पोखराको ६ खर्ब लागनी जोखिममा परेको भन्दै ज्ञापनपत्र

-


     क्लिक गण्डकी     
     माघ १९ गते २०८० मा प्रकाशित


पोखराको ६ खर्ब लागनी जोखिममा परेको भन्दै ज्ञापनपत्र

पोखराको ६ खर्ब लागनी जोखिममा परेको भन्दै ज्ञापनपत्र

पोखरा, १९ माघ/ पोखराका पर्यटन व्यवसायीहरुले निजी क्षेत्रबाट पोखराको पर्यटनमा ६ खर्बका लगानी जोखिममा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

पोखराका पर्यटनसम्बन्ध विभिन्न संघसंस्थाले मुग्लिन–पोखरा सडक बेहाल हुँदा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नचल्दा आफूहरुको ६ खर्बको लगानी जोखिममा परेको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई ज्ञापनपत्र बुझाएका छन् ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठको नेतृत्वमा मन्त्री किरातीलाई बुझाइएको हो । ६ खर्बभन्दा बढी निजी क्षेत्रबाट लगानी रहेको पोखरा र समग्र पर्यटनको विश्वबजारमा थप बजारीकरणको आवश्यकता रहेको अवस्थामा पर्यटन प्रवद्र्धन र विकासका लागि स्थापना भएको नेपाल पर्यटन बोर्ड आफै सुस्ताउन पुगेको उल्लेख छ ।

बोर्ड जुन उद्देश्यका लागि स्थापना भएको हो, सोहीअनुसार जिम्मेवारी दिन माग गर्दै पोखरामै पर्यटन व्यवसाय सञ्चालन गर्नेहरुबाट प्रतिनिधित्वको सुनिश्चितता गर्न माग गरेको छ । ज्ञापनपत्रमा पोखरा पर्यटन परिषद्का अध्यक्ष श्रेष्ठसहित पोखराको पर्यटनसम्बद्ध १९ संघसंस्थाका प्रमुखले हस्ताक्षर गरेका छन् ।

आहा रारा पोखरा गोल्डकप फाइनलमा आर्मी र थ्री स्टार
आहा रारा पोखरा गोल्डकप फाइनलमा आर्मी र थ्री स्टार