पोखरामा ट्रेकिङ गाइट्रेकिङ गाइड तालिम शुरु

-


     क्लिक गण्डकी     
     असार २३ गते २०८० मा प्रकाशित


पोखरामा ट्रेकिङ गाइट्रेकिङ गाइड तालिम शुरु

पोखरामा ट्रेकिङ गाइट्रेकिङ गाइड तालिम शुरु

पोखरा, २३ असार/एजेन्सिज एसोसिएसन अफ नेपाल गण्डकी प्रदेशको आयोजना तथा नेपाल एकेडेमी अफ टुरिज्म एण्ड होटल मेनेजमेन्ट (नाथम) को प्राविधिक सहकार्यमा शुक्रबार देखि पोखरामा ट्रेकिङ्ग गाइड तालिम‌ शुरु भएको छ।

अन्तरवार्तामा पास भएर तालिमका लागि चयन भएका करिब ३०० जना प्रशिक्षार्थी हरुलाई नाथमका निर्देशक तथा तालिम संयोजक रतन साउदले तालिम बारे अभिमुखीकरण दिएका छन् ।

उद्‌घाटन सत्रमा नाथमका प्राचार्य राम कैलाश विच्छा, विशेष अतिथिहरू‌मा नाथमका विभागिय प्रमुख अजय कुमार ढकाल, टानका पूर्व अध्यक्ष तथा पोखरा पर्यटन परिषदका पूर्व अध्यक्ष सोम थापा, पूर्व अध्यक्ष हरि भुजेल, ताल वाराही व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद न्यौपाने, प्रधानाध्यापक तारा प्रसाद पोख्रेल, ट्रेकिङ्ग मजदुर संघका अध्यक्ष तथा प्रतिनिधीहरु र पर्यटन प्रहरीका प्रतिनिधिहरुले शुभकामना दिए ।

हाल सम्म संस्थाले बिभिन्न समय गरी करिब १९ सय जना लाई तालिम दिए पनि देशको राजनैतिक उतारचढाव, प्राकृतिक प्रकोपहरु र पछिल्लो समय कोभिड(१९ को विश्व महामारी पश्चात पर्यटन क्षेत्रका मजदुरहरू विभिन्न क्षेत्रमा पलायन भए पछि यस क्षेत्रका मजदुरहरुको अभाव भएको अवस्थामा गरिएको यो तालिमले यस क्षेत्रमा टेवा पुग्ने देखिन्छ।

५ हप्ते तालिम लोकसाइड स्थित तालवाराही मावि मा ६ वटा सेक्सन‌मा विभाजन गरी तालिम दिइने संयोजक गोपाल कृष्ण संग्रौलाले जानकारी दिए। संस्थाका प्रथम उपाध्यक्ष कृष्ण प्रसाद आचार्यले स्वागत मन्तब्य राखेको कार्यक्रममा संयोजक संग्रौलाले कार्यक्रमका बारेमा प्रकाश पारेका थिए भने अध्यक्ष धर्मराज पन्थीको अध्यक्षतामा भएको कार्यक्रम महासचिव तिर्थराज सुवेदीले संचालन गरेका थिए।