भूलक्ष्मी ग्रुप र बी एण्ड बी लेकभ्यू अपार्टमेन्टबीच सम्झौता

-


     क्लिक गण्डकी     
     माघ १२ गते २०८१ मा प्रकाशित


भूलक्ष्मी ग्रुप र बी एण्ड बी लेकभ्यू अपार्टमेन्टबीच सम्झौता

भूलक्ष्मी ग्रुप र बी एण्ड बी लेकभ्यू अपार्टमेन्टबीच सम्झौता

पोखरा, १२ माघ/ भूलक्ष्मी ग्रुप र बी एण्ड बी लेकभ्यू अपार्टमेन्टबीच टेस्ला एयर कण्डिसनर आपूर्तिको सम्झौता भएको छ ।

पोखराको सेदीमा रहेको प्रिमियम र लक्जरी अपार्टमेन्टका ७१ वटा युनिटका लागि आवश्यक पर्ने एयर कण्डिसनरका लागि भूलक्ष्मी ग्रुपको तर्फबाट कम्पनीका सीईओ किरण आचार्य र बीएण्डबी लेकभ्यू अपार्टमेन्टको तर्फबाट कम्पनीका एमडी स्रोत बिक्रम थापाले सम्झौतामा हस्ताक्षर गरे ।

टेस्ला एसीका लागि यो सम्झौता महत्वपूर्ण कोशेढुङ्गाको रूपमा रहेको र यसले टेस्ला एसीको होटल तथा रेस्टुरेन्ट व्यवसायका लागि एउटा नयाँ आतिथ्य स्थापित गर्ने कम्पनीका सीईओ आचार्यले बताए ।

नेपालको प्रमुख पर्यटकीय गन्तव्य पोखराको लेकभ्यूमा बन्न लागेको अपार्टमेन्टका लागि टेस्ला एसी आपूर्ती गर्ने कार्य नमुना परियोजना रहेको उनले बताए ।