खेलकुद

नवौँ राष्ट्रिय खेलकुदः टेनिसको टिम इभेण्टमा गण्डकी र सेनालाई स्वर्ण पदक

नवौँ राष्ट्रिय खेलकुदः टेनिसको टिम इभेण्टमा गण्डकी र सेनालाई स्वर्ण पदक
पोखरा, ३० असोज/ टेनिसको ‘टिम इभेन्ट’तर्फको प्रतिस्पर्धामा पुरुषतर्फ गण्डकी प्रदेश र महिलातर्फ विभागीय नेपाली सेनाले स्वर्ण पदक जितेका छन् । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पोखरा रङ्गशालास्थित टेनिस कोर्टमा आज सम्पन्न खेलमा नेपालको शीर्ष वरियताका खेलाडी प्रदीप खड्काको टोली गण्डकीले समग्रमा आर्मी माथि २–१ खेल जित्दै च्याम्पियन बनेको हो । टिम इभेन्टको पुरुष एकलको पहिलो खेलमा सेनाका अकि जुवेन रावतले गण्डकीका अनिल शाहीलाई ६–३ र ६–३ सेटमा पराजित गरे । एकलको दोस्रो खेलमा गण्डकीका प्रदीप खड्काले सेनाका प्रनव खनाल माथि… पुरा पढौ

नवौं राष्ट्रिय खेलकुदः शारीरिक सुगठनमा गण्डकीका विवेक र पुलिसका डेभिडलाई स्वर्ण

पोखरा, ३० असोज / नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत शारीरिक सुगठनको पहिलो स्वर्ण गण्डकी प्रदेशले जितेको छ । पोखरा सभागृहमा भएको शारीरिक सुगठनतर्फको ५५ किलोग्राम तौल समुहमा गण्डकीका विवेक हमालले स्वर्ण जितेका हुन् । यस्तै वागमतीका दीनेश गोसाईंले रजत र आर्मीका रमेश फोम्बाले कास्य पदकमा चित्त बुझाउनुप¥यो । स्वर्णका लागि प्रि–जज राउण्डबाट छनोट भएका ५ जनाबाट विजेता छौट गरिएको थियो । प्रि–जजबाट गण्डकीका विवेक हमाल, वागमतीका दीनेश गोसाई, नेपाल प्रहरीका तेजबहादुर हमाल, एपिएफका कपिल गौतम र त्रिभुवन आर्मी क्लवका रमेश… पुरा पढौ

महिला हक्कीः प्रदेश १ र नेपाल आर्मी सेमिफाइनलमा

महिला हक्कीः प्रदेश १ र नेपाल आर्मी सेमिफाइनलमा
पोखरा, ३० असोज/ नवौंं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला हक्की खेलमा प्रदेश नम्बर १ र नेपाली सेनाको त्रिभूवन आर्मी क्लव सेमिफाइनलमा प्रवेश गरेका छन् । पोखरामा शनिबार भएको महिला हक्कीको पहिलो खेलमा प्रदेश १ ले लुम्बिनी प्रदेशलाई १–० गोल अन्तरले हराएको हो । खेलको पहिलो क्वाटरमा पुर्णिमा राइले गरेको गोल नै निर्णयक बन्यो । उनले प्रदेश १ को तर्फबाट १५ औं मिनेटमा गोल गर्न सफल भएकी थिइन् । योसँगै प्रदेश १ सेमिफाइनलमा प्रवेश गरेको छ । यस्तै आज भएको दोस्रो… पुरा पढौ

नवौं राष्ट्रिय खेलकुदः प्याराग्लाइडिङ दुर्घटना हुँदा आर्मीका खेलाडी निशिमको निधन

नवौं राष्ट्रिय खेलकुदः प्याराग्लाइडिङ दुर्घटना हुँदा आर्मीका खेलाडी निशिमको निधन
पोखरा, ३० असोज/ नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत प्याराग्लाइडिङ दुर्घटना हुँदा खेलाडी निशिम थापाको निधन भएको छ । आइतबार उडानको केही समय पछि नै उनी दुर्घटनामा परेका हुन् । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाली सेनाबाट सहभागी २८ वर्षिय निशिम पोखरा सराङकोटबाट उडान भरेका थिए । प्रतियोगिता अन्तर्गत पुरुषतर्फको क्रस कन्ट्रिको खेल जारी रहेको थियो । “उडान लगतै उनको प्याराग्लाइडिङ ‘कोल्याप्स’ भयो,” एक प्रत्यक्षदर्शीले भने–“उनी सोझै पोखरा १८ सराङकोटस्थित एक निर्माणाधिन भवनमा खस्न पुगे । जहाँ उनको निधन भयो… पुरा पढौ

पत्रकार गिरीलाई लोकदोहोरी पत्रकारीता सम्मानबाट सम्मानित

पत्रकार गिरीलाई लोकदोहोरी पत्रकारीता सम्मानबाट सम्मानित
पोखरा, ३० असोज/ राष्ट्रिय लोकदोहोरी पत्रकारीता पुरस्कार कास्कीबाट पत्रकार एकराज गिरी सम्मानित भएका छन् । राष्ट्रिय लोकदोहोरीगीत प्रतिष्ठान नेपाल कास्कीले पत्रकार एकराज गिरी सहित विभिन्न ब्यक्तिलाई सम्मान गरेको हो । आठौँ जिल्ला अधिवेशन तथा २१ औ साधारण सभामा पत्रकारीताको क्षेत्रबाट लोकदोहोरी गीत प्रतिष्ठानका गतिविधिलाई पत्रकारीताको माध्यमबाट प्रचार प्रसार गरी पु¥याएको योगदानको कदर गदै नगद, सम्मानपत्र, दोसल्ल्ला र खादाँले सम्मान गरिएको हो । पत्रकार गीत विगत १९ वर्षदेखि पत्रकारीता क्षेत्रमा क्रियाशिल रहेका छन् । उनले गोरखापत्र दैनिक, पोखरा हटलाईन दैनिक, पोखरा… पुरा पढौ

प्याराग्लाईडिङ खेलाडीको प्याराग्लाईडिङ दुर्घटनामा मृत्यु

दुर्घटना
पोखरा, ३० असोज/ नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत प्याराग्लाईडिङको क्रसकन्ट्री इभेण्टमा सहभागि खेलाडी निसिम थापाको प्याराग्लाईडिङ दुर्घटनामापरी मृत्यु भएको छ । पोखराको सराङकोटबाट उडेको प्याराग्लाईडिङ पाईलट क्रसकन्ट्री इभेण्टमा प्रतिस्पर्धामा थिए । उनी त्रिभुवन आर्मीबाट सहभागि थिए । आकाशमा उडिरहेको अवस्थामा झण्डै एकसय मिटरबाट जमिनमा खस्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए । पोखरा–१० अस्पतालचोक बस्ने २६ वर्षिय थापाको पोखराको सृजनाचोकस्थित मेट्रोसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । पुरा पढौ

हाइजम्पमा आर्मीकी खगीता र सुर्यलाई स्वर्ण

सुर्यबहादुर खत्री
पोखरा, ३० असोज/ पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको फिल्ड इभेन्ट हाइजम्प महिलातर्फ त्रिभुवन आर्मी क्लबकी खगीता सिंजालीमगरले स्वर्ण जितेकी छन् । पोखरा रंगशालामा आइतबार सम्पन्न फाइनलमा १ मिटर ५२ सेन्टिमिटर जम्प गर्दै खगीताले स्वर्ण जितेकी हुन् । १ मिटर ५० सेन्टिमिटर जम्प गरेकी आर्मीकै विन्दू थनेतले रजत जितिन् र गण्डकी प्रदेशकी सीमा श्रेष्ठले कांस्य जितिन् । श्रेष्ठले १ मिटर ४१ सेन्टिमिटर जम्प गरिन् । खगीता सिंजालीमगर त्यसै गरी एथलेटिक्स पुरुष हाइजम्पमा त्रिभुवन आर्मी क्लबका सुर्यबहादुर खत्रीले स्वर्ण पदक… पुरा पढौ

हाइजम्पमा आर्मीकी खगीतालाई स्वर्ण

खगीता सिंजालीमगर
पोखरा, ३० असोज/ पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको फिल्ड इभेन्ट हाइजम्प महिलातर्फ त्रिभुवन आर्मी क्लबकी खगीता सिंजालीमगरले स्वर्ण जितेकी छन् । पोखरा रंगशालामा आइतबार सम्पन्न फाइनलमा १ मिटर ५२ सेन्टिमिटर जम्प गर्दै खगीताले स्वर्ण जितेकी हुन् । १ मिटर ५० सेन्टिमिटर जम्प गरेकी आर्मीकै विन्दू थनेतले रजत जितिन् र गण्डकी प्रदेशकी सीमा श्रेष्ठले कांस्य जितिन् । श्रेष्ठले १ मिटर ४१ सेन्टिमिटर जम्प गरिन् । पुरा पढौ

एथलेटिक्समा आर्मीका दुई कीर्तिमान

जयरानी थारु
पोखरा ३० असोज/ पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्समा त्रिभुवन आर्मी क्लबले आइतबार दुई नयाँ कीर्तिमान कायम गरेको छ । पोखरा रंगशालाको ट्रयाकमा बिहान भएको ४ सय मिटर महिला हडल्समा त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी छिन् । जयरानीले निर्धारित दुरी १ मिनेट ०४.१३ सेकेन्डमा पूरा गर्दै कीर्तिमानसहित स्वर्ण जितेकी हुन् । यसअघि उनले ४४ औं राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा १ मिनेट ०७.२ सेकेन्डको कीर्तिमान बनाएकी थिइन् । महिला हडल्मा यस स्पर्धामा एपीएफकी भागीरथी थारुले १… पुरा पढौ

१० हजार मिटर दौडमा आर्मीका दीपकको कीर्तिमान

दीपक अधिकारी
पोखरा ३० असोज/ नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्स पुरुष १० हजार मिटर दौडमा त्रिभुवन आर्मी क्लबका दीपक अधिकारीले नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् । उनले कीर्तिमानसहित स्वर्ण पदक जितेका हुन् । उनले पोखरा रंगशालामा आइतबार बिहान १० हजार मिटर दुरी ३० मिनेट १०.३० सेकेन्डमा पार गर्दै ८ वर्ष पुरानो कीर्तिमान तोडेका हुन् । यसअघि सन् २०१४ मा चीनमा भएको इन्चोन एसियाडमा ३० मिनेट १०.९९ सेकेन्डमा १० हजार दुरी पार गर्दै एपीएफका धावक गोपीचन्द्र पार्कीले कीर्तिमान बनाएका थिए । पुरा पढौ