पर्यटन

एकीकृत पर्यटकीय परियोजनाको सम्भाव्यता अध्ययनका लागि समझदारी

एकीकृत पर्यटकीय परियोजनाको सम्भाव्यता अध्ययनका लागि समझदारी
पोखरा, २९ चैत्र/ पोखराको एकीकृत पर्यटकीय परियोजनाको सम्भाव्यता अध्ययनका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । पोखरा महानगरपालिका, नगर विकास कोष काठमाडौँ र नेपाल इन्फ्रास्ट्रक्चर बैङ्क लिमिटेड (निफ्रा) काठमाडौँ बिच बुधवार समझदारी पत्रमा हस्ताक्षर भएको हो । समझदारी पत्रमा पोखरा नगरपालिकाका प्रमुख धनराज आचार्य, नगर विकास कोषका कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटा र निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले हस्ताक्षर गर्नुभएको छ । समझदारी अनुसार पक्षहरूका बिचमा पोखराको एकीकृत पर्यटकीय परियोजनाको सम्भाव्यता अध्ययन, लगानी, निर्माण, व्यवस्थापन एवं सञ्चालनका गतिविधिहरू संयुक्त… पुरा पढौ

पोखरामा फेवा नब वर्ष महोत्सव सुरु

पोखरामा फेवा नब वर्ष महोत्सव सुरु
पोखरा, २९ चैत / पोखराको लेकसाइडमा १८ औं फेवा नब वर्ष महोत्सव बुधबारबाट सुरु भएको छ । होटल संघ पोखरा नेपालले आयोजना गरेको तीन दिने महोत्सवले पर्यटन, संस्कृति र खानालाई मुख्य जोड दिएको छ । विविध खानाका परिकार र सांस्कृतिक प्रस्तुती तथा पंचे बाजा, नाचगान, भजनचुड्का र गीतसंगीतका कार्यक्रम महोत्सवमा हुने छन् । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महोत्सवको उद्घाटन गरेका थिए । महोत्सव स्थानीय खहरेदेखि फिस्टेल गेटसम्म सडकमा नै आयोजना भइरहेको छ । महोत्सवका अवसरमा होटलको प्रकाशित दररेटमा २०… पुरा पढौ

काठमाडौं वासिलाई फेवा महोत्सवको निम्ता, होटलमा २० प्रतिशत छुट

काठमाडौं वासिलाई फेवा महोत्सवको निम्ता, होटलमा २० प्रतिशत छुट
पोखरा, २६ चैत/ चैत २९ गतेबाट पोखरामा संचालन हुने तीन दिने १८ औं फेवा नब वर्ष महोत्सवमा सहभागिताका लागि होटल संघ पोखरा नेपालले काठमाडौंवासिलाई निमन्त्रण प्रदान गरेको छ । संघले हालै काठमाडौंमा पत्रकार सम्मेलन गरी नेपाली संस्कृतिको संरक्षण गर्दै नयाँ बर्षलाई धुमधामका साथ मनाउन लेकसाइड स्थित फिस्टेल गेटदेखि हल्लनचोकसम्म आयोजना हुने महोत्सवमा भाग लिन राजधानीवासीलाई आग्रह गरेको हो । पर्यटन, संस्कृति र खानालाई जोड दिएर आयोजना हुन लागेको महोत्सवको तयारी अन्तिम चरणमा पुगेको सो अवसरमा जानकारी दिइयो । संघका अध्यक्ष… पुरा पढौ

नेपाली नयाँ वर्षमा खपौदीमा ‘खपौदी कार्नीवल’

नेपाली नयाँ वर्षमा खपौदीमा ‘खपौदी कार्नीवल’
पोखरा, २५ चैत/ नयाँ वर्षमा खपौदीमा मेलाको आयोजना गरिने भएको छ । फेवा पर्यटन विकास समितिले नेपाली नयाँ वर्ष २०८० को अवसर पारेर ‘फस्ट खपौदी कार्नीवल’ नाम दिएर मेला गर्न लागेको हो । शनिबार चलचित्र पत्रकार संघ कास्कीको समन्वयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै फेवा पर्यटन विकास समितिका अध्यक्ष अर्जुन सुवेदीले चैत ३० र बैसाख १ गते दुई दिने मेलाको आयोजना गरिएको जानकारी गराए । मेला पहिले प्याराग्लाइडिङ ल्याण्डिङ हुने स्थानमा हुनेछ । ‘हामीले नेपाली नयाँ वर्षको अवसर पारेर ‘फस्ट… पुरा पढौ

फेवा महोत्सव सफल पार्ने प्रतिवद्धता

फेवा महोत्सव सफल पार्ने प्रतिवद्धता
पोखरा, १७ चैत/ पोखरा चैत २९ गतेबाट सुरु हुने फेवा नब वर्ष महोत्सवमा सुरक्षा र छुटको विषयलाई विशेष ध्यान दिन विभिन्न पर्यटकीय संघसंस्थाले सुझाव दिएका छन् । आयोजक होटल संघ पोखरा नेपालले शुक्रबार महोत्सवका बारेमा सुझाव र सल्लाह लिन आयोजना गरेको छलफल कार्यक्रममा व्यवसायीले सुरक्षाको विषय संवेदनशिल भएको भन्दै महोत्सवमा कुनै अप्रिय घटना नहोस् भन्नेतर्फ सचेत रहनुपर्ने सुझाव राखे । यसैगरी महोत्सवकै समयमा रेष्टुरा र होटलमा खानबस्न तथा अन्य पर्यटकीय सेवामा के कस्तो छुट र सहुलियत छ भनी व्यवसायीले जिज्ञासा… पुरा पढौ

पाटा शिखर सम्मेलन तथा एडभेन्चर ट्राभल मार्ट पोखरामा हुने

पाटा शिखर सम्मेलन तथा एडभेन्चर ट्राभल मार्ट पोखरामा हुने
पोखरा, ८ चैत/ प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) को वार्षिक शिखर सम्मेलन तथा एडभेन्चर ट्राभल मार्ट नेपालमा हुने भएको छ । आगामी मे २९ देखि जुन २ सम्म सम्मेलन तथा मार्ट पोखरामा आयोजनामा हुने बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ । नेपाल सरकार र नेपाल पर्यटन बोर्ड र पाटाको आयोजनामा हुने कार्यक्रममा पोखरामा संयोजन पोखरा पर्यटन परिषदले र अन्तर्राष्ट्रिय संयोजन पाटा इन्टरनेशनलले गर्ने आयोजक सस्था नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले जानकारी दिए । शिखर सम्मेलनमा… पुरा पढौ

‘डिजिटल मार्केटिङ’ र कोरला नाका प्रवद्र्धनमा टेवान

‘डिजिटल मार्केटिङ’ र कोरला नाका प्रवद्र्धनमा टेवान
मुस्ताङ, ३० फागुन / फापरको पिठोको झिलिंगा, खुर्पानीको सुकुटी, स्याउ र खुर्पानीको अग्र्यानिक जुस । मुस्ताङका यी उत्पादन जिल्लामै खपत हुन्छन् । यी उत्पादनलाई जिल्ला बाहिर प्रवद्र्धन गर्न मुस्ताङका महिला उद्यमीले चासो दिएका छन् । बजारीकरणका लागि पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले सहयोग गरेको छ । अन्तर्राष्ट्रिय नारी दिवसको चार दिवसीय कार्यक्रम अन्तर्गत टेवानले मुस्ताङका महिला उद्यमीलाई ‘डिजिटल मार्केटिङ’ सम्बन्धी तालिम प्रदान ग¥यो । फागुन २४ मा पहिलो दिन म्याग्दीको बेनी नारी दिवसका अवसरमा आयोजित अन्तरक्रियामा सहभागी भएर… पुरा पढौ

रात्रिकालीन हवाइ उडानले पोखराका पर्यटन व्यवसायीमा उत्साह

रात्रिकालीन हवाइ उडानले पोखराका पर्यटन व्यवसायीमा उत्साह
सागर राज तिमिल्सिनापोखरा, २९ फागुन/ पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई हब बनाएर बुद्ध एयरले चार आन्तरिक विमानस्थलबाट रात्रिकालीन उडान सुरु गरेपछि पोखराका पर्यटन व्यवसायीमा खुसी छाएको छ । निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फागुन २५ गते रातिदेखि चार गन्तव्यबाट रात्रिकालीन उडान सुरु गरे सगँ व्यवसायीमा खुसी छाएको हो । बुद्ध एयरले काठमाडौं, भद्रपुर, भैरहवा र नेपालगञ्जबाट पोखरामा रात्रिकालिन उडान शुरु गरेको छ । यी चारै गन्तव्यका जहाजको रात्रि बिश्राम पोखरामा भएको छ । यी जहाज बिहानै… पुरा पढौ

पर्यटन प्रवद्र्धनका साथ ११३ औं अन्तराष्ट्रिय महिला दिवस मनाउँदै टेवान

पर्यटन प्रवद्र्धनका साथ ११३ औं अन्तराष्ट्रिय महिला दिवस मनाउँदै टेवान
पोखरा, २४ फागुन/ अन्तराष्ट्रिय महिला दिवसका अवसरमा पर्यटन व्यवसायी महिला संघ नेपाल(टेवान)ले म्याग्दी तथा हिमाल पारीको जिल्ला मुस्ताङको कोरला नाकासम्म आजदेखि पर्यटन प्रवद्र्धन कार्यक्रम सुरु गरेको छ । नेपाल पर्यटन बोर्ड, पर्यटन मन्त्रालय गण्डकी प्रदेश र पोखरा महानगरपालिकाको सहयोगमा गर्न लागिएको प्रवद्र्धनात्मक कार्यक्रममा पर्यटनसम्बद्ध संघ संस्थाका प्रतिनिधि, सञ्चारकर्मी सहित ३२ जनाको सहभागिता रहेको टेवानका अध्यक्ष कमला गिरीले जानकारी दिनुभयो । कोरोना लगायतका विभिन्न कारणले सुस्ताएको पर्यटनलाई पूर्ववत् अवस्थामा फर्काउनका लागि चारदिने प्रवद्र्धन कार्यक्रम आयोजना गरिएको बताउँदै उहाँले यस क्रममा स्थानीय… पुरा पढौ

फागुन २५ मा पोखरा–भद्रपुर सिधा उडान, काठमाडौं पोखरा राती उडान गर्दै बुद्ध एयर

बुद्ध एयर
पोखरा, १७ फागुन/ बुद्ध एयरले मार्चबाट पोखरादेखि भद्रपुरसम्म सिधा हवाई उडान गर्ने तयारी गरेको छ । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै हवाइ कनेक्टिभिटि मार्फत पूर्व–पश्चिम जोडेर यात्रुलाई सहज सेवा प्रदान गर्न बुद्ध एयर प्रतिवद्ध रहेको स्टेशन म्यानेजर गौतम बरालले बताए । उनले केही दिनपछि पोखरा–भद्रपुर उडान सुरु हुने बताए । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध एयरका चार जहाज रात्रिकालीन समयमा विमानस्थलमा हुनेछन् । ती विमानले बिहान चार स्थानमा उडान भर्नेछन् । काठमाडौ, भैरहवा, नेपालगञ्ज नियमित उडान भइरहेका छन् भने अब पोखराबाट बिहान… पुरा पढौ