लेखनाथमा भएको मह खाने प्रतियोगितामा लामिछाने प्रथम

-


     क्लिक गण्डकी     
     माघ ७ गते २०८० मा प्रकाशित


लेखनाथमा भएको मह खाने प्रतियोगितामा लामिछाने प्रथम

लेखनाथमा भएको मह खाने प्रतियोगितामा लामिछाने प्रथम

पोखरा, ६ माघ/ वेगनास मौरीघार उद्योग पोखरा महानगरपालिका वडा नम्बर ३१ वेगनासले २० औ वार्षिकोत्सव अवसरमा भएको मह खाने प्रतियोगितामा जीवनाथ लामिछाने प्रथम भएका छन् ।

१० जना सहभागी भएको मह खाने प्रतियोगितामा पोखरा महानगरपालिका वडा नम्बर २३ का जीवनाथ लामिछाने प्रथम भएका हुन् ।

पोखरा ३० खुदी निवासी बसन्त पौडेल दोस्रो, पोखरा २७ का विक्रम अधिकारी तेस्रो र पोखरा ३१ की सृजना लामिछाने सान्तोना पुरस्कार जित्न सफल भए ।

प्रथम हुनेले १ के.जि. मह र एक फ्रेम चाका सहितको मह, दोस्रोले १ के.जि. मह र तेस्रोले आधा के.जि. मह र सान्तोना हुनेलाई एक फ्रेम सहितको मह वडा नम्बर ३० का वडा अध्यक्ष दुर्गा प्रसाद सुबेदी र वेगनास मौरी पालक कृषक सूर्य प्रसाद लामिछाने पुरस्कार वितरण गरेका थिए ।

पोखरा महानगरपालिका वडा नंं ३१, वेगनास ताल निवासी सूर्य प्रसाद लामिछानेले दुई दशक अधि देखि मौरी पालन व्यवसाय गर्दै आएका छन् ।



Tags: