गाउँको उत्पादन बजारमा बजारको पैसा गाउँमाः प्रमुख कडरिया
पोखरा, २८ चैत/ पोखरा महानगरपालिका कृषि विकास महाशाखाको ५० प्रतिशत अनुदानमा वडा स्तरीय कृषि सञ्जाल १८ र भावना सामुदायिक कृषि सहकारी संस्थाको साझेदारीमा हाते ट्याक्टर (मिनी टिलर) मर्मत भएका छन् ।
कार्यक्रमको पोखरा महानगर पालिका वडा नम्बर १८ का वडा सदस्य कल्पना कार्की ढकालले कृषिमा आधारित कार्यक्रम धेरै भएको भन्दै सराङकोटमा थप बजेट र कार्यक्रम दिन आग्रह गरिन् । विषादी रहित तरकारी खेतिमा जोड् दिने बताइन् ।
पोखरा महानगरपालिका आर्थिक तथा कृषि विकास महाशाखा प्रमुख मनहर कडरियाले गत वर्ष सबै भन्दा बढी ट्याक्टर वितरण गरेको र आन्त्रिकरणको वर्ष भएको बताए ।
जनताको करकै बजेट जनतालाई दिने, खेति गर्ने कृषानको शङ्ख्या घट्दै गयो, यसलाई कसरी रोक्ने भनेर मनपा लागि परेको छ, जनताको माग अनुसार बजेट विनियोजन हुने हो, एक वडा एक उत्पादनको लक्ष्यले लियर अगाडि बढ्नु पर्छ, १८ नं तरकारी खेतिको पकेट क्षेत्र हो, कृषि एम्बुलेन्स मनपाले सञ्चालन गरेको छ, कृषि पर्यटनको हब,ट्याक्टरको मर्मत कार्यक्रम लाएको , ट्याक्टर गोरु पालेको जस्तो होइन परिचालन गरेर समुदायमा सदुपयोग गर्नु पर्छ, सहि कृषान पहिचान गर्न वडाले सहजिकरण गरिदिनु पर्ने , गाउँको उत्पादन बजारमा बजारको पैसा गाउँमा । प्रमुख कडरियाको धारणा थियो ।
प्रमुख अतिथि पोखरा मनपा १८ का वडाध्यक्ष शिवप्रसाद तिमिल्सिनाले ट्राक्टर कसरी मर्मत गराउने भन्ने सञ्जालले सहजिकरण गरिदिन आग्रह गरें, मर्मत गर्न झन्झट मान्नु भएन, पाएक पर्ने ठाँउमा मर्मत केन्द्र स्थापना वडाले छिट्टै गर्ने बताए। आफुसँग भएको ट्राक्टर अरुकोमा पनि प्रयोग गर्नु पर्यो, टाक्टरको भाडाको न्युन्यतम शुल्क निधार्न गर्नु पर्ने, बाँदर नियन्त्रण गर्न विषेश प्रहल गर्ने । अध्यक्ष तिमिल्सिनाको भनाइ थियो।
ट्राक्टर बिना खेति गर्न असहज भइ सकेको छ , क्याटलक अनुसार सदुपयोग गर्नुस् , हामीले गर्न सके खेति गर्न सकिन्छ, पष्टिक पोखरी बनाउन मनपाले सहयोग गरिदिनु पर्यो, सबै सिजनमा खेति गर्यौँ ।कृषि सञ्चाल पोखा १८ का अध्यक्ष बेलबहादुर थापाको जोड दिए ।
कार्यक्रममा सहकारीका अध्यक्ष बलराम कोइराला, सहकारीका व्यपस्थापक दिपक थापा लगायतले मन्तव्य राखेका थिए । सञ्जालका अध्यक्ष थापाको अध्यक्षतामा भएको कार्यक्रम सहकारीका सचिव मिनबहादुर थापाले गरेका थिए ।