पर्यटन

अन्नपूर्ण संरक्षण क्षेत्रमा ६ महिनामा १ लाख पर्यटक

अन्नपूर्ण संरक्षण क्षेत्रमा ६ महिनामा १ लाख बढि पर्यटक
सागर राज तिमिल्सिनापोखरा, १७ कात्तिक/ अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) क्षेत्रमा ६ महिनमा १ लाख बढि पर्यटक आएका छन् । अघिल्लो वर्ष यहि अवधिमा ७५ हजार पर्यटक आएका थिए । यो वर्ष बैशाख देखी असोज महिना सम्ममा १ लाख १ हजार २५ जना पर्यटक अन्नपूर्ण संरक्षण क्षेत्रमा गएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) प्रमुख डा. रबिन कडरियाले जानकारी दिए । अघिल्लो वर्ष बैशाख देखी असोज सम्ममा ७५ हजार ७ सय २३ पर्यटक आएका थिए । अघिल्लो वर्ष भन्दा यस वर्ष… पुरा पढौ

माछापुच्छ्रे गाउँपालिकाले लगाएको ट्रेकिङ रुट शुल्क नलिन टानको आग्रह

कास्कीको माछापुच्छे गाउँपालिकामा ट्रेकिङ जादाँ नेपाली र विदेशीले शुल्क तिनुपर्ने
पोखरा, १५ कात्तिक/ माछापुच्छ्रे गाउँपालिकाले ट्रेकिङ रुटमा जाने पर्यटकलाई शुल्क तोकेपछि ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) ले पर्यटन व्यवसायमा नकारात्मक असर पर्ने भन्दै चिन्ता व्यक्त गरेको छ । गाउँपालिकाको सूचनाप्रति ध्यानाकर्षण भएको जनाउँदै शुल्क नउठाउन टान गण्डकीका अध्यक्ष धर्मराज पन्थीले प्रेस विज्ञप्ती जारी गरेका थिए । गाउँपालिकाले ट्रेकिङ रुटमा पूर्वाधार निर्माण र व्यवस्थापनका लागि शुल्क लिने निर्णय गरेको थियो । पालिभित्रका ट्रेकिङ रुटमा आउने विदेशी पर्यटकलाई ५ सय र नेपाली पर्यटकले १ सय रुपैयाँ तिर्नुपर्ने जारी गरेको छ ।… पुरा पढौ

कास्कीको माछापुच्छे गाउँपालिकामा ट्रेकिङ जादाँ नेपाली र विदेशीले शुल्क तिनुपर्ने

कास्कीको माछापुच्छे गाउँपालिकामा ट्रेकिङ जादाँ नेपाली र विदेशीले शुल्क तिनुपर्ने
पोखरा, १० कात्तिक/ कास्कीको माछापुच्छे गाउँपालिकामा पर्यटकीय पदमार्गहरु भ्रमण गर्दा शुल्क तिनुपर्ने भएको छ । गाउँपालिकाले शुक्रबार सुचना जारी गर्दै आन्तरिक तथा बाह्य पर्यटकलाई शुल्क लगाउने जारी गरेको हो । स्वदेशी पर्यटकका लागि १ सय र विदेशी पर्यटका लागि ५ सय रुपैया लाग्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपी कृष्ण अर्यालले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । गाउँपालिकाले पदमार्गमा पूर्वाधार निर्माण तथा व्यवस्थापन गर्न, सूचना केन्द्र स्थापना गर्न, सोलार बत्ति जडान, फोहोर मैला व्यवस्थापन लगाएतका काम गर्न पर्यटन सेवा शुल्क लिन… पुरा पढौ

पर्यटन दिवस मनाउन पोखरामा सडक महोत्सव

पोखरा सडक महोत्सव जान सवारी साधनको ताँती
पोखरा, ७ असोज/ विश्व पर्यटन दिवसको अवसरमा पोखरामा विभिन्न कार्यक्रम गरी पर्यटन दिवस मनाउने भएको छ । पर्यटनसँग सम्बन्धीत विभिन्न संघ संस्थाहरुले पोखरा विमानस्थलमा पहिलो पटक आएका पयर्टक र पर्यटन बस पार्कमा पहिलो आउने पर्यटकलाई स्वागत गर्ने तय गरेको छ । पर्यटन र हरित लगानी भन्ने नाराका साथ सेक्टेम्बर २७ अर्थात असोज १० गते विभिन्न कार्यक्रम गर्ने गरी तय गरेको हो । पोखरा आउने पर्यटकहरुलाई पञ्चे बाजा, फुलमाला सहित स्वागत गर्ने र साझँ पोखराको लेकसाइडमा मिनि सडक महोत्सव कार्यक्रम, एक… पुरा पढौ

पञ्चासे भ्रमणको निम्तो, पदयात्रा र योगामा रमाउनेलाई आक्रषर्ण

पञ्चासे परिभ्रमणको निम्तो, पदयात्रा र योगामा रमाउनेलाई आक्रषर्ण
पोखरा, ४ असोज/ प्रसिद्ध धार्मिक पर्यटकीय र साँस्कृतिक तीर्थस्थल पञ्चासे परिभ्रमणको निम्तो दिदै व्यवसायीहरु हिड्का छन् । पर्यावरण र प्रकृति पर्यटन तर्फ फर्कौ भन्ने सन्देश दिन पञ्चासे पर्यावरणीय पदयात्रा कार्यक्रम सुरुवात गर्दै निम्तो दिएका छन् । पञ्चासे ईको टुरिजम प्रालि को आयोजनामा सुरुवात भएको कार्यक्रम विशेषत पर्यापर्यटन, पदमार्ग पर्यटन र ग्रामीण पर्यटन प्रबर्द्धनमा केन्द्रित रहेको छ । जैबिक विविधता र पर्यावरणीय सुन्दरतामा धनी क्षेत्र पञ्चासेको पर्यटन प्रबर्द्धन गर्दै स्थानीय युवाहरुलाई उद्धमशील बनाउने अभिप्रायका साथ अभियान सुरुवात गरिएको पञ्चासे क्षेत्र विकास… पुरा पढौ

दक्ष जनशक्ति उत्पादनका लागि होटल संघ र हेल्भेटासको सहकार्य

दक्ष जनशक्ति उत्पादनका लागि होटल संघ र हेल्भेटासको सहकार्य
पोखरा, ५, भदौ / होटल क्षेत्रका लागि आबश्यक दक्ष जनशक्ति उत्पादनका लागि होटल संघ नेपाल र होटल संघ पोखरा नेपालको आयोजनामा २४ महिने निःशुल्क तालिम संचालन हुने भएको छ । विभिन्न कलेज र कतिपय तालिम दिने इन्ष्टिच्यूटबाट समेत आबश्यकता अनुसारको दक्ष जनशक्ति प्राप्त नभएपछि हेल्भेटास नेपाल अन्तर्गत संचालित दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना ९इन्स्योर० को सहयोगमा दुई महिना पछि यस्तो तालिम संचालन गर्ने योजना अगाडि बढाइएको हो । होटल संघ नेपालका कोषाध्यक्ष युवराज श्रेष्ठले होटल क्षेत्रका लागि आबश्यक… पुरा पढौ

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न लागि रहेका छौं – पोखरा मयेर आचार्य

धनराज आचार्य
पोखरा, ३२ साउनपोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरालाई पर्यटकीय राजधानीका रुपमा घोषणा गर्ने अभियानमा रहेको बताएका छन् । नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेशको १५ औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशनलाई आज सम्बोधन गर्दै प्रमुख आचार्यले पोखरालाई पर्यटकीय राजधानीका रुपमा घोषणा गर्न नेपाल सरकारलाई आग्रह गरेको बताए । उनले नेपाल सरकारले बेवास्ता गरी आनाकानी गरेमा सन् २०२३ भित्र गण्डकी प्रदेश सरकारले भए पनि पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने बताए । पर्यटकीय रुपमा सुन्दर पोखरालाई पर्यटन राजधानी घोषणासँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई सञ्चालन… पुरा पढौ

माउन्ट कैलाश रिसोर्टसहित पोखराका तीन होटलमा क्यासिनो सञ्चालनको तयारी

माउन्ट कैलाश रिसोर्टसहित पोखराका तीन होटलमा क्यासिनो सञ्चालनको तयारी
पोखरा, २७ असार/ पोखराको लेकसाइड रहेको माउन्ट कैलाश रिसोर्ट सहित तीन वटा होटलमा क्यासिनो सञ्चालन हुने भएको छ । चार तारे रिसोर्टमा मिनी क्यासिनो सञ्चालन गर्न पाइन्छ । पोखरामा यस अगाडी फुलबारी रिसोर्ट र होटल पोखरा ग्रान्डमा क्यासिनो भएपनि केही वर्ष पहिले देखी नै बन्द भएका छन् । माउन्ट कैलाश रिसोर्टमा क्यासिनो सञ्चालनका लागि ताज इन्टरटेनमेन्ट प्रालि उद्योग विभागमा दर्ता भएको छ । पर्यटन विभागले क्यासिनो सञ्चालनका लागि अध्ययन गरी पर्यटन मन्त्रालयमा सिफारिस गर्ने छ । पर्यटन मन्त्रालयबाट अनुमति पाएसँगै… पुरा पढौ

पोखरामा ट्रेकिङ गाइट्रेकिङ गाइड तालिम शुरु

पोखरामा ट्रेकिङ गाइट्रेकिङ गाइड तालिम शुरु
पोखरा, २३ असार/एजेन्सिज एसोसिएसन अफ नेपाल गण्डकी प्रदेशको आयोजना तथा नेपाल एकेडेमी अफ टुरिज्म एण्ड होटल मेनेजमेन्ट (नाथम) को प्राविधिक सहकार्यमा शुक्रबार देखि पोखरामा ट्रेकिङ्ग गाइड तालिम‌ शुरु भएको छ। अन्तरवार्तामा पास भएर तालिमका लागि चयन भएका करिब ३०० जना प्रशिक्षार्थी हरुलाई नाथमका निर्देशक तथा तालिम संयोजक रतन साउदले तालिम बारे अभिमुखीकरण दिएका छन् । उद्‌घाटन सत्रमा नाथमका प्राचार्य राम कैलाश विच्छा, विशेष अतिथिहरू‌मा नाथमका विभागिय प्रमुख अजय कुमार ढकाल, टानका पूर्व अध्यक्ष तथा पोखरा पर्यटन परिषदका पूर्व अध्यक्ष सोम… पुरा पढौ

पोखरामा चिनियाँ ड्रागन रेस फेस्टिभलको तयारी, फेवातालमा डुंगा परीक्षण

पोखरामा चिनियाँ ड्रागन रेस फेस्टिभलको तयारी, फेवातालमा डुंगा परीक्षण
पोखरा, २४ जेठ/ फेवाताल र फेवाताल किनारमा चिनियाँ ड्रागन रेस फेस्टिभलको तयारी भइरहेको छ । फेस्टिभलमा हुने डुंगा रेसका लागि चिनियाँ ड्रागन डुंगा ८ वटा पोखरा आइपुगेको छन् । नेपाल–चाइना ड्रागन बोट रेस फेस्टिभल २०२३ का लागि ८ वटा चिनियाँ डुंगा पोखरा ल्याएर फेवातालमा परीक्षण समेत गरेका छन् । पोखराको फेवाताल किनार क्याम्पिङ चोकमा असार ८ र ९ गते नेपाल–चाइना ड्रागन बोट रेस फेस्टिभल हुनेछ । चिनियाँ ४ टिम र नेपाली ४ टिम गरी ८ टिम बीच डुंगा दौड प्रतियोगिता… पुरा पढौ