नेपाली कांग्रेस
पोखरा, १३ भदौ/ नेपाली कांग्रेस कास्की प्रदेश १ ‘क’ मा प्रदेश सभा सदस्यका लागि प्रत्यक्ष तर्फ ८ जनाले र समानुपातिक तर्फ १२ जनाले उमेद्वारी दिएका छन् ।
नेपाली काँग्रेसले मंसिर ४ गते हुने प्रदेश निर्वाचनका लागि सोमबार आकांक्षी उम्मेदवारहरुको नाम संकलन गरेको थियो । उम्मेदवार बन्न आकांक्षा देखाउनेमा प्रत्येक्ष तर्फ कल्याणबाबु भण्डारी, मुराहरी कोइराला, देवेन्द्र भाट, राजेन्द्रमणी लामिछाने, पुष्पमणी भण्डारी, दुर्गा लामिछाने, गिरी राज गौतम र बुद्धिमान गुरुङ रहेका छन् ।
त्यसै गरी समानुपातिक तर्फ १२ जनाले आकांक्षा व्यक्त गरेका छन् । समानुपातिक तर्फ शान्ति कुमारी खनाल, चन्द्रावती घिमिरे, डिल्लिराम तिवारी, नन्दप्रसाद तिवारी, तारादेवी अधिकारी, मुरारी शर्मा, विक्रम गुरुङ, खेमबहादुर गुरुङ, कुमार सुनार, सुरज जंग राणा, अप्सरा श्रेष्ठ र अजिम बक्स मिया रहेका छन् ।
पार्टी केन्द्रको परिपत्र अनुसार पहिलो चरणमा प्रदेश सभा प्रत्यक्ष र समानुपातिक तर्फको उम्मेदवारका आकांक्षीको नामावली संकलन थालेको हो ।