कृषि

पोखरा महानगरपालिकाद्धारा २६ लाख ७९ हजार समर्थन मूल्य प्रदान

पोखरा महानगरपालिकाद्धारा २६ लाख ७९ हजार समर्थन मूल्य प्रदान
पोखरा, २३ फाल्गुन/ पोखरा महानगरपालिकाले उत्पादन लागतमा नोक्सानी बेहोरेका १६ वटा कृषि फार्महरूलाई न्यूनतम समर्थन मूल्य प्रदान गरेको छ । बुधवार आयोजित एक कार्यक्रमका बिच महानगरपालिकाका प्रमुख धनराज आचार्यले ती फार्महरूलाई समर्थन मूल्य प्रदान गर्नुभएको हो । ६० हजार ४४१ केजी च्याउ, २५ हजार ४१७ केजी गोलभेँडा, ९ हजार ५२० केजी सिमी र २९१ केजी कोदो गरी ९५ हजार ६६९ केजी कृषि उपजको २६ लाख ७९ हजार ७६१ समर्थन मूल्य प्रदान गरिएको हो । पोखरा महानगरपालिका भित्र उत्पादन भएका तर… पुरा पढौ

सराङकोटमा कफि खेति तालिम

सराङकोटमा कफि खेति तालिम
पोखरा, १५ फागुन/ पोखरा महानगरपालिका वडा नम्बर १८ मा भावना सामुदायिक कृषि सहकारी संस्था लिले आफ्ना शेयर सदस्यहरुका लागि कफि खेति बारे तालिम दिएको छ । तालिमको समापन गर्दै वडा नम्बर १८ का वडाध्यक्ष शिवप्रसाद तिमिल्सिनाले तालिमबाट कृषक दाजुभाइ दिदिबहिनीहरुले आफ्ना कार्यक्रमहरुमा आफै कफि बनाउन सक्षम भएको विश्वास व्यक्त गर्दै कृषिबाट आर्थिक रुपान्तरणका लागी वडा लागीपरेको बताउँदै अन्य आर्यआर्जनसँग सम्बन्धीत तालिमहरू पनि सञ्चालन गर्ने बताएका थिए ।पर्यटकिय वडा भएकाले थोरै लगानिमा धेरै उत्पादन लिन सकिने खेति कफि भएकाले सराङकोटको कफिको… पुरा पढौ

प्रधानमन्त्री कार्यलयमा कुहिएको आलु, प्याज विक्रि गरेको गुनासो गरेपछि पोखरा महानगरको अनुगमन

प्रधानमन्त्री कार्यलयमा कुहिएको आलु, प्याज विक्रि गरेको गुनासो गरेपछि पोखरा महानगरको अनुगमन
पोखरा, २ फागुन/ पोखरा महानगरपालिकाले आलु, प्याज र तरकारी पसलहरुमा मंगलबार अनुगमन गरेको छ । पोखरा महानगरपालिकाका उपप्रमुख एवं बजार अनुुगमन समितिका संयोजक मञ्जुदेवी गुरुङको संयोकत्वमा रहेको बजार अनुगमन समितिले पोखराको शान्ति बन स्थित कृषि उपज तथा थोक बजारभित्र सञ्चालनमा रहेका चार वटा आलु, प्याजका पसलहरुमा अनुगमन गरिएको हो । पोखराका बजारमा कुहिएको प्याज बिक्री वितरण भैरहेको भन्ने प्रधानमन्त्री कार्यलायमा रहेको हेलो प्रधानमन्त्रीमा गुुनासो परेपछि कृषि उपज तथा थोक बजार(मण्डी)मा रहेका आलु, प्याज गोदाममा अनुगमन गरिएको हो । अनुगमनका क्रममा… पुरा पढौ

पोखरामा भावना बनिन् कौसी क्विन

पोखरामा भावना बनिन् कौसी क्विन
पोखरा, २७ माघ/भावना रानाभाटले कौसी क्विन पोखरा २०८० को उपाधि जितेकी छिन् । शनिवार सम्पन्न अन्तिम प्रतिस्पर्धामा उनले १८ जना प्रतिष्पर्धीहरुलाई पछि पार्दै पोखरा ६ कि कौसी कृषक रानाभाटले कौसी क्विन प्रतियोगिता २०८० को उपाधि जितेकी हुन् । विजेता रानाभाट वडा स्तरीय कृषि सञ्जाल पोखरामा ६ मा आबद्ध छिन् । उनले उपाधिसँगै नगर रु।१५ हजार, ट्रफी, कौसी क्विनको ताज, कप र प्रमाण पत्र समेत हात पारिन । प्रतियोगितामा पोखरा ७ की हरि कुमारी श्रेष्ठ उपविजेता भएकी छिन् । यस्तै पोखरा… पुरा पढौ

लेखनाथमा भएको मह खाने प्रतियोगितामा लामिछाने प्रथम

लेखनाथमा भएको मह खाने प्रतियोगितामा लामिछाने प्रथम
पोखरा, ६ माघ/ वेगनास मौरीघार उद्योग पोखरा महानगरपालिका वडा नम्बर ३१ वेगनासले २० औ वार्षिकोत्सव अवसरमा भएको मह खाने प्रतियोगितामा जीवनाथ लामिछाने प्रथम भएका छन् । १० जना सहभागी भएको मह खाने प्रतियोगितामा पोखरा महानगरपालिका वडा नम्बर २३ का जीवनाथ लामिछाने प्रथम भएका हुन् । पोखरा ३० खुदी निवासी बसन्त पौडेल दोस्रो, पोखरा २७ का विक्रम अधिकारी तेस्रो र पोखरा ३१ की सृजना लामिछाने सान्तोना पुरस्कार जित्न सफल भए । प्रथम हुनेले १ के.जि. मह र एक फ्रेम चाका सहितको… पुरा पढौ

महानगर स्तरीय कृषि जैविक विविधता मेला तथा कन्दमूल एवं परिकार प्रदर्शनी

महानगर स्तरीय कृषि जैविक विविधता मेला तथा कन्दमूल एवं परिकार प्रदर्शनी
पोखरा, २ माघ/ ऐतिहासिक ढुँङ्गेसाँघु मेलाका अवसरमा महानगर स्तरीय कृषि जैविक विविधता मेला तथा कन्दमूल एवं परिकार प्रदर्शनी सम्पन्न भएको छ । पोखरा महानगरपालिका अन्तरगत आर्थिक विकास महाशाखाको आयोजनामा उक्त प्रदर्शनी गरिएको हो । सो अवसरमा घरमा उत्पादनमा भएको कन्दमूल प्रदर्शनी प्रतियोगिता, वनमा उत्पादन भएको कन्दमूल प्रदर्शनी प्रतियोगिता, माघी परिकार प्रदर्शनी प्रतियोगिता, जैविक विविधता सम्बन्धी कृषि गीत प्रतियोगिता समेत गरिएको महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिनुभयो । उहाँका अनुसार मेलामा स्थानीय जातका लोपोन्मुख उत्पादनका विउबिजनहरु सहित १० थरी तरुल, गिठा,… पुरा पढौ

पोखरामा लोकल दूध भन्दै तराईको दूध, रोक्नु पर्ने किसानको माग

पोखरामा लोकल दूध भन्दै तराईको दूध, रोक्नु पर्ने किसानको माग
पोखरा, २५ पुस/ पोखरामा लोकल दूधको नाममा तराईको दूध बेच्ने गरेको पाइएको नेपाल डेरी फार्मर्स संघ र राष्ट्रिय व्यवसायीक पशुपालन तथा दुग्ध उत्पादक कृषक समाज गण्डकीका अध्यक्ष दीपक तिमिल्सिनाले बताएका छन् । पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै लोकल दुध भने र तराईबाट ल्याएको दूध विक्रि गर्ने समुह नै भएको बताए । तराईको दूध बेच्न पाईन्छ तर पोखराको दूध भनेर तराईको दूध बेच्न नपाईने उनले बताए । ४÷५ वटा गाई÷भैंसी पाल्छन् तर दैनिक १ सय लिटर भन्दा बढी दूध बिक्री गर्ने… पुरा पढौ

पोखरामा कृषि यान्त्रिकरण प्रदर्शनी सुरु, रैथाने बालीमा आक्रर्षण

पोखरामा कृषि यान्त्रिकरण प्रदर्शनी सुरु, रैथाने बालिमा आक्रर्षण
पोखरा, २० पुस / पोखराको प्रदर्शनी केन्द्रमा शुक्रबार देखी प्रादेशिक कृषि यान्त्रिकीकरण प्रदर्शनी सुरु भएको छ । कृषिमा यान्त्रिकरणको अवलम्बन, कृषि कार्यमा परिवर्तन भन्ने नाराका साथ शुरु भएके प्रदर्शनीको गण्डकी प्रदेश सरकारका कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसीले उद्घाटन गरें । २२ गतेसम्म चल्ने प्रदर्शनीमा विभिन्न थरीका कृषि यन्त्र, कृषि प्रर्दशनीहरु राखिएको छ । नेपाल कृषि मेसिनरी व्यवसायी संघ, गण्डकी प्रदेश कृषि विकास निर्देशनालय, पोखरा महानगरपालिका, नेपाल सरकार कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रिकीकरण प्रवद्र्धन केन्द्रको संयुक्त आयोजनामा प्रदर्शनी… पुरा पढौ

स्याङ्जाका एक कृषकले बेचे ६० लाखको सुन्तला

सुन्तला
स्याङ्जा, १४ पुस/ स्याङ्जाका एक कृषकले यहि वर्ष (चालु सिजन) मै झण्डै ६० लाखको सुन्तला बिक्री गरेका छन् । अर्जुनचौपारी गाउँपालिका १ थापाथोकका जिल्लाकै अगुवा कृषक ६४ वर्षिय फनीनारयाण अर्यालले आफ्नै बगानको सुन्तला बिक्री गरेर करिब ६० लाख आम्दानी गरेका हुन् । सिंचाई सुविधा भएको धानखेत मासेर त्रिपुत्र बागबानी फार्म मार्फत सुन्तला खेति गर्दै आएका कृषक अर्यालले गत वर्ष मात्रै करिब ६५ लाखको सुन्तला बिक्री गरेका थिए । ८० रोपनी जग्गामा २२ सय सुन्तलाका बिरुवा लगाएका अर्यालले उत्पादन घटेका कारणले… पुरा पढौ

उत्पादनमा आधारित अनुदान प्रणाली लागु गरिदैछः प्रधानमन्त्री दाहाल

उत्पादनमा आधारित अनुदान प्रणाली लागु गरिदैछः प्रधानमन्त्री दाहाल
काठमाडौं, १० पुस / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उत्पादनमा आधारित अनुदान प्रणाली लागु गर्न थालेको जानकारी दिनुभएको छ । सरकार एक वर्ष पूरा भएको अवसरमा देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो– ‘कृषिमा राज्यको लगानी घटेको छैन तर उत्पादकत्व बढेको छैन। सहुलियत दरमा कृषि ऋण वास्तविक किसानसम्म पु¥याई कृषि क्षेत्रमा उपलब्ध गराइएका अनुदानहरूलाई यसै आर्थिक वर्षभित्र एकीकृत गरी आगामी वर्षदेखि किसानको सूचीकरणका आधारमा अनुदान तथा मल वितरण गर्न सुरु गरिँदैछ। प्रमुख खाद्यान्न तथा तरकारीमा ‘उत्पादनमा आधारित अनुदान प्रणाली’ लागू गरिँदैछ।… पुरा पढौ