अर्थतन्त्र

क्यापिटल म्याक्स सेक्युरिटीज (ब्रोकर नम्बर ६२) को पोखरामा शाखा

क्यापिटल म्याक्स सेक्युरिटीज लिमिटेड (ब्रोकर नम्बर ६२) ले पोखरामा शाखा
पोखरा, १६ फागुन/ क्यापिटल म्याक्स सेक्युरिटीज लिमिटेड (ब्रोकर नम्बर ६२) ले पोखरामा शाखा विस्तार गरेको छ । पोखरामा रहेका ग्राहकहरुलाई थप सुविधा होस् भन्ने उद्देश्यका साथ ब्रोकर नम्बर ६२ ले पोखराको न्युरोडमा शाखा विस्तार गरेको हो । क्यापिटल म्याक्सका अध्यक्ष अतित लाल श्रेष्ठका अनुसार सेयर लगानीकर्ताको मागअनुसार पोखरामा शाखा विस्तार गरिएको हो । ‘हामीले धितोपत्र बोर्डको नियम भित्र रहेर लगानीकर्तालाई बढीभन्दा बढी सेवा सुविधा दिने उद्देश्य अनुरुप पोखरामा पहिलो शाखा खोलेका छौं,’ अध्यक्ष श्रेष्ठले भने, ञ नेपालको पर्यटकीय राजधानी पोखराका… पुरा पढौ

पेट्रोलको मूल्य बढ्यो, डिजलको घट्यो (पोखरामा कति)

नेपाल आयल निगम
पोखरा, ३ फागुन/ नेपाल आयल निगमले इन्धनको मूल्य समायोजन गरे सगैँ पेट्रोलको मूल्य बढाएको छ भने डिजेल तथा मट्टीतेलको मूल्य घटाएको छ । फागुन ३ को मध्यरातबाट लागू हुने गरी निगमनले इन्धनको मूल्य समायोजन गरेको हो । नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ बढेको छ । डिजेल तथा मट्टितेलको मूल्य भने ४ रुपैयाँ घटेको छ । नयाँ मुल्य चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पेट्रोलको मुल्य १६५ रूपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ । त्यसै गरी… पुरा पढौ

द क्लिफमा ट्यान्डम बन्जी र ‘मेगाट्रोल’ सुरु, फेब्रुअरी भरी छुटैछुट

द क्लिफमा ट्यान्डम बन्जीु र ‘मेगाट्रोल’ सुरु, फेब्रुअरी भरी छुटैछुट
पोखरा, २ फागुन/ पर्यटकहरुका लागि समय समयमा नयाँ एड्भेन्चर पस्किरहेको द क्लिफले भ्यालेन्टाइन्स डेको अवसरमा ट्यान्डम (दुईजनासँगै खेल्न मिल्ने) बन्जी र विश्वकै लामो तथा अग्लो मेगाट्रोल सञ्चालनमा ल्याएको छ । साथै प्रेमिल महीना फेब्रुअरी भरी एड्भेन्चर तर्फ ट्याण्डम स्विङ, स्काइ साइकल, स्काइ क्याफे र रिसोर्ट तर्फ कटेज रुममा २० प्रतिशत छुट उपलब्ध भएको जनाइएको छ । स्वीङ गर्दा जोडीलेसँगै खेल्ने सुविधा पहिले नै भए पनि बन्जीमा भने नयाँ सुरुवात गरिएको द क्लिफका अध्यक्ष राजु कार्कीले बताए । ूअब पर्यटकहरुले आफूले… पुरा पढौ

कास्कीको सिक्लेसमा ७ अर्ब सिक्लेस अन्नपूर्ण केबुलकार बन्ने, राष्ट्रिय प्राथमिकता आयोजनामा समावेश

सिक्लेस अन्नपूर्ण केबुलकार
पोखरा, २९ माघ/ कास्की मादी गाउँ पालिकामा सिक्लेस अन्नपूर्ण केबुुलकार प्रालिले सिक्लेसमा केबुलकार बताउ भएको छ । केबुलकारको तल्लो स्टेसन कास्की मादी गाउँपालिका–१ र माथिल्लो स्टेसन सोही गाउँपालिका–२ को कोरी डाँडामा रहने प्रतिवेदनमा उल्लेख छ । करिब ७ अर्ब लागतमा केबुलकार बनाउने योजना छ । वातावरणीय प्रभाव अध्ययन प्रतिवेदन अनुसार यो आयोजनामा झन्डै ३ हजार ८ सय १ वटा रुख र बोट काट्नुपर्छ । केबलकार ६.४१ किलोमिटर लामो रहने गुरुङ जातिको बाहुल्य रहेको पर्यटकीय गाउँमा पर्यटकीय विकास हुने दाबी गरेको… पुरा पढौ

एफडी मोटर्सको नयाँ शोरुम पोखरामा

पोखरामा नयाँ ईलेक्ट्रिक स्कुटर के के छन् विषेशता
पोखरा, २८ माघ / एफडी मोटर्सको नयाँ शोरुम पोखराको नयाँबजार पिके टावरमा खुलेको छ । एफ डि मोर्टसको नेपालका लागि आधिकारीक बिक्रेता ग्रन्थ इलेक्ट्रिक भेहिकल प्रालिले पाँचौ तथा पोखराका लागि पहिलो शोरुम पोखरामा संचालनमा ल्याएको हो । नेपाली बजारमा उत्कृष्ट ईलेक्ट्रिक स्कुटरको रुपमा स्थापीत भएको एफडीका स्कुटर पोखराका ग्राहले पनि सहज रुपमा खरिद गर्न पाउने छन् । पोखराका ग्राहले काठमाडौँ शोरुमबाट स्कुटर खरिद गरिरहेको र ग्राहकलाई सहजै उपलब्ध हुने गरी पोखरामा शोरुम विस्तार गरिएको कम्पनीका सिइओ सुजन ढुंगेलले जानकारी दिए… पुरा पढौ

गण्डकी धौलागिरी पेट्रोलियममा मोहन सुबेदी

गण्डकी धौलागिरी पेट्रोलियममा मोहन सुबेदी
पोखरा, २८ माघ/ गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एशोसिएसनको २७ औं साधारण सभा तथा १४ औं अधिवेशनले मोहन सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । अध्यक्षका प्रत्यासी सुरेन्द्ररमण पराजुलीलाई पराजित गर्दै सुवेदी निर्वाचित भए । उपाध्यक्षमा जयमोहन भट्टराई, महासचिव सुजन बराल, उपमहासचिव नवराज पौडेल र कोषाध्यक्ष सुमन श्रेष्ठ निर्विरोध चयन भए । सदस्य भूगोल गुरुङ, सन्तोष बराल, विप्लव हमाल, विजय अर्याल र ईश्वर पौडेल चयन भएको निर्वाचन समिति संयोजक सुमन भट्टराईले जानकारी दिए । अध्यक्षबाहेक अन्य सबै पदमा सर्वसम्मत् भएको… पुरा पढौ

पोखरा उद्योग वाणिज्य संघ ७१ औँ वर्षमा प्रवेश,३३ औँ राष्ट्रिय औँधोगिक मेलामा सहयोग गर्नेलाई सम्मान

पोखरा उद्योग वाणिज्य संघ ७१ औँ वर्षमा प्रवेश,३३ औँ राष्ट्रिय औँधोगिक मेलामा सहयोग गर्नेलाई सम्मान
पोखरा, २६ माघ/ पोखरा उद्योग वाणिज्य संघको ७१औँ वर्षमा प्रवेश गरेको उपल्यक्ष्यमा संघले झण्डोत्तलन तथा सम्मान कार्यक्रम गरेको छ । संघले आफ्नो ७१ औँ वार्षिकोत्सवको अवसरमा शुक्रबार सचिवालयमा झण्डोत्तलन तथा कार्यालय परिसर भित्र वृक्षारोपण गर्नुका साथै ३३ औँ राष्ट्रिय औँधोगिक व्यापार मेला तथा आईटी महोत्सवमा सयोग गर्ने सरकारी निकायहरू विभिन्न संघ संस्था तथा व्यवसायिक प्रतिष्ठानहरूलाई सम्मान गरिएको थियो । वार्षिकोत्सवकै अवसरमा वोल्दै कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले सरकार र निजि क्षेत्रसँगै मिलेर काम गर्नेुपर्ने बताउदै पाण्डेले पोखराको समग्र… पुरा पढौ

व्यापार मेलामा बहस, ‘पाखुरीमा दम भए, देशमै रोजजारी सम्भव छ’

‘पाखुरीमा दम भए, देशमै रोजजारी सम्भव छ’
पोखरा, १३ माघ । सूत्रधार तथा पत्रकार गोविन्द सुवेदीले कार्यक्रमको सुरुमै स्याङ्जाका अगुवा कृषक फणिनारायण अर्याल तथा व्यवसायी कोमलजंग कुँवरको दृष्टान्त पेश गर्दै भने,‘ अर्यालले सुन्तला खेतीबाट वार्षिक ८५ लाख कमाउनुहुन्छ । १२ वर्षअघि ठेलाबाट व्यवसाय सुरु गर्नुभएका कुँवरले अहिले ७२० जनालाई रोजगारी दिनुहुन्छ । ड्याडीज किचनका अहिले देशभर २२ वटा शाखा छन् ।’ पत्रकार सुवेदी पोखरा उद्योग वाणिज्य संघले आयोजना गरेको ३३ औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला २०८१ को छेकोमा आयोजना गरेको ‘पाखुरीमा दम भए, यहीँ सबै छ… पुरा पढौ

सूचना प्रविधिको जानकारी लिने थलो बन्यो व्यापार मेला, शनिबार १८ हजारले गरे अवलोकन

सूचना प्रविधिको जानकारी लिने थलो बन्यो व्यापार मेला, शनिबार १८ हजारले गरे अवलोकन
पोखरा, १३ माघ/ पोखराको नयाँबजारस्थित पोखरा प्रदर्शनी केन्द्रमा जारी ३३ औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सव २०८१ सूचना प्रविधिबारे नयाँ जानकारी लिने थलो बनेको छ । पोखरा उद्योग वाणिज्य संघले क्यान कास्की तथा नेपाल मोवाइल बितरक संघसँगको सहयकार्यमा १२ औं क्यान इन्फोटेक २०२५ तथा चौथो मोवाइल एक्सपो २०२५ समेत मेलामै समाहित गरेपछि मेला सूचना प्रविधिबारे जानकारी लिने तथा आवश्यक सामग्री खरिद गर्ने थलो बनेको हो । ‘प्रविधिको क्षेत्रमा दैनिक नयाँ आविष्कार भइरहेका हुन्छन् । हामीले पछिल्लो समय… पुरा पढौ

भूलक्ष्मी ग्रुप र बी एण्ड बी लेकभ्यू अपार्टमेन्टबीच सम्झौता

भूलक्ष्मी ग्रुप र बी एण्ड बी लेकभ्यू अपार्टमेन्टबीच सम्झौता
पोखरा, १२ माघ/ भूलक्ष्मी ग्रुप र बी एण्ड बी लेकभ्यू अपार्टमेन्टबीच टेस्ला एयर कण्डिसनर आपूर्तिको सम्झौता भएको छ । पोखराको सेदीमा रहेको प्रिमियम र लक्जरी अपार्टमेन्टका ७१ वटा युनिटका लागि आवश्यक पर्ने एयर कण्डिसनरका लागि भूलक्ष्मी ग्रुपको तर्फबाट कम्पनीका सीईओ किरण आचार्य र बीएण्डबी लेकभ्यू अपार्टमेन्टको तर्फबाट कम्पनीका एमडी स्रोत बिक्रम थापाले सम्झौतामा हस्ताक्षर गरे । टेस्ला एसीका लागि यो सम्झौता महत्वपूर्ण कोशेढुङ्गाको रूपमा रहेको र यसले टेस्ला एसीको होटल तथा रेस्टुरेन्ट व्यवसायका लागि एउटा नयाँ आतिथ्य स्थापित गर्ने कम्पनीका… पुरा पढौ