पोखरामा हिउँदे वर्षा सगँ असिना पानी

-


     क्लिक गण्डकी     
     चैत्र १२ गते २०८० मा प्रकाशित


असिना पानी

असिना पानी

पोखरा, १२ चैत/ पोखरामा लामो समय पछि केही दिन देखी पानी परेको छ । लामो समय पछि भएको हिउँदे वर्षाले किसानमा उत्साह थपेको थियो ।

तर सोमबार पोखरा महानगरपालिका २६ लेखनाथ र पोखरा २१ कृष्तिमा परेको असिना पानीले पनि किसानलाई चिन्तित बताएको छ ।

लामो समयपछि परेको पानीले सुकेको हिउँदे खेतीलाई राहात मिलेको थियो । तर, कुनै क्षेत्रमा असिना समेत पर्दा मकै र नयाँ लगाएका काँक्रो, घिरिमल्ला, लौका, करेलो लगाएका बालीमा क्षति पु¥याएको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए ।

लामो समयपछि परेको पानीले सिँचाइ सुविधा नपुगेका खेतबारीमा लगाइएका हिउँदे खेतीलाई राहत मिलेपनि कतै असिना समेत पर्दा हिउँदे बालीमा क्षति पुगेको उनको भनाई थियो ।



Tags: