भ्रष्टाचारविरूद्ध अनुसन्धान रोकिन्न, सत्ता गठबन्धन पाँच वर्ष टिक्छः प्रधानमन्त्री दाहाल

-


     क्लिक गण्डकी     
     असार १६ गते २०८० मा प्रकाशित


भ्रष्टाचारविरूद्ध अनुसन्धान रोकिन्न, सत्ता गठबन्धन पाँच वर्ष टिक्छः प्रधानमन्त्री दाहाल

भ्रष्टाचारविरूद्ध अनुसन्धान रोकिन्न, सत्ता गठबन्धन पाँच वर्ष टिक्छः प्रधानमन्त्री दाहाल

पोखरा, १६ असार/ प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले भ्रष्टाचारविरूद्ध अनुसन्धानको कार्यले थप तीब्रता दिने बताए । शनिबार प्रेस सेन्टर गण्डकीले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री दाहालले भ्रष्टाचार देशको बिकराल समस्या भएको भन्दै त्यसको अन्त्य गर्नु पर्ने बताए ।

उनले नक्कली भुटानी शरणार्थी प्रकरण होस् वा ललिता निवास प्रकरण होस्, यसमा सरकार दृढताका साथ अगाडि बढेको बताए । प्रधानमन्त्री दाहालले अर्थतन्त्र धरासायी नै हुन्छ कि भन्ने अवस्थाबाट अर्थतन्त्र बिस्तारै लयमा फर्किएको बताए । त्यसै गरी अर्को प्रशंगमा भारत भ्रमण ऐतिहासक भएको भन्दै छिटै अर्को मित्र राष्ट्र चीनका भ्रमण गर्न बताए ।

भारत भ्रमणका क्रममा पारवाहन सन्धि पुनरावलोकन महत्वपूर्ण निर्णय भएको बताए । उनले १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने समझदारी सामान्य नभएको बताए । चीन भ्रमणका क्रममा पनि महत्वपुर्ण सम्झौता हुने बताए ।

प्रधानमन्त्री दाहाललले देश र जनताको हितमा राम्राकामहरु भएका भन्दै सत्ता गठबन्धन सरकार पाँच वर्ष चल्ने बताए । उनले समझदारीका साथ चलेका कारण कसैले हिलाएर नहल्लीने बताए । प्रधानमन्त्री दाहालले एयररूटका लागि भारतसँग कुरा गरेको र छिट्टै त्यो निष्कर्षमा पुग्ने विश्वस गरे । प्रहरीलाई सरकार तर्फबाट अनुसन्धान अगाडी बढाउन निर्देशन दिएको बताए ।



Tags: