#दुर्घटना

पोखरा सभागृहचोकमा ट्रकले स्कुटरलाई ठक्कर दिदा युवतीको मृत्यु

पोखरा सभागृहचोकमा ट्रकले स्कुटरलाई ठक्कर दिदा युवतीको मृत्यु
पोखरा, ११ भदौ/ पोखराको सभागृह चोकमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा २० वर्षीय एक युवतीको मृत्यु भएको छ । पोखरा पृथ्वीचोकबाट सृजनाचोकतर्फ जाँदै गरेको ग २२ प ७९५ नम्बरको स्कुटरलाई ट्रकले ठक्कर दिएको थियो । बागमती प्रदेश ०३–००१ क २६३ नम्बरको ट्रकले ठक्कर दिँदा स्कुटर चालक तनहुँ जिल्लाको म्याग्दे गाउपालिका वडा नम्बर ४ की वर्षा कुमालको मृत्यु भएको हो । पोखरा सभागृहचोकमा गम्भीर घाइते भएकी कुमालको गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी… पुरा पढौ

कास्की माछापुच्छ्रे गाउँपालिकामा जीप दुर्घटना

कास्की माछापुच्छ्रे गाउँपालिकामा जीप दुर्घटना
पोखरा, १० भदौ/ कास्कीको माछापुच्छ्रे गाउँपालिकामा मर्दीपुल नजिकै बलेरो जीप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । घाइते मध्ये २ जनाको पश्चिमाञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । ७ जना सामान्य घाइते भएको प्रहरीको भनाई छ । माछापुच्छ्रे इदीखोलाबाट पोखरा आउदै गरेको ग ३ च ५८३८ नम्बरको बलेरो जीप मणिलाल मार्गस्थित मर्दीपुलमा दुर्घटनामा परेको थियो । जीप बाटोबाट करिब १५ मिटर तल खसेर रुखमा अल्झिएको थियो । पुरा पढौ

तीर्थयात्री बोकेको बस दुर्घटना, ७ जनाको मृत्यु

दुर्घटना
एजेन्सी, ७ भदौ/ तीर्थयात्री बोकेको बस बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ चुरियामाईमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । भारतीय तीर्थयात्री बोकेको बस दुर्घटना भएको हो । मृत्यु हुनेमा ४ जना महिला र ३ जना पुरुष रहेका छन् । मृतकमध्ये ६ जना भारतीय र एकजना नेपाली हुन् । काठमाडौंबाट जनकपुर जाँदै गरेको प्रदेश २–०३–००१ ख ७९९४ नम्बरको बस दुर्घटनाग्रस्त भएको बाराका प्रहरी प्रमुख एसपी होबिन्द्र बोगटीले बताए । बस राति अन्दाजी एक बजे दुर्घटनामा परेको हो । घाइते १७ जनाको हेटौँडा… पुरा पढौ

काठमाडौंबाट पोखरा आउदै गरेको बस धादिङमा दुर्घटना, ८ जनाको मृत्यु

काठमाडौंबाट पोखरा आउदै गरेको बस धादिङमा दुर्घटना, ८ जनाको मृत्यु
पोखरा, ६ भदौ/ काठमाडौंबाट पोखरा आउदै गरेको बस धादिङमा दुर्घटना हुर्दा ८ जनाको मृत्यु भएको छ । धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ मा भएको यात्रुवाहक बस दुर्घटनामा परी ८ जनाको मृत्यु भएको हो । मृत्यु भएकाहरूको नाम खुलिसकेको छैन । घटनास्थलबाट प्रहरीले १७ जनाको उद्धार गरेर अस्पताल गरेको छ । जसमध्ये ४ जनाको धादिङकै राजमार्ग अस्पताल र १३ जनालाई थप उपचार गर्न काठमाडौं लगिएको छ । काठमाडौंबाट पोखरा हुँदै बेनी जाँदै गरेको बुधबार बिहान दुर्घटनामा परेको थियो । प्रदेश… पुरा पढौ

कास्कीमा दुर्घटना हुदाँ दुई जनाको मृत्यु

दुर्घटना
पोखरा, २ भदौ/ कास्की रुपा गाँउ पािलका ६ निगालझाँप्रा स्थित भित्री सडक खण्डमा मोटरसाइकल दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ । पोखरा ३२ बाट रुपाताल तर्फ जाँदै गरेको प्रदेश ३-०२-००९ प ५२०५ नम्बरको मोटर साइकल सडकबाट करिब ९० मिटर तल सोही सडकको घुम्तीको तल्लो बाटोमा खसेर दुर्घटना भएको थियो । दुर्घटनामापरी मोटरसाइकल चालक लमजुङ दुधपोखरी गाँउ पालिका ६ बस्ने २९ बर्षिय कृष्ण गुरुङ र पछाडी सवार २४ बर्षिय अशोक गुरुङ मृत्यु भएको कास्की प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा… पुरा पढौ

कास्कीमा एक वर्षमा ११७ दुर्घटना ४४ को मृत्यु, चालकको लापरवाहि मुख्य कारण

पोखराको बुलौदीमा दुर्घटना
सागर राज तिमिल्सिनापोखरा, २२ साउनआर्थिक २०७८/७९ मा भन्दा अघिल्लो आर्थिक वर्षमा कास्कीमा सवारी दुर्घटनामा बुद्धि भएको छ । २०७८/७९ मा ९८ दुर्घटना भएकोमा आर्थिक वर्ष २०७९/८० मा १ सय १७ वटा ठुला दुर्घटना भएका छन् । ट्राफिक प्रहरी कार्यालय कास्कीको तथ्यांकले ज्यान गुमाउनेको संख्या घटे पनि सवारी दुर्घटना भने बढेको देखाएको छ । दुर्घटनामा परेर ४४ जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रहरी बरिष्ठ नायव निरिक्षक शिवप्रसाद पाठकले जानकारी दिए । ति दुर्घटनाको कारणमा सबैभन्दा बढी चालकको लापरवाहि देखीको… पुरा पढौ

पोखरा ७ बुलौदीमा दुर्घटना, दुई जना गम्भिर घाइते

पोखरा ७ बुलौदीमा दुर्घटना, दुई जना गम्भिर घाइते
पोखरा, ६ साउन/ पोखरा ७ बुलौदीमा शनिबार बिहान दुर्घटना भएको छ । ग१९प ६०६८ नम्बरको बुलेट बाईकमा बिजुलीको पोलमा ठोकिदा बाईकमा सवार दुईजना गम्भिर घाइते भएका छन् । विहान ५ः४५ बजे भएको दुर्घटनामा परि मोटरसाइकल चालक र पछाडी बस्ने दुबै जना गम्भिर घाइते भएका छन् । उनीहरुको पोखराको मेट्रो सिटि अस्पतालमा उपचार भईरहेको छ । दुबै बेहोस अवस्थामा छन् । यो पोलमा बेला बेलामा सवारी साधन ठोकिने गरेका छन् । पुरा पढौ

नारायणगढ सडक खण्डको दासढुङगा बस दुर्घटना

नारायणगढ सडक खण्डको दासढुङगा बस दुर्घटना
नारायणगढ, २९ असार/ शुक्रबार बिहान नारायणगढ सडक खण्डको दासढुङगामा बस दुर्घटना भएको छ । यात्रुबाहक बस दुर्घटना हुँदा १९जना घाइते भएका छन् । बिहान सबा पाँच बजे भरतपुर महानगरपालिका २९ मुग्लिन नारायणगढ सडक खण्डको दासढुङगा बस दुर्घटना भएको हो । कांकडभिट्टाबाट काठमाण्डौ तर्फ गई रहेको बागमती प्रदेश०१ ००६ ख ५२३७ नम्बरको यात्रुबाहक बस आफै अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेर रुखमा अड्किएको थियो । बसमा सवार चालक सहित ३२ जना मध्ये घाइते भएका १९ जनालाई भरतपुर अस्पताल र… पुरा पढौ

तनहुँको एक्लेफाँटमा दुर्घटना हुदाँ लम्जुङका चन्द्रबहादुरको मृत्यु

दुर्घटना
तनहुँ, ६ असार/ पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटमा बुधबार दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । मुग्लिनबाट लमजुङतर्फ जाँदै गरेको ना ६ ख ३०१६ नम्बरको ट्रकलाई बा ७० प ९४७४ नम्बरको मोटरसाइकले ओभरटेक गर्ने क्रममा ट्रकसँग ठोक्किएर एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार लमजुङको सुन्दरबजार नगरपालिका ९ का ५८ वर्षीय चन्द्रबहादुर गुरुङ मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोक घर भई हाल काठमाडौ बूढानीलकण्ठ… पुरा पढौ

स्याङ्जाको सिरुवारीबाट फर्किर्दै गरेको सरकारी गाडी दुर्घटना, एकको मृत्यु

स्याङ्जाको सिरुवारीबाट फर्किर्दै गरेको सरकारी गाडी दुर्घटना, एकको मृत्यु
पोखरा, २४ जेठ/ स्याङ्जाको सिरुवारीबाट फर्किदै गरेको बा १ झ ५८७८ नम्बरको जिल्ला समन्वय समिति स्याङ्जाको गाडी दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । स्याङ्जाकोअर्जुनचौपारी ३ सहरे नजिक खोले भन्ने ठाउँमा दुर्घटना हुदाँ सवारी चालक अमृत खनालको घटना स्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । जिल्ला समन्वय समिति स्याङ्जाका समन्वय अधिकारी राजेन्द्रप्रसाद पौडेलको खुट्टा भाचिएको भने अम्विका पौडेल र टिकाराम पौडेल सामान्य घाइते भएको प्रहरीको भनाई छ । घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल स्याङ्जा लगिएको छ। गाडी बाटोबाट… पुरा पढौ