भिटोफ गण्डकीको ठूलाकोट–ठूलास्वारा गाउँमा, पर्यटन बढाउने आश्वासन

-


     क्लिक गण्डकी     
     चैत्र ११ गते २०८० मा प्रकाशित


भिटोफ गण्डकीको ठूलाकोट–ठूलास्वारा गाउँमा, पर्यटन बढाउने आश्वासन

भिटोफ गण्डकीको ठूलाकोट–ठूलास्वारा गाउँमा, पर्यटन बढाउने आश्वासन

पोखरा, ११ चैत / गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल (भिटोफ) गण्डकी प्रदेशको आयोजनामा दुुईदिने गाउँ परिचयात्मक भ्रमण सम्पन्न भएको छ ।

पोखरा पर्यटन राजधानी घोषणा भएको सन्दर्भमा आसपासका पर्यटकीय गाउँको पर्यटकीय प्रवद्र्धनको उद्देश्यका साथ पर्यटन सम्बद्ध संघ संस्थाका प्रतिनिधि, पर्यटन विज्ञ, सञ्चारकर्मी समेतको सहभागितामा कार्यक्रम गरिएको भिटोफ गण्डकीका अध्यक्ष शोभा सापकोटाले जानकारी दिनुभयो ।

पोखराबाट नजिकै रहेको प्राकृतिक, सांस्कृतिक सँगै धार्मिक पर्यटनका दृष्टिले सम्भावना युक्त स्थानको प्रवद्र्धन गर्ने उद्देश्यका साथ यस पटक ठूलाकोट–ठूलास्वारा लाई समेट्न खोजिएको उहाँले बताउनुभयो ।

कास्कीको पोखरा महानगरपालिका वडा नं २८ मा पर्ने ठूलाकोट र मादी गाउँपालिका वडा नं ५ मा पर्ने ठूलास्वारा दुुबै गाउँ पर्यटनका दृष्टिले आकर्षक गन्तव्य हुुन् । ठूलास्वारामा पर्यटकलाई लक्षित गरी होमस्टे पनि सञ्चालन गरिएको छ । नेपालका २२÷२४ राजाका पालादेखि नै चासो र चर्चा कमाएको ठूलाकोट–ठूलास्वारा क्षेत्र बेलायती राजकुमार चाल्र्सले पदयात्रा गरेको क्षेत्र भएका कारण पनि रोयल ट्रेक क्षेत्रका रुपमा पनि प्रसिद्ध छ ।

तारामण्डल अवलोकनका लागि पनि उपयुक्त गन्तव्यका पर्ने यो स्थानलाई पर्यटकीय रुपमा प्रवद्र्धन र विकास गर्ने सोच राखिएको नेपाल पर्यटन बोर्डका पूर्व कार्यकारी सदस्य एवम् पोखरा पर्यटन परिषद्का पूर्व सदस्य टीकाराम सापकोटाले बताउनुभयो ।

गाउँ परिचयात्मक भ्रमण अन्तर्गत शुक्रबार पोखरा–२८ का वडा अध्यक्ष श्रीकृष्ण लामिछाने, जनप्रतिनिधि एवम् स्थानीयवासीसँग अन्तरक्रिया गरिएकोमा शनिबार मादी गाउँ पालिकाका अध्यक्ष देवीजङ्ग गुरुङ, जनप्रतिनिधि, ठूलास्वारा सामुदायिक होमस्टेका पदाधिकारीसँग छलफल एवम् अन्तरक्रिया गरिएको थियो ।

छुट्टाछुुट्टै भएका अन्तरक्रियामा वडा अध्यक्ष लामिछाने, गाउँपालिका अध्यक्ष गुरुङ लगायतले भिटोफ गण्डकीले प्रवद्र्धनात्मक कार्यक्रमका लागि यस क्षेत्रलाई समेटेको भन्दै आभार व्यक्त गर्नुुभएको थियो । यस क्षेत्रको पर्यटन विकासका लागि पर्यटनसम्बद्ध संघसंस्थासँग सहकार्य गर्न आँफूहरू आतुर रहेको बताउँदै उहाँहरूले पर्यटनसँग गाउँलाई जोड्न सकेमा बढ्दो गाउँ पलायनका अवस्थालाई रोक्दै उत्पादन बढाउन सकिनेमा जोड दिनुभयो ।

ठूलाकोटमा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष लामछाने सहित नेपाल पर्यटन बोर्डका पूर्व कार्यकारी सदस्य एवम् पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष टीकाराम सापकोटा, वडा सदस्य डाल्डादेवी भुजेल, देउमाडी टोल विकास संस्थाका अध्यक्ष सन्तोष केसी, पर्यटन विज्ञ रामजी शर्मा, भिटोफ गण्डकीका संस्थापक अध्यक्ष तारानाथ पहारी, प्राध्यापक दीपेन्द्र पहारी लगायतले बोल्नुभएको थियो ।

त्यस्तै ठूलास्वारामा सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष गुरुङ सहित नेपाल पर्यटन बोर्डका पूर्व सदस्य टीकारम सापकोटा, बोर्डका बरिष्ठ अधिकृत कुन्दन मिश्र, मादी गाउँपालिका होमस्टे महासंघका अध्यक्ष भीम गुरुङ, भिटोफ गण्डकी सदस्य एवम् कार्यक्रम संयोजक विमला सापकोटा, चितेपानी देउराली आमा समूहका अध्यक्ष सावित्री सापकोटा, टान गण्डकीका अध्यक्ष धर्मराज पन्थी, होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी, पर्यटन विज्ञ डा. रामजी शर्मा, प्राध्यापक दीपेन्द्र पहारी, मादी –५ का वडा अध्यक्ष होमनाथ अधिकारी, ९ का अध्यक्ष मनोज गुरुङ, स्थानीय समाजसेवी कुमबहादुर गुरुङ, लगायतले शुभकामना दिए ।

भिटोफ गण्डकीका अध्यक्ष शोभा सापकोटाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव लक्ष्मण पहारीले गर्नुुभएको थियो ।