पर्यटन

पोखराको ६ खर्ब लागनी जोखिममा परेको भन्दै ज्ञापनपत्र

पोखराको ६ खर्ब लागनी जोखिममा परेको भन्दै ज्ञापनपत्र
पोखरा, १९ माघ/ पोखराका पर्यटन व्यवसायीहरुले निजी क्षेत्रबाट पोखराको पर्यटनमा ६ खर्बका लगानी जोखिममा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । पोखराका पर्यटनसम्बन्ध विभिन्न संघसंस्थाले मुग्लिन–पोखरा सडक बेहाल हुँदा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नचल्दा आफूहरुको ६ खर्बको लगानी जोखिममा परेको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई ज्ञापनपत्र बुझाएका छन् । पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठको नेतृत्वमा मन्त्री किरातीलाई बुझाइएको हो । ६ खर्बभन्दा बढी निजी क्षेत्रबाट लगानी रहेको पोखरा र समग्र पर्यटनको विश्वबजारमा थप बजारीकरणको आवश्यकता रहेको… पुरा पढौ

धौलागिरी बेसक्याम्प पुग्ने नयाँ रुट खोज्न निस्कियो टानको टोली

धौलागिरी बेसक्याम्प पुग्ने नयाँ रुट खोज्न निस्कियो टानको टोली
पोखरा, १३ माघ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीको टोली म्याग्दी र मुस्ताङ जोड्न नयाँ पदमार्ग पहिचान गर्न निस्किएको छ । व्यवसायी, पत्रकार, पोर्टरसहित २० जनाको टोली शनिबार म्याग्दीको रघुगङ्गा गाउँपालिका-५ टोड्केबाट यात्रामा निस्किएको हो । अहिले आधार शिविर जान धवलागिरी गाउँपालिका-४ मुदिबगर हुँदै पाँच दिनमा आधार शिविर पुगिन्छ ।  नयाँ ट्रेक टोड्के धौलागिरी पदयात्रा मार्गको खोज, अध्ययन, अनुसन्धान तथा प्रवर्द्धन कार्यक्रम लिएर टोड्केबाट शनिबार बिहान गन्तव्यतर्फ निस्किएको छ । टोलीलाई गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर… पुरा पढौ

होटल कार्यकारी क्लब पोखराद्धारा होटल व्यवसायी हरि गैरे सम्मानीत

होटल कार्यकारी क्लब पोखराद्धारा होटल व्यवसायी हरि गैरे सम्मानीत
पोखरा, ८ माघ/ होटल कार्यकारी क्लब पोखराले पोखराका होटल व्यवसायी हरिप्रसाद शर्मा गैरेलाई सम्मान गरेको छ । क्लबको १० औं वार्षिक साधारण सभाले शर्मालाई सम्मान गरेको हो । लामो समय देखी पोखरामा होटल व्यवसाय गरेर रोजगारी सृजना गर्न महत्वपुर्ण भुमीका खेलेको भन्दै शर्मा सम्मान गरेको हो । शर्मालाई होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुबेदी, पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ, होटल कार्यकारी क्लब पोखराका अध्यक्ष राजकुमार केसी लगाएतले सम्मानपत्र हस्तान्त्रण गरे । गैरेले २०४६ सालबाट पोखरामा पर्यटन व्यवसायमा सम्लग्न रहदै… पुरा पढौ

पर्यटकलाई बास बस्ने सुविधा सहित बीरेठाँटी सञ्चालनमा

पर्यटकलाई बास बस्ने सुविधा सहित बीरेठाँटी सञ्चालनमा
पोखरा, १ माघ/ नवनिर्मित बीरेठाँटी समुदघाटन गरिएको छ । म्हिगी कोने गुठी अन्नपूर्ण गाँउपालिका वडा नं.८ बीरेठाँटीको आयोजनामा भएको कार्यक्रममा नवनिर्मित ठाँटी उद्घाटन गरिएको हो । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णु बहादुर केसीले ऐतिहासिक महत्व बोकेको बीरेठाँटीमा निर्मित भवनको उदघाटन गर्न पाउँदा खुशी लागेको उल्लेख गरे । “बीरेठाँटी ऐतिहासिक महत्व बोकेको ठाउँ हो । पदमार्ग हुँदै मुक्तिनाथ सम्म पुग्ने पर्यटकको बासस्थानका लागि यो थलो महत्वपूर्ण छ । ठाँटीको स्थापनाले पर्यटकको बसोबासमा अझ सहजता मिल्नेछ ।”, उनले भने । बीरेठाँटीको बजार व्यवस्थापन… पुरा पढौ

पोखरालाई फागुन भित्रै पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समितिको सुझाव

पोखरालाई फागुन भित्रै पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समितिको सुझाव
पोखरा, २६ पुस/ पोखरालाई फागुन भित्रै पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समितिले सुझाव दिएको छ । राजधानी घोषणाका लागि आवश्यक अध्ययन गर्न गठित समितिले कार्ययोजनासहित फागुनभित्र घोषणा गर्न सकिने सुझाव गण्डकी प्रदेश सरकारलाई दिएको हो । पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्नका लागि गठित अध्ययन समितिले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई प्रतिवेदन बुझाएको छ । पोखरालाई तत्काल पर्यटकीय राजधानी घोषणा गरेर प्राथमिकताका आधारमा पूर्वाधार निर्माण गर्दै जानुपर्ने निस्कर्षसहितको ४५ पृष्ठ लामो प्रतिवेदन समितका संयोजक प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा.कृष्णचन्द्र… पुरा पढौ

भिटोफ गण्डकी अध्यक्षमा शोमाकुमारी अधिकारी

भिटोफ गण्डकी अध्यक्षमा शोमाकुमारी अधिकारी
पोखरा, २० पुस/ गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल (भिटोफ) गण्डकीको अध्यक्षमा शोभाकुमारी अधिकारीको नेतृत्वमा नयाँ समिति चयन भएको छ । भिटोफ गण्डकीको नवौं साधारणसभा तथा चौंथो अधिवेशनबाट अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।समितिको प्रथम उपाध्यक्षमा रमेश अर्याल, द्वितीय उपाध्यक्षमा सुशीला भण्डारी चयन भएका छन् । भिटोफको सचिवमा लक्ष्मण पहारी, कोषाध्यक्षमा शरण गुरुङ, सहसचिवमा विश्व क्षेत्री चयन भए । सदस्यमा चिन्तामणि पोखरेल, भावना रानाभाट, विमल सापकोटा चयन भएका छन् । निर्वाचन संयोजक तारानाथ पहारी र सदस्य गोपाल थापा र… पुरा पढौ

पर्यटन वोर्डको बार्षिक उत्सवमा पोखरा पर्यटन परिषद् र माउण्ट कैलाश रिसोर्ट सम्मानित

पर्यटन वोर्डको बार्षिक उत्सवमा पोखरा पर्यटन परिषद् र माउण्ट कैलाश रिसोर्ट सम्मानित
पोखरा, १५ पुस/ नेपाल पर्यटन वोर्डले पोखरा पर्यटन परिषद् र माउण्ट कैलाश रिसोर्ट पोखरा सम्मानीत भएका छन् । वोर्डको २५ औं वार्षिक साधारण सभाको अवसरमा पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठ र माउण्ट कैलाश रिसोर्टका सञ्चालक नरेश भट्टराई सम्मानपत्रले सम्मानीत भए । पर्यटन परिषदले पर्यटन वोर्डको प्रर्वद्धनात्मक कार्यमा सहयोग, सहकार्य र साझेदारी गरेको भन्दै सम्मान गरेको हो । पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले सम्मानले परिषदलाई अझै काम गर्ने हौसला बढाएको बताए । पोखरा… पुरा पढौ

यो वर्षको पर्यटक संख्या बृद्धि रेकर्डकै रुपमाः प्रधानमन्त्री

स्वास्थ्य विमाको दायरा बढाउने प्रधानमन्त्रीको घोषणा
काठमाडौं, १० पुस / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यो वर्ष पर्यटकको संख्या लगभग रेकर्डकै रूपमा बृद्धि भएको बताउनुभएको छ । सरकार एक वर्ष पूरा भएको अवसरमा देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो– ‘अहिले सुन्दा अपत्यारिलो लाग्ला तर क्षेत्रगत तयारी र योजनाबाट अर्को वर्ष हामी पर्यटकको संख्या झण्डै दोब्बर बनाउँछौं भन्ने मेरो विश्वास छ। लुम्बिनी वरपरको ८ वर्गकिलोमिटरको ग्रेटर लुम्बिनी परियोजना अगाडि बढ्दैछ। ग्रेटर लुम्बिनी अन्तर्गत रामग्राम र कपिलवस्तुको गुरुयोजना अगाडि बढिरहेको छ। फरकफरक क्षेत्रका पर्यटकका लागि सरकारले फरकफरक रणनीतिमा… पुरा पढौ

पोखरा सडक महोत्सवमा खाना, संस्कृति र स्थानीय उत्पादनलाई प्रथामिकता, बिहीबार देखी शुरु

पोखरा सडक महोत्सवमा खाना, संस्कृति र स्थानीय उत्पादनलाई प्रथामिकता, बिहीबार देखी शुरु
पोखरा, १० पुस/ रेष्टुरेण्ट एण्ड बार एसोसिएसन (रेवान) पोखराले आयोजना गर्ने पोखरा सडक महोत्सवमा खाना संस्कृतिक कार्यक्रम र स्थनीय उत्पादनलाई पहिलो प्रथामिकता दिएको जनाएको छ । मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा २५ औँ सडक महोत्सव स्वदेशी र विदेशी गरी २५ थरिका खानाका परिकार उपलब्ध गराइने रेवान पोखराका अध्यक्ष नरेश भट्टराईले बताए । महोत्सवमा चाइनिज, इण्डियन, इटालीयन, थकाली देखि विभिन्न खानाका परिकारहरू उपलब्ध गराइने २५ वटा छुट्टछुटै स्थटल राखीएको बताए । त्यसै गरी सडक महोत्सवमा स्थानीय उत्पादन भएका कृषिजन्य देखि हस्तकलाका… पुरा पढौ

गण्डकी प्रदेशको आर्थिक समृद्धिको प्रमुख आधार पर्यटन- मन्त्री सरस्वती अर्याल

गण्डकी प्रदेशको आर्थिक समृद्धिको प्रमुख आधार पर्यटन मन्त्री सरस्वती अर्याल
पोखरा, ६ पुस । पर्यटन व्यवसायी महिला संघ(टेवान) ले आफ्नो छैटौं वार्षिक साधारणसभा एक कार्यक्रमका बीच आज सम्पन्न गरेको छ । साधारणसभाको गण्डकी प्रदेश सरकारका प्रवक्ता एवम् उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल (तिवारी) ले उद्घाटन गर्नुुभयो । कार्यक्रममा मन्त्री अर्यालले सरकारको प्राथमिकतामा पर्यटन रहेको बताउँदै गण्डकी प्रदेशको आर्थिक समृद्धिको प्रमुख आधार पर्यटन भएको बताउनुुभयो । पर्यटन व्यवसायलाई व्यवस्थित गर्दै अधिकतम पर्यटक ल्याउने तबरबाट लाग्नुु जरुरी रहेको उल्लेख गर्दै उहाँले प्राकृतिक सौन्दर्यतालाई जोगाउँदै त्यसको उपयोग गर्नुुपर्ने धारणा राख्नुुभयो ।… पुरा पढौ

This will close in 10 seconds