पर्वत

पर्वतमा महिलाको हत्या गरेर गहना लुटपाट

पर्वतमा महिलाको हत्या गरेर गहना लुटपाट
पर्वत, २७ जेठ/ पर्वतमा जेठ ८ गते महिलाको हत्या गरेको गहना लुटापट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । कर्तव्य ज्यान तथा डाँका चोरीमा मुद्दाका अभियुक्त फलेवास नगरपालिका–५ बस्ने २८ वर्षी कुशल पुरीलाई प्रहरीले पक्राउ गरेको हो । फलेवास नगरपालिका–५ खानीगाउँ बस्ने बागलुङ जैमिनी नगरपालिका–५ बिनामारे घर भएकी ५२ वर्षीया सन्तु नेपाली भन्ने सोमकुमारी नेपाली कोठामा जेठ ८ गते मृत अवस्थामा फेला परेकी थिइन् । घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय पर्वत समेतबाट खटिएको प्रहरीले उनलाई मोदी गाउँपालिका–५… पुरा पढौ

पर्वतमा चट्याङ लागेर एकको मृत्यु

चट्याङ
पर्वत, १२ वैशाख/ पर्वतको फलेवास नगरपालिका–५ मा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । शुक्रबार साँझ चट्याङ लागेर गम्भीर घाइते भएकी खानीगाउँकी ५५ वर्षीया सीता लामिछानेको प्रदेश अस्पताल पर्वतमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घरभित्र बसिरहेको अवस्थामा एक्कासी चट्याङ पर्दा लामिछाने घाइते भई बेहोस भएकी थिइन् । उनलाई तत्काल उपचारका लागि प्रदेश अस्पताल लगिएको थियो । पुरा पढौ

पर्वतमा एक घर पहिरोले पुरियो, दम्पत्ति बेपत्ता

गण्डकी प्रदेशमा पहिरोमा परेर १० जनाको मृत्यु
पर्वत, ४ साउन/ पर्वतको मोदी गाउँपालिका वडा नम्बर ३ देउरालीको लाङ्दीमा आएको पहिरोले एक घर पुरिदा दम्पत्ति पुरिएर बेपत्ता भएका छन् । छविलाल विश्वकर्माको एक तले घर पुरिँदा ७६ वर्षिय छविलाल विश्वकर्मा र उहाँकी श्रीमती ७६ वर्षिया विष्णुमती विक पुरिएर बेपत्ता भएका छन् । उनीकी बुहारी ३२ वर्षिया पवित्रा विक भने घरवाट पहिरो झर्ने वित्तिकै भागेर बच्न सफल भएकी छन् । सडक अवरुद्ध हुँदा घटनास्थलमा प्रहरी पुग्न सकेको छैन भने स्थानीयले उद्धार कार्य जारी राखेका छन् । अहिले वेपत्ता दम्पितिको… पुरा पढौ

पर्वतमा जीप दुर्घटना २ को मृत्यु, ७ जना घाइते

दुर्घटना
पर्वत, २१ फागुन/ पर्वतको बिहादी गाउँपालिकामा बोलेरो जीप दुर्घटना हुँदा दुईको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । गुल्मीको कालीगण्डकी गाउँपालिकास्थित पूर्तिघाटबाट स्याङ्जाको वालिङतर्फ जाँदै गरेको लु१ज ४४६० नम्बरको जीप बिहादी–६ लिदीमा दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । बिहादी–३ रानीपानीका ६१ वर्षीय मीनप्रसाद उपाध्याय र गुल्मीको कालीगण्डकी गाउँपालिका–४ पूर्तिघाटकी ६४ वर्षीया डिलकुमारी भट्टचनको घटनास्थलमा मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएका छ जनालाई उपचारका लागि पाल्पा भएको छ भने एक… पुरा पढौ

सम्झौता भन्दा सात महिनाअघि नै बन्यो पुल निमार्ण सम्पन्न, मन्त्रीले गरे सम्मान

सम्झौता भन्दा सात महिनाअघि नै बन्यो पुल निमार्ण सम्पन्न, मन्त्रीले गरे सम्मान
पर्वत, २२ मंसिर/ पर्वतको मोदी गाउँपालिकामा निर्माण सम्पन्नको सम्झौता मितिभन्दा सात महिनाअगाडि नै मोटरेबल पुलको निर्माण सकिएको छ । मोदी–६ स्थित लिदी खोलामा २ करोड ५३ लाख ३९ हजार रुपैयाँ लागतमा मोटरेबल पुल तयार भएको हो । पुलको गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले शनिबार उद्घाटन गरेका छन् । उद्घाटनपछि बोल्दै मन्त्री केसीले समय अगावै मोटरेबल पुल निर्माण सम्पन्न गरेकोमा ठेकेदार कम्पनीको प्रशंसा गरे । जनताले तिरेको करको पैसा विकासमा सही तरिकाले सदुपयोग भएको भन्दै… पुरा पढौ

पर्वत जिल्लामा सबैभन्दा बढी आयकर दाखिला गर्दै द क्लिफ बन्यो उत्कृष्ट करदाता

पर्वत जिल्लामा सबैभन्दा बढी आयकर दाखिला गर्दै द क्लिफ बन्यो उत्कृष्ट करदाता
पर्वत, ९ मंसिर/ कुस्मा-बाग्लुङ क्षेत्रलाई एडभेन्चर हबको रुपमा विकास गर्न सफल र अहिलेको प्रसिद्ध पर्यटकीय गन्तव्य द क्लिफ नेपाललाई आन्तरिक राजश्व कार्यालय, बाग्लुङले उत्कृष्ट करदाताको सम्मान गरेको छ । पर्वत जिल्लामा दर्ता रहेका करदाताहरू मध्ये सबैभन्दा बढी आयकर दाखिला गरेकाले राष्ट्रिय कर दिवस(२०८१को अवसरमा कार्यालयले सम्मान गरेको हो । कार्यालयका प्रमुख कर अधिकृत प्रमोद कुमार‌ श्रीवास्तवले क्लिफका अध्यक्ष राजु कार्कीलाई कर दिवस(२०८१ का सन्दर्भमा आयोजित कार्यक्रममा सम्मानपत्र हस्तान्तरण गरेका हुन् । राजु कार्कीको परिकल्पना र नेतृत्वमा कालीगण्डकी नदीको खोँचमाथी पर्वत… पुरा पढौ

द क्लिफमा नयाँ वर्षमा ‘नाइट बञ्जी’ हुने, रुम बुकिङमा १५ प्रतिशत छुट

द क्लिफमा नयाँ वर्षमा ‘नाइट बञ्जी’ हुने, रुम बुकिङमा १५ प्रतिशत छुट
पर्वत, २६ चैत/ साहसिक पर्यटकको हब द क्लिफ नेपालले नयाँ वर्ष २०८१ को अवसरमा ‘नाइट बञ्जी’ गर्ने भएको छ । चैत्र ३० गते साँझ लाइभ म्युजिक तथा फायर डान्सु गरि नयाँ बर्षलाई स्वागत गर्ने योजना छ । विश्वकै दोस्रो अग्लो बन्जी सन्चालक कम्पनीले साहसिक खेलकुदका पारखीहरूलाई नयाँ अनुभव दिन नाइट बञ्जी आयोजना गरेको द क्लिफका अध्यक्ष राजु कार्कीले जानकारी दिए । कम्पनीले यसअघिका नयाँ वर्षहरूमा पनि नाइट बञ्जी गर्दै आएको थियो । नयाँ वर्षको अवसरमा कम्पनीले चैत ३० र वैशाख… पुरा पढौ

पर्वत दम्पती हत्याः पोखरामा जग्गा किन्न तयारीमा थिए, लुटेराबाट मारिएको आशंका

पर्वतको जलजलामा श्रीमान श्रीमतीको हत्या
पोखरा, २३ चैत/ चैत २० गते पर्वतको जलजलाका दम्पतीको हत्याको कारण लुटपाट भएको प्रहरीले आंशका गरेको छ । पर्वतको जलजला गाउँपालिका २ मल्लाज दह गाउँका ६९ वर्षीय सूर्यबहादुर जिसी र उनकी पत्नी ६७ वर्षीया कमला जिसीको सोमबार राति धारिलो हतियार प्रहार गरी हत्या भएको थियो । बिहीबार उनीहरुको एउटै चितामा अन्त्येष्टि भएको छ । विदेशमा रहेका छोराहरु घर फर्किएपछि पोष्टमार्टम गरेर प्रहरीले बा–आमाको शव जिम्मा लगाएको थियो । तीन छोरा मध्ये दुई छोरा कोरियामा र एक जना बेनीमा बस्थे ।… पुरा पढौ

पर्वतको जलजलामा श्रीमान श्रीमतीको हत्या

पर्वतको जलजलामा श्रीमान श्रीमतीको हत्या
पोखरा, २० चैत/ पर्वतको जलजला गाउँपालिका–२ राममन्दिरमा गएराति श्रीमान श्रीमतीको मृत अवस्थामा फेला परेका छन् । सूर्यबहादुर क्षेत्री र उनकी श्रीमती कमला जिसीको धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा बिहान शव भटिए पछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । घटनास्थल म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर बजारदेखि कालीगण्डकी पारी रहेको छ । एक्लो ठाउँमा रहेको घरमा सूर्यबहादुर र उनकी श्रीमती बस्दै आएका थिए । लुटपाट गरेर हत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ । घटनास्थलमा प्रहरी टोलीले अनुसन्धान थालेको छ । पुरा पढौ

ठगी आरोपमा पर्वतका दुई सहकारी संस्थाका आठ जना सञ्चालक पक्राउ

पर्वत, १७ मंसिर/ ठगी आरोपमा पर्वतका दुईवटा सहकारी संस्थाका आठ जना सञ्चालक पक्राउ परेका छन् । सदरमुकाम कुश्मा बजारमा सञ्चालित तपाईँ हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाका तीन जना र ग्रामीण विकास कृषि सहकारी संस्थाका पाँच जना पक्राउ परेका हुन् । तपाईँ हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष कृष्णप्रसाद उपाध्याय, सचिव विकास विश्वकर्मा र सहसचिव ओमकार कर्माचार्य, ग्रामीण विकास कृषि सहकारी संस्थाका अध्यक्ष लेखनाथ शर्मा, उपाध्यक्ष विष्णु तिवारी पूर्व अध्यक्ष राजु शर्मा र सल्लाहकार शालिग्राम शर्मा तथा ऋण समिति संयोजक धनपति आचार्य पक्राउ… पुरा पढौ