गृहमन्त्रीले काम गर्ने हो धम्क्याउने होइन– एमाले उपमहासचिव प्रदिप ज्ञवाली

-


     क्लिक गण्डकी     
     श्रावण ९ गते २०८० मा प्रकाशित


गृहमन्त्रीले काम गर्ने हो धम्क्याउने होइन– एमाले उपमहासचिव प्रदिप ज्ञवाली

गृहमन्त्रीले काम गर्ने हो धम्क्याउने होइन– एमाले उपमहासचिव प्रदिप ज्ञवाली

पोखरा, ९ साउन/ नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले अर्थतन्त्र चौपट बनाएर देशलाई सबै हिसाबबाट बर्बाद पार्ने काममा गठबन्धन सरकार लागेको भन्दै त्यसको पछिल्लो उदाहरण सुन काण्ड भएको बताए ।

प्रेस चौतारी कास्कीले मंगलबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सुन काण्डका सक्कली अनुहार बाहिर ल्याउन आग्रह गर्दै निष्पक्ष छानबिन हुनुपर्ने बताए ।

ज्ञवालीले नागरिकलाई सुसासन र समृद्धि दिलाउन संघियता ल्याइएको भन्दै संघियताको सदुपयोग गर्ने तर्फ सरकारको ध्यान जान नसकेको बताए ।

उनले साच्चिकै भ्रष्टाचार निर्मुल गर्ने काममा एमालेको सधैं साथ रहने तर बर्तमान सरकार यो बिषयलाई पोलिटिकल स्टन्ट मात्रै बनाएको बताए । उनले सरकारका गृहमन्त्रीले काम गर्नुको सट्टा धम्क्याउने धन्दामा लागेको आरोप लगाए ।