
पर्वतमा सेल्फी खिच्ने क्रममा लडेर एक युवतीको ज्यान गयो
पर्वत, ५ चैत/ पर्वतमा सेल्फी खिच्ने क्रममा भीरबाट लडेर एक युवतीको ज्यान गएको छ ।
बागलुङ र पर्वत जोड्ने विश्वकै लामो पुललाई सेल्फी तस्बिरमा पार्ने गरि भिरको ढिकबाट सेल्फी खिच्ने क्रममा १८ वर्षीय अप्सरा खातुनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
मृतक खातुन सेल्फीखिच्ने क्रममा भीरबाट लडेर करिब १०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरिक्षक मधुसुदन न्यौपानेले जानकारी दिए ।
बागलुङ नगरपालिका–१ रामरेखादेखि पर्वतको कुस्मा नगरपालिका–१ अदुवाबारी जोड्ने ५६७ मिटर लामो पुलमा सेल्फी खिच्ने क्रममा लडेर १८ वर्षीया अप्सरा खातुनको घटनास्थलमै मृत्यु भएको उनको भनाइ छ ।
मृतक खातुन भारत घर भई हाल बागलुङ बजार बस्दै आएकी थिइन् । शवलाई पोष्टमार्टमा लागि धौलागिरी अस्पताल बागलुङमा राखिएको छ ।





