पोखरामा डिस्को, दोहोरी, लाइभ म्युजिक रातभर खुल्ने

-


     क्लिक गण्डकी     
     चैत्र ४ गते २०८० मा प्रकाशित


पोखरामा डिस्को, दोहोरी, लाइभ म्युजिक रातभर खुल्ने

पोखरामा डिस्को, दोहोरी, लाइभ म्युजिक रातभर खुल्ने

पोखरा, ४ चैत/ पोखरालाई पर्यटकीय राजधानी घोषणा भएसगँ डिस्को, दोहोरी, लाइभ म्युजिक जस्ता व्यवसायहरु रातभर खुल्ने भएका छन् ।

आईतबार पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा सभामा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यस्तो घोषणा गरे ।

उनले आजै साँझदेखि लागू हुनेगरी निश्चित मापदण्ड बनाएर पोखराको लेकसाइड इलाका, पृथ्वीचोक, महेन्द्रपुल, चिप्लेढुंगामा बार, रेष्टुरेण्ट, स्पा, किराना तथा खाजा पसलहरु रातको एक बजेसम्म निर्वाध रुपमा सञ्चालन हुने बताए ।

उनले राउण्ड फेवा, भिउ फेवा ट्रेकिङ ट्रेल आगामी दिनमा सञ्चालन गर्ने पनि प्रतिवद्धता जनाए । त्यसै गरी पोखरा मेयर धनराज आचार्यले पनि पोखरा अब २४ सै घण्टा खुल्ने बताए ।