पर्वत

लायन्स शितलचौतारीको सहयोग

लायन्स शितलचौतारीको सहयोग
पोखरा, २९ कात्तिक/ लायन्स क्लब अफ पोखरा शितलचौतारीले पर्वतको लाङ्दीमा रहेको लाङ्दी प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई स्टेसनरी वितरण गरेको छ । क्लबले सामाजिक उत्तरदायित्वअन्तर्गत सो कार्य गरेको अध्यक्ष ललित कुँवरले बताए । उनका अनुसार गाउँको सो विद्यालयमा पढ्ने सीमान्तकृत वर्गका विद्यार्थीहरुलाई प्रोत्साहन दिनको लागि लाङ्दीमा सो कार्यक्रम आयोजना गरिएको हो । क्लबले यसअघि कास्कीकै बह्मरुपा माविमा डस्टबिन वितरण,पोखरा रंगशालामा वृक्षरोपण,पोखरा ३२ मा रहेको दुर्गा मन्दिर निर्माणमा पनि सघाएको छ । आवश्यकता पहिचान गर्दै सहयोगको हात फैलाउन क्लबले कन्जुस्याइँ नगर्ने अध्यक्ष कुँवरले… पुरा पढौ

२ सय ५५ मिटर अग्लो भिरमा झुन्डिएको स्काई क्याफेमा स्वास्थ्य मन्त्री बस्नेत

२ सय ५५ मिटर अग्लो भिरमा झुन्डिएको स्काई क्याफेमा स्वास्थ्य मन्त्री बस्नेत
पर्वत, ७ कात्तिक/ स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले कुष्माको स्काई क्याफेमा मनोरञ्जन लिएका छन् । आफ्नो परिवारसहित कुष्मा पुगेका मन्त्री बस्नेतले स्काई क्याफेमा मनोरञ्जन लिएको द क्लिफ नेपालका कार्यकारी प्रमुख ईश्वर कार्कीले जानकारी दिए । कुश्मा र बाग्कुङ बिचको कालीगण्डकी नदी खोंचमा नदीदेखि २ सय ५५ मिटर अग्लो भिरमा स्टिलको डोरीमा झुन्ड्याएर निर्माण गरिएको स्काइ क्याफे अहिले निकै चर्चित छ । कार्कीका अनुसार मन्त्री बस्नेतले परिवारसहित क्लिफमा एक रात बिताएका थिए । शनिबार बिहान उनीहरूले स्काई क्याफेमा मनोरञ्जन लिएर फर्किएका हुन्… पुरा पढौ

बागलुङबाट पोखरा आउँदै गरेको जीप बगायो, ३ जना बेपत्ता

दुर्घटना
पोखरा, १३ असोज/ पर्वतको कुस्मा नगरपालिका ८ मा रहेको तमादी खोलाले जीप बगाउँदा ३ जना बेपत्ता भएका छन् । बागलुङबाट पोखरा आउँदै गरेको ग १ ज ५२१३ नम्बरको जीप बगाउँदा जीपसहित ३ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । ड्राइभरले गाडी रोकेर ढुंगा पन्छाउने क्रममा माथिबाट आएको ढुंगा र माटोले जीप बगाएको लगेको पर्वतका प्रहरीले जानकारी दिए । बाटो खुल्लाएर जीप खोजीका काम भईरहेको प्रहरीको भनाई छ । पुरा पढौ

बेनीबाट पोखरा आउदै गरेको बस पर्वतमा दुर्घटना

दुर्घटना
पोखरा, २२ जेठ/ म्याग्दीको बेनीबाट पोखरा आउदै गरेको बस दुर्घटना भएको छ । दुर्घटनामा परी १८ जना घाइते भएका छन् । सोमवार दिउँसो बेनीबाट पोखराका लागि छुटेको ना ५ ख ३९९३ नम्बरको बस जिल्ला प्रहरी कार्यालय कुश्मा नजिकै दुर्घटना भएको हो । बसमा अन्दाजी २३ जना रहेकामा १८ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारुी दिएको छ । घाइतेमध्ये १४ जनाको जिल्ला अस्पताल पर्वतमा उपचार भइरहेको छ भने अन्य चार जना घाइतेलाई थप उपचारका लागि पोखरा ल्याएको छ । पुरा पढौ

फलेवासका वडा सदस्यको नाकको डाँडी भाँच्चिनेगरि कुटपिट

कुटपिट
पर्वत, ७ चैत/ पर्वतको फलेवास नगरपालिका वडा नम्बर ३ शंकरपोखरीका एक वडा सदस्यलाई स्थानीय युवाले निर्घात कुटपीट गरेका छन् । कुटपीटबाट उनको नाकको डाँडी भाँच्चिएको छ भने शरीरका विभिन्न भागमा चोट लागेको छ । गत स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसबाट वडा सदस्य पदमा बिजयी भएका ६२ बर्षिय मोती प्रसाद भुषाललाई स्थानीय अशोक भुषाल सहितका दुई जना युवाहरुले निर्घात कुटपीट गरेको प्रहरीले जानकारी दिएको छ । घरायसी कुरामा सामान्य भनाभन हुँदा वडा सदस्य माथि निर्घात कुटपीट भएको स्थानीयको भनाई छ ।… पुरा पढौ

पर्वतमा सेल्फी खिच्ने क्रममा लडेर एक युवतीको ज्यान गयो

पर्वतमा सेल्फी खिच्ने क्रममा लडेर एक युवतीको ज्यान गयो
पर्वत, ५ चैत/ पर्वतमा सेल्फी खिच्ने क्रममा भीरबाट लडेर एक युवतीको ज्यान गएको छ । बागलुङ र पर्वत जोड्ने विश्वकै लामो पुललाई सेल्फी तस्बिरमा पार्ने गरि भिरको ढिकबाट सेल्फी खिच्ने क्रममा १८ वर्षीय अप्सरा खातुनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मृतक खातुन सेल्फीखिच्ने क्रममा भीरबाट लडेर करिब १०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरिक्षक मधुसुदन न्यौपानेले जानकारी दिए । बागलुङ नगरपालिका–१ रामरेखादेखि पर्वतको कुस्मा नगरपालिका–१ अदुवाबारी जोड्ने ५६७ मिटर लामो पुलमा सेल्फी खिच्ने… पुरा पढौ

पोखराबाट पर्वत जार्दै गरेको बस ठोकियो

दुर्घटना
पर्वत, २ चैत/ पर्वतको कुश्मा नगरपालिका वडा नम्बर ८ चुवामा बस दुर्घटना भएको छ । पर्वत देखि डिमुवा जादै गरेको बस र पोखरा देखि कुश्मा आउँदै गरेको बस ठोकिएर दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका ५ जनालाई पर्वत अस्पतालमा पठाइएको र बाँकीको विवरण प्राप्त हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । दुर्घटनाका घाइतेहरुको उद्धार भइरहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीको भनाई छ । पुरा पढौ

पर्वतमा दुर्घटना हुँदा चालकको मृत्यु

दुर्घटना
पर्वत, १ फागुन/ पर्वतमा दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । कुश्मा नगरपालिका–२ खुर्कोट लाम्पाटामो ध १ ज ११२३ नम्बरको इको भ्यान दुर्घटना ४० वर्षीय बालकृष्ण पौडेल उपाध्यायको मृत्यु भएको हो । आइतबार साँझ भएको दुर्घटनापछि पौडेललाई उपचारका पर्वत अस्पतालमा उपचारकै क्रममा आइतबार बेलुकी नै उनको मृत्यु भएको हो । घटनामा अन्य दुई जना सामान्य घाइते भएको प्रहरीले जानकारी दिएको छ । घाइते २१ वर्षीया मनीषा दर्जी र ३३ वर्षीया सलिना विक उपचारपश्चात घर फर्किसकेको प्रहरीले जनाएको छ । पुरा पढौ

विमान दुर्घटनामा ज्यान गुमाउने पर्वतका १० जना

पोखरामा जहाज दुर्घटना, जहाजमा सवार ७२ मध्ये १५ विदेशी, ३ बालबालिका
विमान दुर्घटनामा ज्यान गुमाउने पर्वतका १० जना आर्थर घर भएका पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेल,कुश्मा नगरपालिका वडा नं ९ का अरुण पौडेल, प्रसिद्धि पौडेल (बुवा छोरी)कुश्मा नगरपालिका वडा न १ का रचना काफ्ले, रिहान पौडेल (आमा छोरा )मोदी १ भुकदेउरालीका विजय गुरुङविहादी गाउँ पालिका ५ उराम पोखराका जमुना शर्मा, युवराज शर्मा, आरुबि शर्मा र वेबी शर्मा (आमा, छोरा, नाती, नातिनी) https://www.youtube.com/watch?v=5l3SseY8MmU&ab_channel=GandakiNews पुरा पढौ

मन्त्रालयको अनुगमनका मुख्यमन्त्री पोखरेल, नागरिकले अनुभूति गर्नेगरी काम गर्न निर्देशन

पोखरा, ४ कात्तिक/ गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बिहीबार प्रदेशका मन्त्रालयहरुको स्थलगत अनुगमन गरेका छन् । पोखरेल नेतृत्वमा सरकार गठनभएसँगै मन्त्रालय थप हुँदा भौतिकदेखि जनशक्ति व्यवस्थापनमा देखिएका समस्याबारे जानकारी लिन र समाधानको पहलका लागि मुख्यमन्त्री पोखरेलले अनुगमन गरेका हुन् । प्रथम चौमासिकको अहिलेसम्मको मन्त्रालयगत प्रगतिबारे लिँदै उनले उपलब्ध स्रोत साधनको अधिकतम प्रयोग गरी उपलब्धि हासिल गर्न कर्मचारीलाई निर्देशन समेत दिएका छन् । मुख्यमन्त्री पोखरेलले बिहीबार भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय, पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय,… पुरा पढौ