राजनीति

राष्ट्रिय युवा संघको अध्यक्षमा सुमन पुरीलाई हराउदै क्षितिज थेवेको प्यानलै विजयी

क्षितिज थेबे र सुमन पुरी
पोखरा, १३ जेठ/ नेकपा एमाले निकट राष्ट्रिय युवा संघको पाँचौ महाधिवेशनबाट क्षितिज थेबेको प्यानल नै विजयी भएको छ । थेवे १८८ मतले पछि पार्दै विजयी भएका हुन् । थेबेले ७९७ मत ल्यादा सुमन पुरीले ६०८ मत प्राप्त गरे । यस्तै युवासंघको महासचिवमा ७५५ मत ल्याउँदै महेश चौलागाईँ विजयी भएका छन् । उनका प्रतिस्पर्धी कुबेर अधिकारी ६४९ मत ल्याएका छन् । १ हजार ७ सय ६४ मतदाता प्रतिनिधि रहेकोमा १ हजार ४ सय ४ मत खसेको थियो । महाधिवेशनमा पदाधिकारी र… पुरा पढौ

युवा संघ मतदान जारीः अध्यक्ष पदमा क्षितिज थेबे र सुमन पुरी चुनावी मैदानमा, कति खस्यो भोट ?

क्षितिज थेबे र सुमन पुरी
पोखरा, १३ जेठ/ पोखरामा जारी युवा संघको १० औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ । पोखरा सभागृहमा मतदान प्रक्रिया चलिरहेका छ । बिहान १० बजेदेखि सुरु मतदानको दिउँसो ३ बजे भएपनि अहिले सम्म लाइनमा बसेकाहरुले मतदान गरिरहेका छन् । अहिले सम्म कबिर १२ सय भन्दाबढि मतदान गरिसकेका छन् । अध्यक्ष पदमा क्षितिज थेबे र सुमन पुरी चुनावी मैदानमा छन् । मतदानका लागि ४५ वटा विद्युतीय मेसिन प्रयोग गरिएको छ । प्रत्येक प्रदेशका लागि छुट्टाछुट्टै बुथ राखिएको छ… पुरा पढौ

पोखरा कस्तो बनाउने भन्ने विषयमा सुझाव संकलन गर्दै कास्की काँग्रेस

पोखरा महानगरपालिका वडा नम्बर १८ सराङकोटबाट देखीएको फेवाताल र पोखराको दृश्य । तस्बिरः सागर राज तिमिल्सिना
पोखरा, २१ वैशाख / नेपाली काँग्रेस कास्कीले पोखरा कस्तो बनाउने भन्ने विषयमा विभिन्न क्षेत्रसँग छलफल गरी सुझाव संकलन गरेको छ । तीन तहका सरकार नयाँ आर्थिक वर्षका लागि बजेट तथा कार्यक्रम तयारीमा जुटिरहेका बेला पोखराको आवश्यकतालाई बजेट तथा कार्यक्रममा समावेश गर्नका लागि आवश्यक लबिङ गर्न छलफल गरी सुझाव संकलन गरेको हो । कास्की काँग्रेसले पहिलो पटक वडा कार्यसमितिका सभापतिसँग छलफल गरेको थियो । दोस्रो पटक आइतबार पार्टीका महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिसँग छलफल गरी सुझाव संकलन गरेको छ । सोमबार… पुरा पढौ

निष्ठावान काँग्रेस नेता तिमल्सिना महाधिवेशन प्रतिनिधि एवम् महासमिति सदस्य

दुर्गा तिमल्सिना
पोखरा, ८ वैशाख / नेपाली काँग्रेसका नेता दुर्गा तिमल्सिना नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि एवम् महासमिति सदस्यमा मनोननयन हुनुभएको छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानको धारा ५१ (१) (क) बमोजिम महाधिवेशन प्रतिनिधि र धारा ५१(१)(ख) बमोजिम महासमिति सदस्यमा मनोनित गर्नुुभएको हो । यस अघि कास्की जिल्लामा २०४८ पछि १२ औं महाधिवेशनमा लक्ष्मीबहादुर भट्टराई महाधिवेशन प्रतिनिधि मनोनित बन्नुुभएको थियो भने १३ औं महाधिवेशनमा तारानाथ रानाभाट महासमिति सदस्य मनोनित हुनुभएको थियो । पार्टीमा इमान्दार एवम् निष्ठावान राजनीतिज्ञ एवम् सामाजिक अभियन्ताका… पुरा पढौ

ज्ञानेन्द्र तीनकुने घटनाको मास्टरमाइन्ड, नागरिकसरह कारबाही हुन्छः ईश्वर पोखरेल

ज्ञानेन्द्र तीनकुने घटनाको मास्टरमाइन्ड, नागरिकसरह कारबाही हुन्छ ः ईश्वर पोखरेल
पोखरा, ३० चैत/ नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौंको तीनकुने घटनाको योजनाकार पूर्वराजा ज्ञानेन्द्र शाह भएकाले उहाँलाई कारबाही गरिने बताउनुभएको छ । कास्कीमा शनिबार आयोजित जागरण सभालाई सम्बोधन गर्दै पोखरेलले प्रक्रियाअनुसार पूर्वराजा शाहमाथि छानबिन हुने बताउनुभयो । ‘त्यो कार्यक्रम हत्या, हिंसा, तोडफोड, आगजानी गर्ने उद्देश्यका साथ आयोजना गरिएको थियो । त्यो सम्पूर्ण कामको जवाफदेही, त्यसको योजनाकार, मास्टरमाइन्ड पूर्वराजा ज्ञानेन्द्र थिए जसलाई अब यथोचित प्रक्रियाबाट छानबिन हुन्छ भन्ने कुरा म जानकारी गराउन चाहन्छु,’ उहाँले भन्नुभयो । अराजकताबादलाई सघाउने र मलजल… पुरा पढौ

पोखरामा शनिबार एमालेको जागरण सभा, १८ हजार जना उतार्ने तयारी

पोखरामा शनिबार एमालेको जागरण सभा, १८ हजार जना उतार्ने तयारी
पोखरा, २९ चैत/ नेकपा एमाले जिल्ला कमिटी कास्कीको आयोजनामा पोखरामा शनिबार जागरण सभा हुँदैछ । लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षा तथा प्रतिगामी षड्यन्त्रविरुद्ध एमालेले चिप्लेढुंगामा बृहत् जागरण सभा आयोजना गरेको हो । सभाअघि ३ ठाउँबाट बृहत् र्‍याली निकालिने एमाले कास्की अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिए । सभागृहचोक, नदीपुर, रानीपौवाबाट र्‍याली निकालिने र उक्त र्‍याली चिप्लेढुंगा पुगेर सभामा मिसिने उनले बताए । रानीपौवाबाट सुरू हुने र्‍यालीमा रूपा गाउँपलिका, मादी गाउँपालिका, पोखरा–१०, १२, १३, १४, १५, २०, २६, २७, २८, २९,… पुरा पढौ

गण्डकीका मन्त्री थापाको तलब भत्ता ७९ लाख सामाजिक सेवामा खर्च

गण्डकीका मन्त्री थापाको तलब भत्ता ७९ लाख सामाजिक सेवामा खर्च
पोखरा, १९ चैत/ गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले राज्यबाट प्राप्त सम्पूर्ण सेवा–सुविधा सामाजीक क्षेत्रमा खर्च गरेका छन् । मंगलबार नेपाल प्रेस युनियन कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री थापाले आफ्नो पहिलो कार्यकालदेखि नै सेवा–सुविधाको रकम स्थानीय जनताका आवश्यकता अनुसार रचनात्मक कार्यमा सहयाग गर्दै आएको बताए । मन्त्री थापाले २०७४ सालदेखि हालसम्म प्रदेशसभा सचिवालय र मन्त्रालयबाट प्राप्त विभिन्न भत्ता, पारिश्रमिक र सुविधा बापत जम्मा ५८ लाख ५८ हजार ५ सय ४३ रुपैयाँ प्राप्त गरेका छन्… पुरा पढौ

राजावादीको प्रदर्शनमा घाइते भएका एक युवकको मृत्यु, २२ घाइते

राजावादीको प्रदर्शनमा घाइते भएका एक युवकको मृत्यु, २२ घाइते
पोखरा, १५ चैत/ राजावादीको प्रदर्शनमा घाइते भएका एक जनाको मृत्यु भएको छ । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको मृत्यु भएको गृह मन्त्रालयका सहसचिव छवि रिजालले जानकारी दिए । राजावादीहरूको प्रदर्शनमा घाइते भएका उनको उपचारका लागि अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् । प्रदर्शनमा घाइते भएका उनलाई तत्काल उपचारका लागि टिचिङ अस्पताल पु¥याइएको थियो । त्यसै गरी राजावादी समूहले गरेको प्रदर्शनमा प्रहरीसहित २२ जना घाइते भएका छन् । प्रहरीले उपलब्ध गराएको विवरण अनुसार सुरक्षाकर्मी र प्रदर्शनकारी… पुरा पढौ

जनप्रियमा अनेरास्ववियुबाट आविष्कार स्ववियु सभापतिको उम्मेद्वार को हुन् आविष्कार ?

आविष्कार केसी
पोखरा, १९ फागुन/ नेकपा (एमाले)निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले पोखरास्थित जनप्रिय बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को सभापति पदका उम्मेद्वार घोषणा गरेको छ । पार्टी जिल्ला कमिटी सचिव दर्शन लामाको प्रमुख आतिथ्यतामा सोमबार क्याम्पस गेटमा आयोजित कार्यक्रममा पार्टी जिल्ला कमिटी सदस्य एवं विद्यार्थी इलाका इन्चार्ज महेन्द्र उपाध्याय (मन्नु)ले उम्मेद्वार घोषणा गरेका हुन् । आगामी ५ चैतमा हुने निर्वाचनका लागि अनेरास्ववियुबाट संगठनका क्याम्पस कमिटी संयोजक आविष्कार केसी सभापति लड्ने इन्चार्ज पौडेलले सार्वजनिक गरे । प्रत्यक्ष निर्वाचन… पुरा पढौ

राजनीतिक नेतृत्व र कर्मचारीकै कारण प्रदेशमाथि प्रश्न उठ्योः मुख्यमन्त्री पाण्डे

राजनीतिक नेतृत्व र कर्मचारीकै कारण प्रदेशमाथि प्रश्न उठ्योः मुख्यमन्त्री पाण्डे
पोखरा, १५ फागुन/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारप्रति प्रश्न उठ्नुको कारण परम्परागत केन्द्रीकृत शासन सत्ता रहेको दाबी गरेका छन् । पोखरामा जारी ‘एनसेल फाउन्डेसन नेपाल लिटरेचर फेस्टिभल’को ‘प्रदेशको पाइला’ सत्रमा पत्रकार भरत कोइरालासँगको संवादमा मुख्यमन्त्री पाण्डेले केन्द्रीकृत शासन सत्ताको परम्पराबाट बाहिर निस्कन नसकिएको बताए । राजनीतिक नेतृत्व र कर्मचारी तन्त्रमा अधिकार हस्तान्तरण गर्न नचाहने समस्या देखिएको मुख्यमन्त्री पाण्डेको भनाइ थियो । ‘केन्द्रीकृत शासन सत्ता राजनीतिक नेतृत्व र कर्मचारीतन्त्रमा देखिन्छ । मैले उपयोग गरिरहेको अधिकार अरूलाई हस्तान्तरण गर्न नचाहने… पुरा पढौ