोखरा, २४ वैशाख/ गण्डकी प्रदेश सरकारले कृषि र पर्यटनलाई पहिलो प्रथामिकता दिन विज्ञहरुले सुझाव दिनु भएको छ । गण्डकी प्रदेशको अर्थ मन्त्रालयले पोखरामा हालै आयोजना गरेको दुई दिने बजेट सम्बन्धि छलफलमा सहभागि विज्ञहरुले कृषि र पर्यटनको प्रबद्र्धन गर्न कृषि र पर्यटनलाई नै सरकारले पहिलो प्रथामिकता दिन सुझाव दिएका हुन् । कृषिलाई आधुनिकिकरण र व्यवसायीककरण गर्दै नेपालमा उत्पादन हुने बस्तु तथा सेवाको उत्पादनमा बिषेश जोड दिन आग्रह गर्दै विज्ञहरुले स्वदेशी उत्पादन बढाउन सके अबौंको आयात हुने व्यापार घाटालाई कम गर्न सकिने… पुरा पढौ