राजनीति

नेकपा एमाले गण्डकी प्रदेशको पहिलो अधिवेशन असोजमा

नेकपा एमाले गण्डकी प्रदेशको पहिलो अधिवेशन असोजमा
पोखरा, २३ साउन/ नेकपा एमाले गण्डकी प्रदेशको पहिलो अधिवेशन असोजमा हुने भएको छ । सोमबार सम्पन्न प्रदेश कमिटीको पूर्ण बैठकले असोजको १५ र १६ गते पोखरामा अधिबेशन गर्ने निर्णय गरेको एमाले गण्डकी प्रदेश कमिटीका उप सचिब एबम प्रचार तथा प्रकाशन बिभाग प्रमुख रश्मि आचार्यले जानकारी दिए। त्यसै गरि बैठकले जनबर्गिय संगठनका अधिबेशन सम्पन्न गर्ने , सदस्यता बिस्तार अभियान तिब्रताका साथ अगाडी बढाउने निर्णय भएको कार्यालय सचिब माधब बास्तोलाले जानकारी दिए। बैठकको एमाले महासचिव शंकर पोख्रेलले उद्घाटन गरेका थिए। कार्यक्रममा महासचिब… पुरा पढौ

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको १०० दिन, मुख्यमन्त्री सम्मेलन देखी बजेट सम्म

सुरेन्द्रराज पाण्डे
पोखरा, २० साउन/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकार सम्हालेको शनिबार सय दिन पूरा भएको छ । नेपाली काग्रेसका संसदिय दलका नेता पाण्डेले वैशाख १५ मा २ मन्त्रीसहित सपथ लिएका पाण्डेले वैशाख २९ मा सरकारलाई पूर्णता दिएका थिए । शनिबार मुख्यमन्त्री पाण्डेले पत्रकार सम्मेलन गरेर १०० दिनमा ४६ बुदे काम गरेको फेरिस्ति सुनाए । वैशाख १५ गते गण्डकी प्रदेशको मुख्यमन्त्री भएर सरकारको नेतृत्व सम्हाले उनले मुख्यमन्त्री सम्मेलन देखी बजेज ल्याउनुलाई मुख्य उपलब्धी ठानेका छन् । उनले संघीयतामा रहेका अवरोधहरु हटाउन… पुरा पढौ

गृहमन्त्रीले काम गर्ने हो धम्क्याउने होइन– एमाले उपमहासचिव प्रदिप ज्ञवाली

गृहमन्त्रीले काम गर्ने हो धम्क्याउने होइन– एमाले उपमहासचिव प्रदिप ज्ञवाली
पोखरा, ९ साउन/ नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले अर्थतन्त्र चौपट बनाएर देशलाई सबै हिसाबबाट बर्बाद पार्ने काममा गठबन्धन सरकार लागेको भन्दै त्यसको पछिल्लो उदाहरण सुन काण्ड भएको बताए । प्रेस चौतारी कास्कीले मंगलबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सुन काण्डका सक्कली अनुहार बाहिर ल्याउन आग्रह गर्दै निष्पक्ष छानबिन हुनुपर्ने बताए । ज्ञवालीले नागरिकलाई सुसासन र समृद्धि दिलाउन संघियता ल्याइएको भन्दै संघियताको सदुपयोग गर्ने तर्फ सरकारको ध्यान जान नसकेको बताए । उनले साच्चिकै भ्रष्टाचार निर्मुल गर्ने काममा एमालेको सधैं साथ… पुरा पढौ

अनेरास्ववियु कास्कीको अध्यक्षमा सन्तोष पोखरेल चयन

सन्तोष पोखरेल
पोखरा, ७ साउन/ अनेरास्ववियु कास्कीको अध्यक्षमा सन्तोष पोखरेल चयन भएका छन् । अनेरास्ववियु जिल्ला कमिटी कास्कीको २३ औ जिल्ला अधिबेशनले पोखरेलको अध्यक्षतामा नयाँ समिति गठन भएको छ । समितिको उपाध्यक्षमा शिव पराजुली र कुशल बराल, सचिवमा विजय भुजेल, सहसचिवमा विवेक ओझा, रमिला पौडेल, आशिष बगाले र अर्किड पूरी र कोषाध्यक्ष रवि क्षेत्री चयन भएका छन् । पुरा पढौ

रोपिएका बिरुवा गोडमेल गर्दै काँग्रेस

रोपिएका बिरुवा गोडमेल गर्दै काँग्रेस
पोखरा, ६ साउन/ विभिन्न सन्दर्भ पारी बृक्षारोपण गर्ने तर संरक्षणमा ध्यान नदिने गरिएको वास्तविकतामा नेपाली काँग्रेस कास्की क्षेत्र नं २ ले आज यस अघि बृक्षारोपण गरिएको स्थानका बोटबिरुवा गोडमेल गरेको छ । पार्टीका तर्फबाट यस अघि २०७६ साल भदौ २४ गते विपी जयन्तीका अवसरमा उक्त स्थानमा बृक्षारोपण गरिएको नेपाली काँग्रेस कास्की क्षेत्र नं २ का कार्यबाहक सभापति दीनेश आचार्यले जानकारी दिनुभयो । बोटबिरुवा रोपिने तर त्यसको संरक्षण नहुने गरेको अवस्थालाई दृष्टिगत गर्दै विपी स्मृति दिवसका अवसरमा गोडमेल कार्यक्रम राखिएको उहाँले… पुरा पढौ

योजना र बजेटको दुरुपयोग हुन दिदैनौ– मन्त्री जुग्जाली

योजना र बजेटको दुरुपयोग हुन दिदैनौ– मन्त्री जुग्जाली
पोखरा, २० असार । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले योजना र बजेटको दुरुपयोग हुन नदिने प्रतिवद्धता जनाउनुभएको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तुत गरेको बजेटको छलफलमा भाग लिने सांसदहरुले मन्त्रालयसँग सम्बन्धीत योजनाका विषयमा उठाएका प्रश्नको जवाफ दिदै मन्त्री जुग्जालीले योजना र बजेट दुरुपयोग हुन नदिने प्रतिवद्धता जनाउनुभयो । “मैले नेतृत्व गरेको मन्त्रालयले भौगोलिक रुपमा पछि परेका ठाउँका योजनालाई प्राथमिकता दिएर बजेट बिनियोजन गरेको छ,” उहाँले तथ्याङ्क सहित दावी गर्नुभयो “सांसदमा… पुरा पढौ

भ्रष्टाचारविरूद्ध अनुसन्धान रोकिन्न, सत्ता गठबन्धन पाँच वर्ष टिक्छः प्रधानमन्त्री दाहाल

भ्रष्टाचारविरूद्ध अनुसन्धान रोकिन्न, सत्ता गठबन्धन पाँच वर्ष टिक्छः प्रधानमन्त्री दाहाल
पोखरा, १६ असार/ प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले भ्रष्टाचारविरूद्ध अनुसन्धानको कार्यले थप तीब्रता दिने बताए । शनिबार प्रेस सेन्टर गण्डकीले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री दाहालले भ्रष्टाचार देशको बिकराल समस्या भएको भन्दै त्यसको अन्त्य गर्नु पर्ने बताए । उनले नक्कली भुटानी शरणार्थी प्रकरण होस् वा ललिता निवास प्रकरण होस्, यसमा सरकार दृढताका साथ अगाडि बढेको बताए । प्रधानमन्त्री दाहालले अर्थतन्त्र धरासायी नै हुन्छ कि भन्ने अवस्थाबाट अर्थतन्त्र बिस्तारै लयमा फर्किएको बताए । त्यसै गरी अर्को प्रशंगमा भारत भ्रमण ऐतिहासक भएको भन्दै… पुरा पढौ

सत्ता गठबन्धन फेर्ने कुरा हल्लामात्रैः अर्थमन्त्री महत

सत्ता गठबन्धन फेर्ने कुरा हल्लामात्रैः अर्थमन्त्री महत
पोखरा, १६ असार/ नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सत्ता गठबन्धन फेर्ने कुरा हल्ला मात्रै भएको बताएका छन् । प्रेस युनियन कास्कीले शनिबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा महतले गठबन्धन फेर्ने कुरा अफवाह मात्र भएको बताए । उनले संसदमा सबै दलका नेताहरु भेट हुने र छलफल गर्नु सामान्य भएको बताए । उनले गठबन्धन फेर्ने भन्ने सबै अफवाह र भ्रम हो भएको बताए । उनले सत्ता गठबन्धन निश्चित लक्ष लिएर अगाडी बढेको बताए । अर्थमन्त्री समेत रहेका महतले नयाँ बजेटले देशको… पुरा पढौ

पार्टी एकताका लागि ठोस पहल हुँदैछः प्रधानमन्त्री

पार्टी एकताका लागि ठोस पहल हुँदैछः प्रधानमन्त्री
पोखरा, १६ असार/ प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले पूर्वमाओवादी शक्तिहरूबीच छलफल भइरहेको र पार्टी एकताका लागि ठोस पहल गरिने बताउनुभएको छ। शनिबार बिहान पोखरामा उपलब्ध माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं प्रदेश पदाधिकारीहरूसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्रीले उक्त कुुरा बताउनुभएको हो। प्रधानमन्त्रीले भन्नुभयो, “माओवादी कमजोर हुँदा सिंगो परिवर्तन कमजोर हुन्छ। हामी शक्तिशाली हुँदा मात्र देश सही दिशामा अगाडि बढ्छ। त्यसैले परिवर्तनका मुद्दा रक्षा गर्ने जिम्मेवारी पनि हाम्रै हो। त्यसका लागि हामी सबैले देशको पक्षमा सोच्न र काम… पुरा पढौ

पोखरामा मुख्यमन्त्री सम्मेलनः सघीयता बलियो बनाउन तीनै तह लाग्नु पर्ने– प्रधानमन्त्री दाहाल

पोखरामा मुख्यमन्त्री सम्मेलनः सघीयता बलियो बनाउन तीनै तह लाग्नु पर्ने– प्रधानमन्त्री दाहाल
पोखरा, १५ असार/ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सघीयता कार्यान्वयनको जिम्मेवारीलाई तीव्रता र व्यवस्थित रूपमा अगाडि बढाउन मुख्यमन्त्रीहरूलाई निर्देशन दिएका छन् । शुक्रबार पोखरामा आयोजित अन्तर प्रदेश मुख्यमन्त्री बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले दाहालले बैठकले लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ गर्न र प्रदेश प्रदेशबीचको सम्बन्धलाई सबल बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले अढाइ शताब्दी लामो एकात्मक राज्यप्रणालीमा अभ्यस्तमा रहेका हाम्रो लागि सघीय शासन प्रणाली नौलो अभ्यास भएको बताए । संविधानले व्यवस्था गरेअनुरूप सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित… पुरा पढौ