राजनीति

कास्की कांग्रेसः २ ‘ख’ बाट प्रत्यक्षमा ५ समानुपातिकमा १३ आकांक्षी

नेपाली कांग्रेस
पोखरा, १३ भदौ/ आउँदो मंसिर ४ मा हुने प्रदेश सभा, प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार छनोटका लागि नेपाली कांग्रेसले तयारी सुरु गरेको छ । त्यसक्रममा कास्की निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर ‘ख’मा आकांक्षीहरुले पार्टी समितिमा नाम टिपाएका छन् । उक्त निर्वाचन क्षेत्रबाट प्रत्यक्ष निर्वाचनको उम्मेदवार बन्न ५ जनाले आकांक्षा देखाएका छन् । समानुपातिक उम्मेदवारका लागि १३ जना इच्छुक देखिएका छ्न । प्रत्यक्ष उम्मेदवार बन्ने आकांक्षीमा गण्डकी सरकारका वर्तमान भौतिक पुर्वाधार,शहरी विकास तथा यातायात मन्त्री कुमार खड्का, महासमिति… पुरा पढौ

कास्की कांग्रेसः प्रदेश १ ‘क’ मा प्रत्येक्षमा ८ र समानुपातिकमा १२ आकांक्षी (को को सहित)

नेपाली कांग्रेस
पोखरा, १३ भदौ/ नेपाली कांग्रेस कास्की प्रदेश १ ‘क’ मा प्रदेश सभा सदस्यका लागि प्रत्यक्ष तर्फ ८ जनाले र समानुपातिक तर्फ १२ जनाले उमेद्वारी दिएका छन् । नेपाली काँग्रेसले मंसिर ४ गते हुने प्रदेश निर्वाचनका लागि सोमबार आकांक्षी उम्मेदवारहरुको नाम संकलन गरेको थियो । उम्मेदवार बन्न आकांक्षा देखाउनेमा प्रत्येक्ष तर्फ कल्याणबाबु भण्डारी, मुराहरी कोइराला, देवेन्द्र भाट, राजेन्द्रमणी लामिछाने, पुष्पमणी भण्डारी, दुर्गा लामिछाने, गिरी राज गौतम र बुद्धिमान गुरुङ रहेका छन् । त्यसै गरी समानुपातिक तर्फ १२ जनाले आकांक्षा व्यक्त गरेका… पुरा पढौ

कास्की क्षेत्र नं १(ख)मा सिग्देलको उम्मेद्वारी

नवीन सिग्देल
पोखरा, १३ भदौं / नेपाली काँग्रेस कास्कीका युवा नेता नवीन सिग्देलले मंसिर ४ गते हुने निर्वाचनका लागि उम्मेद्वारी घोषणा गरेका छन् । कास्की क्षेत्र नं १(ख) बाट प्रदेश सभा सदस्यमा उनले उम्मेद्वारी घोषणा गरेका हुन् । उनले नेपाली काँग्रेस प्रदेश कार्यसमिति समक्ष सोमबार उम्मेद्वारी दर्ता गरेका हुन् । सिग्देल हाल नेपाली काँग्रेस कास्कीको सहसचिव हुन् । ‘जनताले चिनेको र भुगोलले बुझेको व्यक्ति म नै हुँ, उहाँले भन्नुभयो, पार्टीमा निरन्तरता, प्रतिवद्वता, क्रियाशीलता र लोकप्रियताको मुल्यांकन गरी पार्टीले न्याय गर्ने विश्वास छ… पुरा पढौ

मुस्ताङीका समस्या बुझ्दै मुख्यमन्त्री पोखरेल

मुस्ताङीका समस्या बुझ्दै मुख्यमन्त्री पोखरेल
जोमसोम(मुस्ताङ), १० भदौ / गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संघीयता कार्यान्वयका क्रममा गण्डकी प्रदेश सरकारले उल्लेखनीय उपलब्धि हासिल गरेको बताएका छन् । मुस्ताङ जिल्लाबाट निर्वाचित जनप्रतिनिधि, जिल्लास्थित सरकारी कार्यालयका प्रमुख, अन्य संघ संस्थाका प्रमुखहरुसँगको अन्तक्रियाका क्रममा उनले उक्त कुरा बताएका हुन् । सिमित स्रोत, साधन र जनशक्ति भए पनि बाटोघाटो, पुलपुलेसा निर्माण, उज्यालो प्रदेश कार्यक्रमदेखि एक घर एक धाराजस्ता नमुना कार्यक्रमहरु सञ्चालन गरी अधिकांशलाई सफल बताएको उनले दाबी गरे । मुख्यमन्त्री पोखरेलले भने, झट्ट हेर्दा प्रदेशले के काम ग¥यो… पुरा पढौ

देशलाई बन्धक र चक्रव्युहबाट मुक्त गराउने साझा पार्टी – राप्रपा अध्यक्ष लिङ्देन

देशलाई बन्धक र चक्रव्युहबाट मुक्त गराउने साझा पार्टी – राप्रपा अध्यक्ष लिङ्देन
पोखरा, ३१ साउन/ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई देशलाई बन्धक बनाउने पार्टी र नेतृत्व परिवर्तन गर्न चुनावलाई उपयोग गर्नुपर्ने बताएका छन् । आउँदो मंसिर ४ गते हुने प्रतिनिधी सभा र प्रदेश सभा चुनावमार्फत शान्तिपूर्ण रुपमा पुराना दल र त्यसका नेतृत्व परिवर्तन गर्नुपर्ने उनको धारणा छ । ‘आउँदो चुनावलाई हामीले सधैं आउने चुनाव जस्तो एउटा नेता छान्न र फेर्ने अवसरका रुपमा मात्र होइन, देशलाई लामो समयदेखि बन्धक बनाएर राख्ने दल र तिनका नेताबाट मुलुकलाई मुक्त गर्ने अवसरका रुपमा हामीले उपयोग… पुरा पढौ

शिक्षामा लगानी अनुरुप प्रतिफल हालिस हुन सकेन –राष्ट्रपति विद्यादेवी भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारी सगँ तस्बिर खिचाउदै ।
पोखरा, ३१ साउन/ राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले शिक्षामा लगानी अनुरुप प्रतिफल हासिल गर्न नसेको बताइएकी छन् । मंगलबार पोखरा १६ बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयको हीरक जयन्ती समारोह समापनमा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले शिक्षामा लगानी अनुरुप प्रतिफल नआएको बताइन् । उनले सार्वजनिक शिक्षाको क्षेत्रमा राज्यको लगानी अनुरुप अपेक्षित प्रतिफल हासिल हुन नसकेको बताउदै पोखराको विन्ध्यवासिनी मावि लगायत केही विद्यालयले भने गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बताइन् । उनले सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न अभिभावक, स्थानीय सरकार, विद्यालय व्यवस्थापन समिति, शिक्षक तथा… पुरा पढौ

नेकपा एमाले कास्की जिल्ला इन्चार्जमा कृष्ण थापा

कृष्ण थापा
पोखरा, २६ साउन/ नेकपा एमाले कास्की जिल्ला इन्चार्जको जिम्मा कृष्ण थापाले पाएका छन् । बिहीबार बसेको सचिवालय बैठकले थापालाई कास्की जिल्ला इन्चार्जको जिम्मेवारी दिने निर्णय गरेको हो । यस अगाडी जिल्ला सहइन्चार्ज रहेका थापालाई इन्चार्जको जिम्मेवारी दिएको हो । थापालाई इन्चार्ज बनाए पछि कास्की इन्चार्ज भीमबहादुर काकीलाई भूमि व्यवस्था तथा सहकारी विभागको सहइन्चार्ज बताएको छ । दशौं महाधिवेशनबाट कार्कीले कास्की जिल्ला इन्चार्जको जिम्मेवारी पाएको थिए । थापा सहित मीनाकुमारी गुरुङ, राजीब पहारी, विद्या भट्टराई, मञ्जुदेवी गुरुङ, बालकृष्ण काउछा सहइन्चार्ज थिए… पुरा पढौ

युवा संघ नेपालको गण्डकी संयोजकमा महेन्द्र गुरुङ र सह–संयोजकमा विकास अधिकारी

युवा संघ नेपालको गण्डकी संयोजकमा महेन्द्र गुरुङ र सह–संयोजकमा विकास अधिकारी
पोखरा, २५ साउन/ राष्ट्रिय युवा संघ नेपालको गण्डकी प्रदेश संयोजकमा महेन्द्र गुरुङ र सह–संयोजकमा बिकास अधिकारी चयन भएका छन् । राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय कमिटीको दोश्रो पूर्ण बैठकको बिशेष सर्कुलरबाट देशभरका नेता कार्यकर्तालाई विभिन्न कार्य विभाजन गर्दै गण्डकी संयोजकमा गुरुङ र सह–संयोजकमा अधिकारीलाई चयन गरेको हो । यस्तै बैठकले गण्डकी प्रदेश ईन्चार्जमा सन्तोष रावल, प्रदेश सह–ईन्चार्जमा सम्पन्न श्रेष्ठ, खिल राना, अर्जुन पौडेल र मदन गिरिलाई चयन गरेको छ । त्यसै गरी केन्द्रि सदस्यमा सरस्वती पुरी, शंकर पौडेल र बिष्णु… पुरा पढौ

नेकपा एमालेको पोखरामा विरोध सभा

नेकपा एमालेको पोखरामा विरोध सभा
पोखरा, २५ साउन/ मुल्यवृद्वि, भ्रष्टाचार र महगींविरुद्व नेकपा एमालेले बुधबार पोखराको सडकमा उत्रिएका छन् । नेकपा एमालेका विभिन्न भातृ संगठनहरुले पोखराको सभागृहबाट विरोध ¥याली निकाले । ¥याली पोखरा सहिदचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । विभिन्न प्लेकार्ड सहित ¥यालीमा सहभागी भएका थिए । कोणसभामा नेताहरुले सम्बोधन गर्दै मुल्यबृद्धिको विरोध गरेका थिए । पुरा पढौ

प्रदेश विकास समस्या समाधान समितिको बैठक, संघीयताको पहिचान नै प्रदेश संरचनाः मुख्यमन्त्री पोखरेल

कृष्णचन्द्र पोखरेल
पोखरा, २५ साउन / गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आम नागरिकको चासो र चिन्ताका विषयमा सरकारले निकै सजगताका साथ काम गर्ने सरकारको जिम्मेवारीमा कुनै कमी आउन नदिने बताएका छन् । नीति तथा योजना आयोगले बुधबार पोखरामा गरेको प्रदेश विकास समास्या समाधान समितिको बैठक एवं गत आवको वार्षिक प्रगति समीक्षा बैठकमा उद्घाटन मन्तव्य राख्दै उनले संघीयताको पहिचान नै प्रदेश संरचना भएकाले यसले ५ वर्षको अवधिमा उल्लेखनीय काम भएको उनले बताए । प्रदेशमा सडक सञ्जालदेखि खानेपानी, विद्युतीकरण लगायतका क्षेत्रमा समेत गण्डकी… पुरा पढौ