युवा संघ नेपालको गण्डकी संयोजकमा महेन्द्र गुरुङ र सह–संयोजकमा विकास अधिकारी

-


     क्लिक गण्डकी     
     श्रावण २५ गते २०७९ मा प्रकाशित


युवा संघ नेपालको गण्डकी संयोजकमा महेन्द्र गुरुङ र सह–संयोजकमा विकास अधिकारी

युवा संघ नेपालको गण्डकी संयोजकमा महेन्द्र गुरुङ र सह–संयोजकमा विकास अधिकारी

पोखरा, २५ साउन/ राष्ट्रिय युवा संघ नेपालको गण्डकी प्रदेश संयोजकमा महेन्द्र गुरुङ र सह–संयोजकमा बिकास अधिकारी चयन भएका छन् ।

राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय कमिटीको दोश्रो पूर्ण बैठकको बिशेष सर्कुलरबाट देशभरका नेता कार्यकर्तालाई विभिन्न कार्य विभाजन गर्दै गण्डकी संयोजकमा गुरुङ र सह–संयोजकमा अधिकारीलाई चयन गरेको हो ।

यस्तै बैठकले गण्डकी प्रदेश ईन्चार्जमा सन्तोष रावल, प्रदेश सह–ईन्चार्जमा सम्पन्न श्रेष्ठ, खिल राना, अर्जुन पौडेल र मदन गिरिलाई चयन गरेको छ । त्यसै गरी केन्द्रि सदस्यमा सरस्वती पुरी, शंकर पौडेल र बिष्णु सुवेदीलाई चयन गरेको छ ।