पञ्चासे भ्रमणको निम्तो, पदयात्रा र योगामा रमाउनेलाई आक्रषर्ण

-


     क्लिक गण्डकी     
     असाेज ४ गते २०८० मा प्रकाशित


पञ्चासे परिभ्रमणको निम्तो, पदयात्रा र योगामा रमाउनेलाई आक्रषर्ण

पञ्चासे परिभ्रमणको निम्तो, पदयात्रा र योगामा रमाउनेलाई आक्रषर्ण

पोखरा, ४ असोज/ प्रसिद्ध धार्मिक पर्यटकीय र साँस्कृतिक तीर्थस्थल पञ्चासे परिभ्रमणको निम्तो दिदै व्यवसायीहरु हिड्का छन् ।

पर्यावरण र प्रकृति पर्यटन तर्फ फर्कौ भन्ने सन्देश दिन पञ्चासे पर्यावरणीय पदयात्रा कार्यक्रम सुरुवात गर्दै निम्तो दिएका छन् । पञ्चासे ईको टुरिजम प्रालि को आयोजनामा सुरुवात भएको कार्यक्रम विशेषत पर्यापर्यटन, पदमार्ग पर्यटन र ग्रामीण पर्यटन प्रबर्द्धनमा केन्द्रित रहेको छ ।

जैबिक विविधता र पर्यावरणीय सुन्दरतामा धनी क्षेत्र पञ्चासेको पर्यटन प्रबर्द्धन गर्दै स्थानीय युवाहरुलाई उद्धमशील बनाउने अभिप्रायका साथ अभियान सुरुवात गरिएको पञ्चासे क्षेत्र विकास समिति प्रबक्ता तथा पञ्चासे ईको टुरिजम प्रालिका अध्यक्ष नवराज पौडेलले बताए।

असोज १ गतेबाट सुरुवात गरिएको अभियानमा पञ्चासे पर्यावरणीय पदयात्रा, पञ्चासे ईको क्याम्प, पञ्चासे आध्यात्मिक शिविर, योगा तथा मेडिटेसन, पञ्चासे पर्यावरण अध्ययन तथा अनुसन्धान क्याम्प, पञ्चासे जंगल सफारी, परिभ्रमण तथा जंगल थेरापी, पञ्चासे साँस्कृतिक साँझ रोधीघर लगायतका पर्यापर्यन र ग्रामीण पर्यटनका लागि आक्रषर्ण रहेको उनले बताए ।

पञ्चासे क्षेत्रलाई पोखरा नजिकैको विशेष आकर्षण केन्द्र र पर्यापर्यटन हबका रुपमा विकास गर्न अभियान शुरु गरेको उनको भनाई छ ।



Tags: ,