प्रधानमन्त्री कार्यलयमा कुहिएको आलु, प्याज विक्रि गरेको गुनासो गरेपछि पोखरा महानगरको अनुगमन
पोखरा, २ फागुन/ पोखरा महानगरपालिकाले आलु, प्याज र तरकारी पसलहरुमा मंगलबार अनुगमन गरेको छ । पोखरा महानगरपालिकाका उपप्रमुख एवं बजार अनुुगमन समितिका संयोजक मञ्जुदेवी गुरुङको संयोकत्वमा रहेको बजार अनुगमन समितिले पोखराको शान्ति बन स्थित कृषि उपज तथा थोक बजारभित्र सञ्चालनमा रहेका चार वटा आलु, प्याजका पसलहरुमा अनुगमन गरिएको हो ।
पोखराका बजारमा कुहिएको प्याज बिक्री वितरण भैरहेको भन्ने प्रधानमन्त्री कार्यलायमा रहेको हेलो प्रधानमन्त्रीमा गुुनासो परेपछि कृषि उपज तथा थोक बजार(मण्डी)मा रहेका आलु, प्याज गोदाममा अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा ढकाल आलु पसल फोहोर, मुल्यसुचि नभएको, नापतौलको दर्ता नभएको, ब्यवसाय नविकरण नभएको, खरिद तथा बिक्री बिल नभएको, सामान अव्यवस्थित रुपमा विक्री वितरण गरेको भेटिएको पोखरा महानगर सहकारी तथा उद्योग शाखामा प्रमुख अनिल कार्कीले जानकारी दिनुभयो । उहाँका अनुुसार पसल सञ्चालक देवराज ढकाललाई पसल सरसफाई गर्न र जिल्ला प्रशासन कार्यालय कास्कीमा एक हप्ताभित्र उपस्थित हुन निर्देशन दिइएको छ ।
त्यस्तै सन्दिप श्री ट्रेड्र्समा सामान खरिद र विक्री बिल नभएको र आफुले सामान खरिद गर्ने ब्यवसायीले समेत खरिद विल नदिएको गुनासो गर्नुभयो । उहाँले आफुले किन्ने र विलको मुल्य फरक पर्ने गरेको भन्दै त्यसलाई समोजन गरिदिन आग्रह गर्नुुभयो ।नम्रता विविध सप्लार्यसमा खरिद विक्री विल अध्यावधीक नगरेको भेटिएको महानगर सहकारी तथा उद्योग शाखाका अधिकृत ऋषिराम सापकोटाले बताउनुभयो ।
आर एण्ड जयसवाल सप्लार्यसमा मुल्यसुची नभएको, सरसफाई नभएको, नापतौल, किलाकाटाँ नविकरण नभएको, व्यवसाय नविकरण नभएको भेटिएको छ । सञ्चालक सरोजकुुमार जयसवाललाई एक हप्ताभित्र महानगरमा उपस्थित हुन निर्देशन दिइएको छ । आलु र प्याजको खुद्रा र होलसेल मुुल्यमा धेरै अन्तर रहेको बताउदै त्यसलाई उपभोक्ता र व्यवसायी दुुबैलाई मर्का नपर्ने गरी समायोजनका लागि पहल गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
अनुगमनका क्रममा हेलो प्रधानमन्त्रीमा परेको उजुरी जस्तो कृहिएका आलुु, प्याज नभेटिएको पोखरा महानगर आर्थिक विकास महाशाखा मनोहर कडरियाएले बताउनुुभयो ।
अनुुगमनमा उपप्रमुख एवं अनुगमन संयोजक मञ्जुदेवी गुुरुङको संयोजकत्वमा पोखरा महानगर आर्थिक विकास महाशाखा प्रमुख मनोहर कडरिया, जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत मुुकुन्दराज पौडेल, सहकारी तथा उद्योग शाखाका प्रमुुख अनिल कार्की, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराका प्रतिनिधि दिपक कुुँवर, महानगर सहकारी शाखाका अधिकृत ऋषिराम सापकोटा, राष्ट्रिय उपभोक्ता मञ्च कास्कीका प्रतिनिधि राजेन्द्र लिगलको सहितको टोलीले अनुगमन गरेको हो ।