खेलकुद

फुल कन्ट्याक्ट कराँतेमा गण्डकी र आर्मीलाई तीन तीन स्वर्ण

फुल कन्ट्याक्ट कराँतेमा गण्डकी र आर्मीलाई तीन तीन स्वर्ण
पोखरा, ३० असोज/ नवौं राष्ट्रिय खेलकुद अन्तर्गत फुुल कन्ट्याक्ट कराँतेमा गण्डकी र नेपाल आर्मीले तीन÷तीन स्वर्ण जितेका छन् । शनिबार राति सकिएको खेलमा कराँतेमा पुुरुषका ७ र महिलाका ५ विधा गरी १२ विधामा भएको प्रतिष्पर्धामा गण्डकीले पुरुषतर्फको ३०—४०, ४५—५० तौल समूहमा स्वर्ण र महिलातर्फको ५०—५५ तौल समूहमा एक स्वर्ण जितेको हो । त्यसैगरी नेपाल आर्मीले खुला तौल समूह पुरुष, महिला र ६०—६५ केजी तौल पुरुषमा समूहमा स्वर्ण जितेको हो । खेलमा पुरुषतर्फको खुला तौल समूहमा नेपाल आर्मीका विजय सिंहले स्वर्ण… पुरा पढौ

नवौं राष्ट्रिय खेलकुदः गल्फमा बागमतीलाई तीन स्वर्ण

नवौं राष्ट्रिय प्रतियोगिताः बागमतीलाई तीन स्वर्ण
पोखरा, २९ असोज/ नवौं राष्ट्रिय प्रतियोगिता अन्तर्गत गल्फको व्यक्तिगत विधाको उपाधि नेपाल आर्मीका सुवास तामाङले जितेका छन् । पोखरा–१४ स्थित हिमालयन गल्फ कोर्षमा भएको प्रतिस्पर्धामा सुवासले सदभाव आचार्यलाई एक स्ट्रोकले पछि पार्दै स्वर्ण जितेका हुन् । प्रदेश नं १ का युवराज भुजेलले कास्य पदकमा चित्त बुझाए । पहिलो दिन एक अण्डर ६८ खेलेका सुवासले दोस्रो दिन लेभल पार खेल्दै १३७ स्कोरसहित स्वर्ण पदकमा आफनो नाम लेखाए । सदभावले रजत पदकमा चित्त बुझाए । सदभावले समग्र १३८ स्कोरमा रहँदै रजत पदकमा… पुरा पढौ

ह्याण्डबलमा गण्डकीलाई पहिलो स्वर्ण

पुरुष ह्याण्डबलमा गण्डकीलाई पहिलो स्वर्ण
पोखरा, २९ असोज/ गण्डकी प्रदेशले पहिलो स्वर्ण पदक जितेको छ । पुरुष ह्याण्बलमा गण्डकी प्रदेशले आर्मीलाई पराजित गर्दै स्वर्ण पदक जितेको हो । पोखरा रंगशाला बहुउद्देश्यीय कभर्ड हलमा शनिबार भएको फाइनल खेलमा गण्डकीले आर्मीलाई ४३–३६ स्कोरमा पराजित गर्दै स्वर्ण पदक जितेको हो । तेस्रो स्थानको लागि भएको प्रतिस्पर्धामा सशस्त्र प्रहरीले लुम्बिनी प्रदेशलाई ३५–१३ स्कोरमा पराजित गर्दै कास्य पदक जितेको छ ।महिला तर्फ त्रिभुवन आर्मीले उपाधि जितेको छ । शनिबार पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डमा भएको फाईनल प्रतिस्पर्धामा सशस्त्र प्रहरीलाई १७–१६ स्कोरमा… पुरा पढौ

साईक्लिङ डाउनहिलमा आर्मीलाई दोहोरो स्वर्ण

साईक्लिङ डाउनहिलमा आर्मीलाई दोहोरो स्वर्ण
पोखरा, २९ असोज/ नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला साईक्लिङ डाउनहिल प्रतिस्पर्धामा नेपाल आर्मीकी निष्मा श्रेष्ठ २ मिनेट २३.५८ सेकेण्डमा पुरा गर्दै स्वर्ण पदक जितिन । पोखराको रानीबनमा आयोजित साईक्लिङको डाउनहिलमा नेपाल आर्मीकै उषा खनाल दोस्रोस्थानमा रहिन् । उनले दुई मिनेट ३७.४५ सेकेण्डमा पुरा गर्दै रजत पदक प्राप्त गरिन् । गण्डकी प्रदेशकी जमूना थापाले २ मिनेट ४०.०९ सेकेण्डमा पुरा गर्दै कास्य पदक जितिन् । यसैगरी पुरुष तर्फको डाउनहिल प्रतिस्पर्धामा नेपाल आर्मीका राजेश मगरले १ मिनेट ४९.१० सेकेण्डमा पुरा गर्दै स्वर्ण… पुरा पढौ

पुरुष भलिबलमा एपीएफ, आर्मी र पुलिस विजयी

पुरुष भलिबलमा एपीएफ, आर्मी र पुलिस विजयी
पोखरा, २९ असोज/ नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष भलिबलको तीनवटै खेलमा विभागीय टिमले जित हात पारेका छन् । शनिबार पोखरा रंगशाला भलिबल कोर्टमा लिग चरणको खेलमा एपीएफ, त्रिभुवन आर्मी र पुलिस क्लब विजयी भएका हुन् । पहिलो खेलमा एपीएफले गैर आवासीय नेपाली संघ (एनआरएनए) लाई ३–० को सोझो सेटमा हरायो । पहिलो सेट प्रतिस्पर्धात्मक खेलेको एनआरएनएलाई एपीएफले २५–१९ मा समेट्यो । दोस्रो २५–१५ र तेस्रो २५–१३ मा विजय हासिल गर्दै समूह ‘सी’ मा पहिलो जित दर्ता गरायो । जितसँगै एपीएफले ३… पुरा पढौ

महिला ह्याण्डबलमा आर्मीलाई स्वर्ण

महिला ह्याण्डबलमा आर्मीलाई स्वर्ण
पोखरा, २९ असोज/ त्रिभुवन आर्मीले महिलाह्याण्डबलको उपाधि जितेको छ । शनिबार पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डमा भएको फाईनल प्रतिस्पर्धामा सशस्त्र प्रहरीलाई १७–१६ स्कोरमा पराजित गर्दै स्वर्ण पदक जितेको हो । खेल सकिन दुई मिनेट बाँकी छदाँ १५–१६ स्थितिमा पछि परेको आर्मीले दुईमिनेटमा दुई गोल गर्दै स्वर्ण पक्का गरयो । पहिलो हाफमा ९–८ गोलले मात्रै अग्रता लिएको आर्मी १४–१४ स्कोरमा निकै रोचक प्रतिस्पर्धा भएको थियो । एक गोलले पछि रहँदै आएको सशस्त्रले १६–१४ को स्थितिमा अग्रता समेत लिएको थियो । तर अग्रतालाई… पुरा पढौ

नवौं राष्ट्रिय खेलकुदः डुवाना र नासिरद्वारा किर्तिमान सुधार

नवौं राष्ट्रिय खेलकुदः डुवाना र नासिरद्वारा किर्तिमान सुधार
पोखरा, २९ असोज/ नेपाली सेनाका नासिर याह्या हुसेनले नवौं राष्ट्रिय खेलकुद अन्तरग भएको २२ औं राष्ट्रिय पौडी च्याम्पियनसिपममा आफ्नो नाममा रहेको किर्तिमानमा सुधरा गरेका छन् । नासिरले १५ सय मिटिर फ्रिस्टायलमा काठमाण्डौमा सम्पन्न १३ औं दक्षिण एशियाली खेलकुदमा कायम गरेको १७ मिनट ४९.९५ सेकेन्ड समयमा सुधार गर्दै १६ मिनट ५०.२१ सेकेन्डको नयाँ राष्ट्रिय रेकर्ड कायम गरेका हुन् । यसका साथै उनले नवौं राष्ट्रिय खेलकुदमा पौडी तर्फ पहिलो स्वर्ण पदक पनि जितेका छन् । दोश्रो स्थानमा रहेको एनआरएनका आशिष सापकोटाले पनि… पुरा पढौ

नवौं राष्ट्रिय खेलकुदमा आर्मी शिर्षस्थानमा कायमै

महिला १०० मिटर दौडमा सरस्वतीको राष्ट्रिय कीर्तिमान
पोखरा, २९ असोज/ पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा आर्मीका खेलाडी हावी देखीएका छन् । आर्मीले शिर्ष स्थानामा रहदा कर्णाली, मधेश प्रदेश र एनआरएनएले कुनै पदक प्राप्त गर्न सकेको छैन । आर्मीले ९ स्वर्ण, ९ रजत र १० कास्य सहित २८ पदक जित्दै शीर्ष स्थानमा छ । दोश्रो भएको बागमती प्रदेशले ५ स्वर्ण, रजत र २ कास्य सहित १० पदक जितेको छ । एपिएफले ४ स्वर्ण, ६ रजत र ९ कास्य सहित १९ पदक जितेको छ भने नेपाल पुलिस क्लवले… पुरा पढौ

विमल, अनन्त लगाएतका एनआरएनए फुटबल टिमका खेलाडी खेल्न नपाउने

नवौं राष्ट्रिय खेलकुदः पुरुष फुटबलमा एनआरएनएको बिजयी शुरुवात
पोखरा, २९ असोज/ नवौं राष्ट्रिय खेलकुदको पुरुष फुटबलमा गैह्रआवासीय नेपाली संघ (एनआएनए) का खेलाडी माथि परेको प्रोटेस्टमा कारबाही हुने भएको छ । नेपाली राष्ट्रिय टिमका नियमित सदस्यहरु विमल घर्तीमगर, अनन्त तामाङ, पुजन उपरकोटी, सुजल श्रेष्ठ, संजोग राई, विशाल राई, निशान खड्का र अशोक खवास माथि प्रदेश नम्बर १ ले प्रोटेस्ट हालेको थियो । गत बिहीबार प्रदेश नम्बर १ विरुद्धको खेलअघि एनआरएनएको टिममा राष्ट्रिय खेलाडी भएको पाएपछि विवाद भएको थियो । जसका कारण डेढ घण्टा ढिलो सुरु हुँदा दुवै हाफ ३५–३५… पुरा पढौ

महिला सटपुटमा पुलिसकी चन्द्रकलालाई स्वर्ण

चन्द्रकला लामगादे
पोखरा, २९ असोज/ नवौं राष्ट्रिय खेलकुद अन्तरगत पोखरा रंगशालामा भएको महिला सटपुट ईभेण्टमा नेपाल पुलिस क्लवकी चन्द्रकला लामगादेले स्वर्ण पदक जितेकी छिन् । सो ईभेण्टमा उनले १२ दशमलव ४० मिटरको दुरी पार गर्दै स्वर्ण जितेकी हुन् । त्यसैगरी लुम्बिनी प्रदेशकी संगीता अधिकारीले रजत पदक जितेकी छन् । उनले १० दशमलव ८३ मिटरको दुरी पार गर्दै रजत पदक जितेकी हुन् । नेपाल पुलिस क्लवकै बसन्ती चौधरीले ९ दशमलव ८६ मिटरको दुरी पार गर्दै काँस्य पदक जितेकी हुन् । पुरा पढौ