होटल कार्यकारी क्लब पोखराद्धारा होटल व्यवसायी हरि गैरे सम्मानीत

-


     क्लिक गण्डकी     
     माघ ८ गते २०८० मा प्रकाशित


होटल कार्यकारी क्लब पोखराद्धारा होटल व्यवसायी हरि गैरे सम्मानीत

होटल कार्यकारी क्लब पोखराद्धारा होटल व्यवसायी हरि गैरे सम्मानीत

पोखरा, ८ माघ/ होटल कार्यकारी क्लब पोखराले पोखराका होटल व्यवसायी हरिप्रसाद शर्मा गैरेलाई सम्मान गरेको छ । क्लबको १० औं वार्षिक साधारण सभाले शर्मालाई सम्मान गरेको हो ।

लामो समय देखी पोखरामा होटल व्यवसाय गरेर रोजगारी सृजना गर्न महत्वपुर्ण भुमीका खेलेको भन्दै शर्मा सम्मान गरेको हो । शर्मालाई होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुबेदी, पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ, होटल कार्यकारी क्लब पोखराका अध्यक्ष राजकुमार केसी लगाएतले सम्मानपत्र हस्तान्त्रण गरे ।

गैरेले २०४६ सालबाट पोखरामा पर्यटन व्यवसायमा सम्लग्न रहदै आएका छन् । उनले अहिले लेकसाइडमा पोखरा भिलेज रिसोर्ट सञ्चालन गर्दै आएका छन् । अघिल्लो वर्ष क्लबले होटल बाराहीका सञ्चालक हरि पौडेललाई सम्मान गरेको थियो ।

कार्यक्रममा होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुबेदीले पर्यटन व्यवसायमा लागनी बढ्दै गएपनि स्वागत सत्कार घट्दै गएको बताए । उनले नेपाली परम्परालाई विदेशी पर्यटक सम्म पु¥याउनका लागि स्वागत सत्कारको परम्परालाई छाड्न नहुने बताए ।

कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरामा पर्यटन क्षेत्रमा ५ अर्व भन्दा बढि लागनी भइसकेको बताउदै यसलाई चलायमान बनाउनले अन्राष्ट्रिय उडान पोखराबाट हुन आवश्यक रहेको बताए । उनले पोखरामा विमानस्थल बनेपनि अन्राष्ट्रिय उडान गर्न सरकार उदासीन बनेको बताए ।

कार्यक्रममा हरी प्रसाद शर्मा गैरेले पोखरामा होटल रेष्टुरेण्ट थपिए पनि सेवामा गुणस्तर हुन नसकेको भन्दै त्यसमा ध्यान दिनु पर्ने बताए । कार्यक्रममा क्लबका अध्यक्ष राजकुमार केसीले सेवामा गुणस्तरीता दिने उद्देश्यका साथ क्लब अगाडी बढेको बताए । त्यसै गरी कार्यक्रम संयोजक तुलसी लामिछानेले क्लब गर्दा एक अर्का सगँ घुलमिल हुन सघाउने बताए ।