खेलकुद

टेवल टेनिसमा नेपाल पुलिसका विनेश खनियाँलाई तीन स्वर्ण

टेवल टेनिसमा नेपाल पुलिसका विनेश खनियाँलाई तीन स्वर्ण
पोखरा, ३१ असोज/ पोखरामा जारी नवौं राष्ट्रिय खेलुकद प्रतियोगिता अन्तर्गत सोमबारसम्म टेवल टेनिस प्रतियोगिताका पाँचवटा ईभेन्ट सम्पन्न भएकोमा ४ वटा इभेन्टको स्वर्ण नेपाल प्रहरीले र एउटा इभेन्ट्स तर्फको स्वर्ण शसस्त्र प्रहरीले पाउन सफल भएको छ । सोमबारसम्म सम्पन्न प्रतियोगिता अन्तर्गत पुरुष टिम, महिला टिम, पुरुष डबल्स र मिक्स डबल्स गरी ४ वटा ईभेन्टसको स्वर्ण पदक नेपाल प्रहरीले र महिला डबल्सको स्वर्ण पदक शसस्त्र प्रहरीले जितेको हो । सोमबार बिहान सम्पन्न पुुरुष डबल्स इभेन्टमा नेपाल पुलिस क्लवले ३­ –१, ११ –८,… पुरा पढौ

निसिमको अन्तेष्टि, प्रदेश खेलकुद गण्डकीद्वारा दुःख व्यक्त

निसिम थापा मगर
पोखरा, ३१ असोज/ प्याराग्लाइडिङ खेलाडी निसिम थापा मगरको निधनमा प्रदेश खेलकुद परिषद गण्डकीले दुःख व्यक्त गरेको छ । नेपाल आर्मीका खेलाडी २६ वर्षिय निसिमको आइतबार प्रतिस्पर्धाका क्रममा निधन भएको थियो । प्रदेश खेलकुदका उपाध्यक्ष धोज कुमार गुरुङ र कावा सदस्य सचिव घनश्याम पौडेलले संयूक्त प्रेस विज्ञप्ती जारी गर्दै प्रदेश खेलकुद मर्माहत एवं स्तव्ध भएको जनाएका छन् । विज्ञप्तीमा भनिएको छ–“नेपाली सेनाको टिमबाट सहभागि गोरखा पालुङटार निवासी खेलाडी निसिम थापा मगरको अकल्पनिय असमायिक उक्त घटनाबाट हामी ज्यादै दुःखी छौं ।” निधन… पुरा पढौ

स्क्वासमा गण्डकीका अमृतलाई स्वर्ण

स्क्वासमा गण्डकीका अमृतलाई स्वर्ण
पोखरा, ३१ असोज/ नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत स्क्वास पुरुष व्यक्तिगत विधामा गण्डकी प्रदेशले स्वर्ण पदक जितेको छ । सोमबार पोखरा रंगशालास्थित स्क्वास कोर्टमा भएको प्रतिस्पर्धामा गण्डकीका अमृत थापाले बागमतीका अह्रान्त सिम्हालाई पराजित गर्दै स्वर्ण पदक जितेका हुन् । थापाको यो ह्याट्रिक पदक हो । उनले सातौ, आठौंमा समेत स्वर्ण पदक जितेका थिए । निकै प्रतिस्पर्धात्मक खेलमा थापाले १२–१० मा लिदैं अगाडि बढे । दोस्रो सेटमा ८–११ ले गुमाए । तेस्रो सेटमा १२–१० स्कोरमा लिएर २–१ को सेटमा रहे ।… पुरा पढौ

एथलेटिक्समा आर्मीलाई दुई स्वर्ण, कर्णालीलाई पहिलो स्वर्ण

जीवन चौधरी
पोखरा, ३१ असोज / नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको ट्रयाक इभेन्टमा त्रिभुवन आर्मी क्लबले वर्चश्व जमाएको छ । पोखरा रंगशालामा सोमबार बिहान भएका ३ इभेन्ट मध्ये २ वटामा आर्मीले स्वर्ण आफ्नो पोल्टामा पारेको छ । ११० मिटर हडल्स पुरुषमा आर्मीका जीवन चौधरीले स्वर्ण जिते । उनले निर्धारित दुरी १५.०३ सेकेन्डमा पार गरे । नेपाल पुलिसका चन्द्रदेव जोशीले १५.८१ सेकेन्डमा दुरी पार गर्दै रजत पदक जिते । आर्मीकै रामप्रसाद थारु १९ सेकेन्डमा दुरी पार गर्दै कास्य पदक जिते । १०० मिटर… पुरा पढौ

जयरानीले जितिन् कीर्तिमान सहित दोश्रो स्वर्ण

जयरानी थारु
पोखरा, ३१ असोज/ नवौं राष्ट्रिय खेलकुदमा आर्मी क्लबकी जयरानी थारुले व्यक्तिगत दोश्रो स्वर्ण जितेका छिन् । उनले १०० मिटर महिला हर्डल्समा स्वर्ण जितेका हुन् । जयरानीले हिटमा १५.१६ सेकेण्डको राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । तर फाइनलमा भने उनको टाइमिङ राम्रो हुन सकेन र उनले १५.६९ सेकेण्डको टाइमिङ सहित स्वर्ण जितिन् । जयरानीले आइतबार ४०० मिटर हर्डल्समा कीर्तिमान सहित स्वर्ण जितेकी थिईन् । आर्मीकी निर्मला थापाले १६.२५ सेकेण्डमा दूरी पूरा गरेर रजत हात पारिन् । एपीएफकी भगीरथी थारुले १९.२३ सेकेण्डमा दुरी… पुरा पढौ

बक्सिङमा विभागीय टोलीकै हावी

बक्सिङमा विभागीय टोलीकै हावी
पोखरा, ३१ असोज/ बक्सिङ प्रतियोगिताको दोस्रो दिनमा पनि विभागीय टोलीकै हावी देखिएको छ । पोखरा रंगशाला अन्तर्गत बक्सिङ हलमा सञ्चालन गरिएको प्रतियोगितामा महिला र पुरुषतर्फ विभागीय टोली नै अगाडि छ । पुरुषतर्फ पहिलो चरणमा भएको खेलमा आर्मीका सुशील थापाले ४.१ नम्बर ल्याएर कर्णालीका मोहन गुरुङलाई पराति गरे ।३.२ अंक प्राप्त गर्दै लुम्बिनीका सुरज ओलीले सुदूरपश्चिमका चिरन्जीवी खड्कालाई पराजित गरे । अंक सहित एपीएफका प्रदीप महर्जनले कर्णालीका जीवनकुमार पुनलाई पराजित गरेका छन् । सुदूरपश्चिमका रन्जन भट्टलाई हराउँदै बागमतीका लालप्रसाद उप्रेतीले ५… पुरा पढौ

कर्णाली प्रदेशका लागि ३ हजार मिटरमा पहिलो स्वर्ण

दुर्गाबहादुर बुढा
पोखरा, ३१ असोज/ कर्णाली प्रदेशका लागि ३ हजार मिटर दौडमा पहिलो स्वर्ण पदक जितेको छ । कर्णालीका लागि दुर्गाबहादुर बुढाले स्वर्ण पदक जितेका हुन् । पुरा पढौ

फुल कन्ट्याक्ट कराँतेमा ४ स्वर्ण पदक सहित गण्डकी प्रदेश टिम च्याम्पियन

फुल कन्ट्याक्ट कराँतेमा ४ स्वर्ण पदक सहित गण्डकी प्रदेश टिम च्याम्पियन
पोखरा, ३१ असोज/ नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ अन्तर्गत फुुल कन्ट्याक्ट कराँतेमा गण्डकी प्रदेशले ४ स्वर्ण पदक सहित टिम च्याम्पियन भएको छ । शनिबार र आइतबार भएको खेलमा गण्डकीले नेपाल आर्मीलाई पछि पार्दै ४ स्वर्ण पदक सहित टिम च्याम्पियन भएको प्रतियोगिताका सहसंयोजक दीपक गोदारले बताए । आइतबार भएको महिला ४० केजी मुनि तौल समुहमा भएको प्रतिष्प्रर्धामा गण्डकी प्रदेशकी पुष्पा केसीले स्वर्ण पदक दिलाएकी हुन्। उनले सुदुर पश्चिम प्रदेशकी गरिमा पार्कीलाई पराजित गर्दै टिम च्याम्पियन बनाउन महत्वपूर्ण योगदान दिइन्।यस अघि शनिबारको… पुरा पढौ

नवौं राष्ट्रिय खेलकुदमा आर्मीको दवदवा कायमै (कुनलाई कति पदक )

सन्तोषी श्रेष्ठ
पोखरा, ३१ असोज/ पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा आर्मीका खेलाडी दवदवा कायमै छ । हालसम्म ८७ स्वर्ण पदकको छिनो फानो हुदाँ नेपाल आर्मीले ३८ स्वर्ण, २७ रजत र २१ कास्य सहित ८६ पदक जित्दै शीर्ष स्थानमा छ । दोश्रो स्थानमा विभागी टोली एपिएफले १२ स्वर्ण, १६ रजत र २२ कास्य पदक जितेको छ । त्यसै गरी तेस्रो स्थानमा अर्को विभागी टोली पुलिस क्लबले ११ स्वर्ण, ७ रजत र १७ कास्य पदक सहित ३५ पदक जितेको छ । चौथो स्थानमा… पुरा पढौ

पौडीमा दोश्रो दिन पनि नासिर र डुवानाद्वारा राष्ट्रिय कीर्तिमान

नवौं राष्ट्रिय खेलकुदः डुवाना र नासिरद्वारा किर्तिमान सुधार
पोखरा, ३० असोज/ नेपाली सेनाका नासिर याह्या हुसेन र डुवानाद्वारा दोश्रो दिन पनि राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । पहिलो दिन पनि एक एक राष्ट्रिय कीर्तिमान कायम गरेका दुवैले दोश्रो दिन नासिरले २०० मिटर फ्रिस्टायल र २०० मिटर ब्यक्तिगत मिड्लेमा गरि दुई र दुवानाले ५० मिटर ब्रेष्ट स्ट्रोकमा राष्ट्रिय कीर्तिमान कायम गरेका हुन् । नासिरले २०० मिटर फ्रिमा आफ्नै नाममा रहेको १ मिनट ५८ः३० सेकेन्डको समयमा सुधार गर्दै १ मिनट ५५ः३९ सेकेन्डको र ब्यक्तिगत मिड्लेमा २ मिनट ११ः८५ सेकेन्डको समयमा… पुरा पढौ