सत्ता गठबन्धन फेर्ने कुरा हल्लामात्रैः अर्थमन्त्री महत

-


     क्लिक गण्डकी     
     असार १६ गते २०८० मा प्रकाशित


सत्ता गठबन्धन फेर्ने कुरा हल्लामात्रैः अर्थमन्त्री महत

सत्ता गठबन्धन फेर्ने कुरा हल्लामात्रैः अर्थमन्त्री महत

पोखरा, १६ असार/ नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सत्ता गठबन्धन फेर्ने कुरा हल्ला मात्रै भएको बताएका छन् । प्रेस युनियन कास्कीले शनिबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा महतले गठबन्धन फेर्ने कुरा अफवाह मात्र भएको बताए ।

उनले संसदमा सबै दलका नेताहरु भेट हुने र छलफल गर्नु सामान्य भएको बताए । उनले गठबन्धन फेर्ने भन्ने सबै अफवाह र भ्रम हो भएको बताए । उनले सत्ता गठबन्धन निश्चित लक्ष लिएर अगाडी बढेको बताए ।

अर्थमन्त्री समेत रहेका महतले नयाँ बजेटले देशको अर्थतन्त्र फरक उचाइमा पुग्ने बताए । उनले अहिले वैदेशिक मुद्राको सञ्चिति धेरै भएको, पर्यटन फस्टाउन थालेको छ र नयाँ बजेटले अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्ने बताए ।

तर पुँजीगत बजेट साँघुरिँदै गएकोमा उनले चिन्ता व्यक्त गरे । महतले बजेट बाँड्ने कुरामा लोकप्रिय नभएपनि लक्ष लोकप्रिय भएको दाबी गरे ।

आगामी वर्ष आन्तरिक आम्दानी बढाउने र वैदेशिक लगानी परिचालनमा जोड दिने महतको भनाई छ । उनले देश र जनतालाई केन्द्रविन्दुमा राखेर अर्थतन्त्रलाई चलायमान बनाउने गरी बजेट आएको बताए



Tags: