कृषि

पोखरा महानगरपालिकाद्धारा कृषकहरूलाई प्रोत्साहन रकम प्रदान

पोखरा महानगरपालिकाद्धारा कृषकहरूलाई प्रोत्साहन रकम प्रदान
पोखरा ३१, असार / पोखरा महानगरपालिकाले चैते धान लगाउने कृषकहरूलाई प्रोत्साहन रकम प्रदान गरेको छ । महानगरको वडा नं।२६ र २७ का २२६ जना कृषकहरूलाई नगद ६ लाख ८१ हजार ३ सय बराबरको प्रोत्साहन रकम प्रदान गरेको हो । उनीहरूलाई सोमबार आयोजित एक कार्यक्रमका बिच पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य उक्त प्रोत्साहन प्रदान गर्नुभएको हो । प्रोत्साहन रकम प्रदान गर्दै नगर प्रमुख आचार्यले कृषिलाई पोखरा महानगरपालिकाले प्राथमिकतामा राखेको बताउनुभयो । कृषिको यान्त्रीकरण तथा व्यवसायीकरण, उत्पादकत्व वृद्धि, बाँझो जमिनमा खेतीपाती, विभिन्न… पुरा पढौ

देशलाई धानमा मात्र होइन खाद्यान्नमा आत्मनिर्भर बनाउन सरकार लागिपरेको छ – प्रधानमन्त्री

देशलाई धानमा मात्र होइन खाद्यान्नमा आत्मनिर्भर बनाउन सरकार लागिपरेको छ - प्रधानमन्त्री
भरतपुर, १५ असार/ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धानमा मात्र नभई देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन सरकार लागिपरेको बताउनुभएको छ । भरतपुर महानगरले आज यहाँ आयोजना गरेको २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले उत्पादन लागत घटाउने र उत्पादकत्व बढाउने गरी सरकारले कृषि दशक कार्यक्रम अघि बढाएको स्पष्ट पार्नुभयो । सरकारले आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रममा कृषि दशक कार्यक्रम घोषणा गरेको उल्लेख गर्दै प्रधानमन्त्रीले सिचाइ र बीउ एवं मल उपलब्धता गर्ने र… पुरा पढौ

कास्कीको माछापुच्छ«ेमा चट्याङ लागेर भेडा मरे

चट्याङ
पोखरा, ९ असार/ कास्कीको माछापुच्छ«े गाउँपालिका वडा नम्बर २ च्याङलुङमा चट्याङ लाग्दा भेडा मरेका छन् । असार ५ गते बेलुका परेको चट्यङका कारण ३२ वटा भेडा मरेका छन् । गाउँमा एसखर्कको शिरा भूमिबराह भेडा फारमका ती भेडा मरेको फार्म सञ्चालक लीलबहादुर क्षत्रीले जानकारी दिए । फार्ममा २ सय भेडा थिए । उनले चट्याङले करिब ७ लाख क्षति भएको उनले बताए । उनले पछिल्ला समयमा सरकारी निकायले भेडा, बाख्राको पशु बिमाको व्यवस्था नगर्दा क्षतिपूर्तिका लागि समस्या भएको बताए । क्षत्रीले माछापुच्छ«े… पुरा पढौ

किसान र उपभोक्ताको हितको लागि विचौलियाको अन्त्य आवश्यक – मुख्यमन्त्री अधिकारी

किसान र उपभोक्ताको हितको लागि विचौलियाको अन्त्य आवश्यक ः मुख्यमन्त्री अधिकारी
पोखरा, २३ बैशाख/ गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पशुपालक किसान तथा उपभोक्ताको हितको लागि विचौलियाको अन्त्य गर्नुपर्ने बताउनुभएको छ । शनिबार पशुपन्क्षी तथा मत्स्य विकास निर्देशनालय पोखराले आयोजना गरेको तृतीय त्रैमासिक तथा नौमासिक प्रगति समिक्षा गोष्ठीमा बोल्दै उहाँले यसको समाधानका लागि पशुपालक किसान र उपभोक्ताबीचमा पुलको काम सरकारले गर्नुपर्ने बताउनुभयो । विचौलियाका कारण उपभोक्ता चर्को मुल्य तिर्न बाध्य हुनुपर्ने तथा पशुपालक किसानलाई लागत खर्च उठाउन मुस्किल भएर पलायन हुनुपर्ने अवस्थासम्म देखिने गरेको उहाँको भनाइ छ । पशु फार्मका सञ्चालक, सरकार… पुरा पढौ

गाउँको उत्पादन बजारमा बजारको पैसा गाउँमाः प्रमुख कडरिया

गाउँको उत्पादन बजारमा बजारको पैसा गाउँमाः प्रमुख कडरिया
पोखरा, २८ चैत/ पोखरा महानगरपालिका कृषि विकास महाशाखाको ५० प्रतिशत अनुदानमा वडा स्तरीय कृषि सञ्जाल १८ र भावना सामुदायिक कृषि सहकारी संस्थाको साझेदारीमा हाते ट्याक्टर (मिनी टिलर) मर्मत भएका छन् । कार्यक्रमको पोखरा महानगर पालिका वडा नम्बर १८ का वडा सदस्य कल्पना कार्की ढकालले कृषिमा आधारित कार्यक्रम धेरै भएको भन्दै सराङकोटमा थप बजेट र कार्यक्रम दिन आग्रह गरिन् । विषादी रहित तरकारी खेतिमा जोड् दिने बताइन् । पोखरा महानगरपालिका आर्थिक तथा कृषि विकास महाशाखा प्रमुख मनहर कडरियाले गत वर्ष सबै… पुरा पढौ

आलु महोत्सवमा बढ्दो सहभागिता

आलु महोत्सवमा बढ्दो सहभागिता
पोखरा, २७ चैत/ १२ औं राष्ट्रिय हेमजा आलु महोत्सवमा दिनप्रतिदिन दर्शक सहभागिता बढ्दै गएको छ ।महोत्सव मध्येतिर आइरहदाँ दर्शक सहभागिता पनि बढ्दै गएको हो । महोत्सवको तेस्रो दिन मगलवार मात्रै १० हजार बढी दर्शकले महोत्सव अवलोकन गरेका छन् । जुन महोत्सव उद्घाटनको दिन आइतवार तथा दोस्रो दिन सोमवारको भन्दा निकै बढी हो । हालसम्म १५ हजार बढी दर्शकले महोत्सव अवलोकन गरिसकेको मूल आयोजक समितिका महासचिव वसन्तकुमार श्रेष्ठले जानकारी दिए । महोत्सव अवलोकन गर्नकै लागि हेमजा लगायत पोखरा महानगरपालिका, अन्नपूर्ण तथा… पुरा पढौ

हेम्जामा आलु महोत्सव सुरु

हेम्जामा आलु महोत्सव सुरु
पोखरा, २५ चैत/ पोखरा २५ हेम्जामा १२ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव आइतवारदेखि सुरु भएको छ । ‘सुन्दर ठाउँ हेमजा जाउँः आलुका स्वादिष्ट परिकार खाउँः आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ महोत्सव सुरु गरिएको हो ।त्यस अवसरमा क्लवको बहुउद्देश्यीय सामुदायिक भवन पनि शिलान्यास गरिएको छ । महोत्सव शुभारम्भ गर्दै पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले स्थानीय सरकार किसानको हकहितको पक्षमा रहेको बताए ।उनले आलु महोत्सवलाई कृषि महोत्सवको संज्ञा दिदै महोत्सवले किसानलाई हौसला बढाउने कार्य गरेको स्पष्ट पनि पारे… पुरा पढौ

स्याङ्जा दुध, अण्डा र मासुमा आत्मनिर्भर

स्याङ्जा दुध, अण्डा र मासुमा आत्मनिर्भर
स्याङ्जा, २२ चैत्र/ स्याङ्जा उत्पादन र खपतका हिसाबले दुध, अण्डा र मासुमा आत्मनिर्भर बनेको छ । भेटेरनरी अस्पताल तथा पशु विज्ञ केन्द्रले उपलब्ध गराएको तथ्याङ् अनुसार स्याङ्जा दुध, अण्डा र मासुमा आत्मनिर्भर बनेको हो । दुई लाख ५३ हजार २४ जनसंख्या रहेको जिल्लामा वार्षिक दुई करोड ८४ लाख ६३ हजार लिटर दुध उत्पादन हुन्छ । वार्षिक प्रतिव्यक्ति न्युनतम ९१ लिटर दुध उपभोग गर्नुपर्छ । प्रतिव्यक्ति एक सय १२ लिटर दुध उपलब्धता भएको स्याङ्जाबाट आन्तरिक खपतपछि ५३ लाख १३ हजार पाँच… पुरा पढौ

हेमजा आलु महोत्सवमा तयारी तिब्र

पोखराको हेम्जामा आलु महोत्सव सुरु
पोखरा, २० चैत/ १२ औं राष्ट्रिय हेमजा आलु महोत्सव–२०८० को तयारी अन्तरगत स्टल निर्माणको काम तिब्र पारेको छ । ‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ आलु एक परिकार अनेक’ भन्ने मूल नारका साथ विष्णुपादुका क्लब हेमजाको आयोजनामा चैत २५ देखि बैशाख ५ गते सम्म विष्णु पादुका खेल मैदानमा हुदैछ। हेमजालाई व्यवसायिक कृषि क्षेत्रको रुपमा देश विदेशमा चिनाउदै उत्पादक र उपभोक्ताबीचको प्रत्यक्ष सम्पर्क स्थापित गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो। महोत्सव अन्तर्गत स्टल निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ… पुरा पढौ

पोखरामा हिउँदे वर्षा सगँ असिना पानी

असिना पानी
पोखरा, १२ चैत/ पोखरामा लामो समय पछि केही दिन देखी पानी परेको छ । लामो समय पछि भएको हिउँदे वर्षाले किसानमा उत्साह थपेको थियो । तर सोमबार पोखरा महानगरपालिका २६ लेखनाथ र पोखरा २१ कृष्तिमा परेको असिना पानीले पनि किसानलाई चिन्तित बताएको छ । लामो समयपछि परेको पानीले सुकेको हिउँदे खेतीलाई राहात मिलेको थियो । तर, कुनै क्षेत्रमा असिना समेत पर्दा मकै र नयाँ लगाएका काँक्रो, घिरिमल्ला, लौका, करेलो लगाएका बालीमा क्षति पु¥याएको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनहर कडरियाले… पुरा पढौ