कास्की क्षेत्र नं १(ख)मा सिग्देलको उम्मेद्वारी

-


     क्लिक गण्डकी     
     भाद्र १३ गते २०७९ मा प्रकाशित


नवीन सिग्देल

नवीन सिग्देल

पोखरा, १३ भदौं / नेपाली काँग्रेस कास्कीका युवा नेता नवीन सिग्देलले मंसिर ४ गते हुने निर्वाचनका लागि उम्मेद्वारी घोषणा गरेका छन् । कास्की क्षेत्र नं १(ख) बाट प्रदेश सभा सदस्यमा उनले उम्मेद्वारी घोषणा गरेका हुन् ।

उनले नेपाली काँग्रेस प्रदेश कार्यसमिति समक्ष सोमबार उम्मेद्वारी दर्ता गरेका हुन् । सिग्देल हाल नेपाली काँग्रेस कास्कीको सहसचिव हुन् । ‘जनताले चिनेको र भुगोलले बुझेको व्यक्ति म नै हुँ, उहाँले भन्नुभयो, पार्टीमा निरन्तरता, प्रतिवद्वता, क्रियाशीलता र लोकप्रियताको मुल्यांकन गरी पार्टीले न्याय गर्ने विश्वास छ ।

उनले इमान्दार, निष्ठावान, त्यागि नेता तथा कार्यकर्ताको मनोबल उठाउन र राजनीति व्यापार नभई समाजसेवा भएको स्थापित गर्न पनि आफूले उम्मेद्वारी प्रस्तुत गरेको स्पष्ट पारे । पोखरा १३ निवासी सिग्देल २०५५ सालदेखि निरन्तर रुपमा राजनीतिमा सक्रिय हुनुहुन्छ ।

२०५५ सालमा नेपाल विद्यार्थी संघ पृथ्वीनारायण क्याम्पसको प्रचारप्रसार उपसमितिको सदस्य हुँदै आफुलाई निरन्तर रुपमा क्रियाशील राख्दै आएका छन् ।

२०५७ सालको स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघको तर्फबाट स्ववियु सदस्य र २०६१ मा स्ववियु सभापतिको उम्मेद्वार बने ।
नेपाल विद्यार्थी संघको जिल्ला सदस्य हुँदै सभापति बने । २०६७ सालमा नेपाल विद्यार्थीको राजनीतिबाट विश्राम लिएर काँग्रेसको राजनीतिमा प्रवेश गरेका थिए ।

१२ औं महाधिवेशनमा नेपाली काँग्रेस क्षेत्र नं २ कास्कीको क्षेत्रीय सदस्य, १३ औं महाधिवेशनमा नेपाली काँग्रेस कास्कीको जिल्ला सदस्य निर्वाचित भए । उनले कास्की काँग्रेसले दिएको जिम्मेवारी अनुसार, करिब तीन वर्ष पार्टीको प्रवक्ताका रुपमा पनि काम गरेका थिए । १४ औं महाधिवेशनमा उनी जिल्लाको सहसचिव पदमा निर्वाचित भए ।



Tags: