स्वास्थ्य

विश्व अटिजम दिवसको अवसरमा वन्डरल्याण्ड प्रिस्कूलमा जनचेतनामूलक कार्यक्रम

विश्व अटिजम दिवसको अवसरमा वन्डरल्याण्ड प्रिस्कूलमा जनचेतनामूलक कार्यक्रम
पोखरा, १९ चैत / हरेक वर्ष अप्रिल २ का दिन विश्वभर विश्व अटिजम जनचेतना दिवस मनाइन्छ। यस दिवसको मुख्य उद्देश्य अटिजम भएका व्यक्तिहरूप्रति सकारात्मक सोच विकास गर्नु, उनीहरूको अधिकारको संरक्षण गर्नु तथा समावेशी समाज निर्माण गर्नु हो। यसै अवसरमा पोखरास्थित वन्डरल्याण्ड प्रि-स्कूल परिसरमा “April Autism Awareness & Acceptance Month” अन्तर्गत जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ। “Light It Up Blue” अभियानअन्तर्गत निलो रंगमार्फत अटिजमप्रति समर्थन, समझदारी र एकताको सन्देश प्रवाह गरिएको थियो। वन्डरल्याण्ड प्रि-स्कूलको शैक्षिक दर्शन (philosophy) बालबालिकालाई समान अवसर प्रदान… पुरा पढौ

हिमालय आँखा अस्पताल- ४३ लाख नागरिकलाई सेवा, वार्षिकोत्सवमा कर्मचारी र साझेदार सम्मानित

हिमालय आँखा अस्पतालमा ४३ लाख नागरिकलाई सेवा, वार्षिकोत्सवमा कर्मचारी र साझेदार सम्मानित
पोखरा, १८ फागुन/ नेपाल नेत्रज्योति संघ, हिमालय आँखा अस्पताल पोखरा–१७ घारीपाटनले आइतबार आफ्नो ३३औँ वार्षिकोत्सव मनाएको छ । वि.सं. २०४९ (सन् १९९३) मा स्थापित यस अस्पतालले हालसम्म झन्डै ४३ लाख नागरिकको जीवनमा उज्यालो छरेको जानकारी मेडिकल डाइरेक्टर डा. बबिता गुरुङले दिइन् । समारोहमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले अस्पतालको भौतिक विकासमा महानगरले सहयोग गर्ने प्रतिबद्धता जनाउँदै यसलाई स्वास्थ्य पर्यटनसँग जोड्नुपर्नेमा जोड दिए । कार्यक्रममा नेत्रज्योति संघका केन्द्रीय अध्यक्ष प्राडा चेतराज पन्तले पूर्वाधार विकासमा सरकारको साथ खोजे भने उपाध्यक्ष प्राडा दिलबहादुर… पुरा पढौ

पोखरा विश्वविद्यालय शिक्षण अस्पतालमा १ महिने स्वास्थ्य शिविर आयोजना

पोखरा विश्वविद्यालयले १०० बेडको शिक्षण अस्पताल सुरु ग¥यो
पोखरा, १ फागुन/ पोखरा विश्वविद्यालयको २१औं दिक्षान्त समारोहको अवसरमा पोखरा विश्वविद्यालय शिक्षण अस्पतालले विशेष स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ। अस्पताल प्रशासनका अनुसार शिविर फाल्गुण १ गतेदेखि चैत १ गतेसम्म अस्पताल परिसरमा सञ्चालन गरिनेछ। शिविर अवधिभर विभिन्न विशेषज्ञ सेवा उपलब्ध गराइने अस्पतालले जनाएको छ। यस अन्तर्गत छाती रोग उपचार सेवा, हाडजोर्नी तथा नशा रोग उपचार सेवा, स्त्री तथा प्रसुती रोग उपचार सेवा, बाल रोग उपचार सेवा, छाला रोग उपचार सेवा, मनोरोग उपचार सेवा तथा नाक–कान–घाँटी रोग उपचार सेवा समावेश छन्।… पुरा पढौ

स्वास्थ्य मन्त्रीद्वारा पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निरीक्षण

स्वास्थ्य मन्त्रीद्वारा पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निरीक्षण
पोखरा, २१ माघ/ गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा मन्त्री पाठकलाई अस्पतालका निर्देशक डा सीपी आचार्य, स्वास्थ्य विज्ञान सङ्काय, पोखरा विश्वविद्यालयका डीन प्रा डा विष्णुराज तिवारीले अस्पतालको सेवा प्रवाह, वर्तमान अवस्था र भावी विकास योजनाका बारेमा जानकारी दिएका थिए । मन्त्री पाठक अस्पतालले स्वास्थ्य सेवा विकास र विस्तार गर्दै लगेकोप्रति प्रशंसा व्यक्त गर्दै आगामी दिनमा अस्पतालको सेवा अझ प्रभावकारी हुने विश्वास व्यक्त गरे । हाल अस्पतालमा विभिन्न विशेषज्ञ चिकित्सकहरूबाट… पुरा पढौ

पोखरा विश्वविद्यालय शिक्षण अस्पताल पूर्ण क्षमतामा सञ्चालनमा

पोखरा विश्वविद्यालय शिक्षण अस्पताल पूर्ण क्षमतामा सञ्चालनमा
पोखरा, २३ पुस/ पोखरा विश्वविद्यालय शिक्षण अस्पतालले क्रमशः आफ्नो सेवा विस्तार गर्दै पूर्ण क्षमतामा वार्ड सञ्चालनमा ल्याएको छ। पुस २२ गतेदेखि अस्पतालका वार्डहरू पूर्ण रूपमा सञ्चालनमा ल्याएको अस्पतालले जनाएको छ । शिक्षण अस्पतालको २०८१ जेठ ७ गते विधिवत् उद्घाटन भई सेवा सञ्चालन भएको हो। यसअघि २०७९ भाद्र २२ गतेदेखि बहिरङ्ग सेवा ९ओपीडी० सुरु गर्दै अस्पतालले समुदायस्तरमा स्वास्थ्य सेवा प्रदान गर्दै आएको थियो। स्थापना पश्चात् अस्पतालले गुणस्तरीय उपचार सेवा प्रदान गर्दै स्थानीय जनताको विश्वास जित्दै आएको छ। हाल अस्पतालमा विभिन्न विशेषज्ञ… पुरा पढौ

पोखराको मणिपाल अस्पतालमा नर्सको आन्दोलन, ७ दिनभित्र तलब बढाउने सहमति

पोखराको मणिपाल अस्पतालमा नर्सको आन्दोलन, ७ दिनभित्र तलब बढाउने सहमति
पोखरा, २० असोज/ पोखराको मणिपाल शिक्षण अस्पताल नेपालका नर्सले तलब वृद्धि लगायतका माग राखेर सुरु गरेको आन्दोलन सहमती पछि स्थगित भएको छ । आइतबार नर्सहरूले तलब वृद्धि लगायतका माग राखेर अस्पताल परिसरमा धर्ना दिदै नाराबाजी गरेका थिए । काममा ‘ओभरलोड’ भएको र काम अनुसारको पारिश्रम नपाएको भन्दै आन्दोलित उनीहरू सोमबारबाट पुनः नियमित काममा फर्किएका छन् । आइतबार राति भएको वार्तामा ७ दिनभित्र तलब समायोजन गर्ने सहमति भएको र सोमबारबाट नियमित काममा फर्किएका अस्पताल प्रशासनका तर्फबाट वार्तामा सहभागी कृष्णमोहन श्रेष्ठले जानकारी… पुरा पढौ

एपिएलमा सुगर जाँच सित्तैमा, अरु जाँचमा विशेष छुट

एपिएलमा सुगर जाँच सित्तैमा, अरु जाँचमा विशेष छुट
पोखरा, १० असोज/ पोखराको महेन्द्रपुल, मेडिकल लाइनमा रहेको अन्नपूर्ण प्याथ ल्याब प्रालि (एपिएल)ले दसैंको अवसरमा विशेष दिएको छ । गएको भदौ २३ गतेदेखि यो असोज २२ सम्म मधुमेहसम्बन्धी रगत जाँच सित्तैमा गर्ने एपिएलले क्यान्सर, भिटामिन बि १२, भिटामिन डी, होल बडी लगायत सबै प्रकारका जाँचमा विशेष छुट दिएको अध्यक्ष गीता कार्की पन्थले जानकारी दिइन् । दक्ष जनशक्ति र अत्याधुनिक प्रविधिबाट सञ्चालित ल्याबले उपलब्ध गराएको अवसरको फाइदा लिन अध्यक्ष कार्कीले अनुरोध गरेकी छन् । पुरा पढौ

गण्डकी सरकारले क्यान्सर रोगीलाई थप एक लाख रुपैयाँ सहयोग गर्ने

पोखरा, १३ भदौ/ गण्डकी प्रदेश सरकारले क्यान्सर रोगको उपचारका लागि आर्थिक सहायता कार्यक्रमको घोषणा गरेको छ । क्यान्सर रोग उपचार आर्थिक सहायता कार्यविधि, २०७९ अन्तर्गत प्रदेशका क्यान्सर रोगीहरूलाई एक लाख रुपैयाँसम्मको उपचार खर्च उपलब्ध गराइनेछ । प्रदेशको स्वास्थ्य मन्त्रालयले सूचना जारी गरी देशभरका विभिन्न ६ वटा प्रमुख अस्पतालहरूसँग सम्झौता गरिएको जनाएको छ । ती अस्पतालहरूमा उपचार गराउने बिरामीहरूले सहायता प्राप्त गर्न सक्ने मन्त्रालयका प्रवक्ता डा रमेशकुमार केसीले जानकारी दिए । प्रदेश सरकारले वीर अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, पाटन… पुरा पढौ

कोरोना सङ्क्रमणले पोखरामा एक जनाको मृत्यु

कोरोना
पोखरा, ५ साउन/ पोखरामा कोरोना सङ्क्रमणबाट १ महिलाको मृत्यु भएको छ । ७४ वर्षको महिला उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक खीमबहादुर खड्काले जानकारी दिए । ८ दिन अघि कोरोना डिकेक्ट भएको र आइतबार मृत्यु भएको उनले बताए । उनी चरक अस्पतालमा उपचाररत थिइन् । उनलाई उच्च रक्तचाप र मधुमेह पनि देखिएको अस्पताल प्रशासनले जनाएको छ । ‘अरू बिरामी पनि थिए भन्ने छ । कोरोना पनि एसोसियट हुन आयो,’ खड्काले भने, ‘अरू कारण पनि हुन सक्छन् । तर… पुरा पढौ

कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता दिगोपना जिल्ला घोषणा

कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता दिगोपना जिल्ला घोषणा
पोखरा, १६ असार/ कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता दिगोपना जिल्ला घोषणा गरिएको छ। सोमबार जिल्ला खोप समन्वय समिति कास्कीको आयोजनामा गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले उक्त घोषणा गर्नुभयो। मन्त्री पाठकले नागरिकलाई चेतनाको वृद्धि गराई रोगबाट सुरक्षित राख्न प्रदेश सरकारले प्राथमिकता दिएको बताउनुभयो।सर्ने र नसर्ने दुवै रोगबाट नागरिक सुरक्षित भए मात्र समृद्धिको यात्रा सहज हुने भन्दै, प्रदेश सरकार मातहतका अस्पतालहरू स्तरोन्नति गर्ने कार्यमा लागेको जानकारी दिनुभयो। उहाँले अस्पतालहरूको क्षमता वृद्धिसँगै सेवा(सुविधा तथा नागरिक स्वास्थ्य कार्यक्रमहरूलाई अघि बढाइएको उल्लेख गर्नुभयो।स्वास्थ्य… पुरा पढौ