कृषि

कोदो खेतीतर्फ कृषकको आकर्षण बढ्यो

कोदो खेतीतर्फ कृषकको आकर्षण बढ्यो
स्याङ्जा, २८ कात्तिक/ बेमौसमी वर्षाबाट पीडित बनेका स्याङजाका कृषकहरू कोदो भित्र्याउन ब्यस्त छन् । एक हप्तासम्म निरन्तर परेको वर्षा रोकिएर पछिल्लो हप्ता मौसम खुलेपछि ग्रामिण भेगका कृषकहरु कोदो (बाला) टिप्न, ठटाउन (चुट्न) र सुरक्षित बनाएर घर भित्र्याउन ब्यस्त भएका हुन् । जिल्लाको मुख्य अन्नबालीका रुपमा लिइएको कोदो खेती गर्ने कृषकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । पछिल्लो समय कोदोको माग बढेसँगै कृषकहरु कोदो खेतीमा आकर्षित समेत भएका छन् । सिँचाइको अभाब भएका जग्गामा कोदो खेती हुँदै आएको छ भने बाँझो… पुरा पढौ

राष्ट्रिय कोदो दिवसका अवसरमा लाहाचोकमा कोदो रोपाइँ महोत्सव

राष्ट्रिय कोदो दिवसका अवसरमा लाहाचोकमा कोदो रोपाइँ महोत्सव
पोखरा, १६ साउन/ नेपाल उद्योग तथा व्यवसायी महासंघ गण्डकी प्रदेश कास्की जिल्लामाछापुुच्छ«े गाउँपालिकाको आयोजनामा राष्ट्रिय कोदो दिवसका अवसर पारी आज कास्कीको माछापुुच्छ«े गाउँपालिका वडा नं ४ लाहाचोकमा प्रथम कोदो रोपाइँ महोत्सव सम्पन्न भएको छ । जनगायक जीवन शर्माको विशेष प्रस्तुतिसँगै पञ्चेवाजा, स्थानीय भजनसँगै विभिन्न कार्यक्रम गरिएको महोत्सवको कोदो रोपाइँ प्रतियोगितामा १६ वटा आमा समूहले सहभागिता जनाएका थिए । सहभागी सबै समूहलाई आयोजका तर्फबाट प्रति समूह तीन हजार ५०० रुपैयाँ प्रोत्साहन स्वरुप प्रदान गरिएको थियो । कार्यक्रमको प्रवद्र्धकमा गण्डकी प्रदेशका कृषि… पुरा पढौ

फेदीखोलाका विद्यालयमा हप्तामा २ दिन खाजामा कोदोको परिकार

कोदो
स्याङ्जा, १६ साउन/ स्याङ्जाको फेदीखोला गाउँपालिकाले विद्यालय पोषण कार्यक्रममा हप्ताको २ दिन कोदोबाट बनेको परिकार खुवाउन अनिवार्य गरेको छ । गाउँपालिकाको चमेना गृहमा पनि साताको १ दिन कोदोको परिकार खुवाउनु पर्ने व्यवस्थालाई अनिवार्य गरेको छ । गाउँपालिकाले कोदो उत्पादन, प्रवद्र्धन र उपयोगमा प्राथमिकता दिँदै गाउँपालिकाका विद्यालय, वडा कार्यालय, चमेना गृह, सभा–सेमिनार स्थलहरूमा कोदोबाट बनेका परिकारहरूलाई प्राथमिकता दिई अनिवार्य रूपमा प्रयोग गर्ने निर्णय गरेको छ । चमेना गृहले भने साताको १ दिन कोदोको परिकार खुवाउनु पर्ने भएको छ । बहुउपयोगी, पोषणयुक्त… पुरा पढौ

आज कोदो दिवसः लाहाचोकमा कोदो रोपाई महोत्सव हुने

आज कोदो दिवसः लाहाचोकमा कोदो रोपाई महोत्सव हुने
पोखरा, १६ साउन/ सरकारले साउन १६ लाई कोदो दिवसको घोषणा गरेको छ । यसै अवसरमा नेपाल उद्योग तथा व्यवसायी महासंघ गण्डकी प्रदेश, कास्की जिल्ला, माछापुच्छ«े गाउँपालिकाकोे आयोजनामा भोलि माछापुच्छ«े गाउँपालिकाको वडा नं ४ लाहाचोकमा प्रथम कोदो रोपाई महोत्सव गर्दै छ । नेपाल सरकारले “कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वास्थ्य जीवनको आधार” भन्ने नाराका साथ यसै वर्षदेखि साउनको १६ गते राष्ट्रिय कोदो दिवस मनाउन गइरहेका सन्दर्भमा लाहाचोकमा पहिलो कोदो महोत्सव गर्न लागिएको नेपाल उद्योग तथा व्यवसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष… पुरा पढौ

स्याङ्जामा ८५ प्रतिशत धान रोपाइँ

स्याङ्जामा ८५ प्रतिशत धान रोपाइँ
स्याङ्जा, १४ साउन/ स्याङ्जामा हालसम्म ८५ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सकिएको छ । धान रोपाइँ हुने कुल १४ हजार ३९० क्षेत्रफलको ८५ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र स्याङ्जाले जनाएको छ । जिल्लाको उत्तरी भेगमा धान रोपाइँ सकिनै लाग्दा दक्षिण भेगमा रोपाइँ बाँकी नै छ । जिल्लाका ११ पालिका मध्ये फेदीखोला र अर्जुनचौपारीमा ९८, आँधीखोला गाउँपालिकामा ९७, पुतलीबजार नगरपालिकामा ९५, भीरकोट नगरपालिका र हरिनास गाउँपालिकामा ८५ प्रतिशत रोपाइँ सकिएको छ । वालिङ, गल्याङ नगरपालिका र बिरुवा गाउँपालिकामा ८०÷८० र… पुरा पढौ

हेम्जामा पाचौं हेमजा हिले महोत्सव हुने

हेम्जामा पाचौं हेमजा हिले महोत्सव हुने
पोखरा, ४ असार/ पोखरा २५ हेमजा स्थित देवीस्थान सेवा समाजको आयोजनामा पाचौं हेमजा हिले महोत्सव २०८२ हुने भएको छ । असार १५ गते ‘कृषिमा कृषकलाई प्रोत्साहन, बिष्णुपादुका मन्दिर हेमजाको शान’ भन्ने मूल नाराका साथ महोत्सवको आयोजना हुने भएको हो । महोत्सव देविस्थान टोल,विष्णुपादुका मन्दिर परिसर क्षेत्र पोखरा २५ हेमजामा हुने छ । क्लब उपाध्यक्ष चन्द्रकला पोखरेलको संयोजकत्वमा विभिन्न उपसमितिका साथ मुल आयोजक समिति गठन गरिएको छ । विष्णुपादुका धार्मिक क्षेत्रको प्रवर्द्धन र आन्तरिक र बाह्य पर्यटनको आगमन बढाउन र हेमजाका… पुरा पढौ

पोखरा २८ स्याङखुदीमा मरिच खेती, राम्रो आम्दानीको स्रोत

पोखरा २८ स्याङखुदीमा मरिच खेती, राम्रो आम्दानीको स्रोत
हरिप्रसाद बास्तोलापोखरा, २१ जेठ/ पोखरा महानगनपालिका २८ स्याङखुदी टारीका कृषक सूर्यमोहन बास्तोलाले बाँझिएको भिरालो पाखोमा मरिच खेतीबाट राम्रो आम्दानी गरेर सबैका लागि अनुकरणीय बनेका हुन् । घरको वरिपरि हुर्केका साल, आँप, चिलाउने, कटुस, कल्की, फलेदो, कटहरलगायत विभिन्न प्रजातिका एक सयभन्दा बढी हरिया रूखका फेदमा लगाएको मरिचका बोटले निरन्तर फल दिन थालेपछि उनी हर्षित छन् । उनका अनुसार उत्पादित फल बिक्रीबाट वार्षिक एकदेखि तीन लाखसम्म आम्दानी हुने गरेको छ । मसलामध्येको अब्बल मानिने मरिच कालो सुनका रुपमा पनि परिचित छ ।… पुरा पढौ

पोखरामा तरबुजा मेला, उत्कृष्ट कृषक सम्मानीत

पोखरामा तरबुजा मेला, उत्कृष्ट कृषक सम्मानीत
पोखरा, १ जेठ/ पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाद्वारा आयोजित तरबुजा मेला सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १३ कार्यालयको समन्वयमा भएको उक्त मेलामा तरबुजा प्रदर्शनी, तरबुजा विक्री वितरण, तरबुजा खाने प्रतियोगिता, उत्कृष्ट कृषक सम्मान लगायत गतिविधिहरू सम्पन्न गरिएका छन् । पोखरा महानगरपालिका क्षेत्रमा उत्पादन भएका तरबुजाहरू मेलामा राखिएका थिए । महानगरपालिकाको करिब २ सय रोपनी क्षेत्रफलमा ५० बढी व्यवसायीक कृषकहरूले तरबुजा खेती गरेका छन् । करिब २ सय टन उत्पादनको अनुमान गरिएको यस खेतीबाट २ करोडको कारोबार हुने… पुरा पढौ

पोखरामा आइतबार देखी आलु महोत्सव

पोखराको हेम्जामा आलु महोत्सव सुरु
पोखरा, २३ चैत/ आइतबार देखी पोखरा २५ हेम्जामा १३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव सुरु हुँदैछ । महोत्सवको सम्पूर्ण तयारी पुरा भएको र पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजक विष्णुपादुका क्लवका अध्यक्ष समेत रहनुभएका मूल आयोजक समितिका संयोजक वसन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो। ‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँः आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ संचालन हुन लागेको उक्त महोत्सवका आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको बृहत प्रदर्शन, आलुको पहाड निर्माण, आलुका… पुरा पढौ

कृषि मन्त्री श्रेष्ठको सय दिनः कृषि प्रवर्धन कार्यक्रमदेखि ऐन नीति निर्माण तथा संशोधनसम्म

कृषि मन्त्री श्रेष्ठको सय दिनः कृषि प्रवर्धन कार्यक्रमदेखि ऐन नीति निर्माण तथा संशोधनसम्म
पोखरा, २८ मंसिर/ गण्डकी प्रदेशकी कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा जिसी श्रेष्ठले एक सय दिनको कार्यप्रगति सार्वजनिक गरेकी छिन् । बिहिवार मन्त्रालयको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले मन्त्रालयमा भएका कृषि, पशुपन्क्षी, सहकारी र भूमि व्यवस्थापनको नीतिगत तथा कानुनी र कार्यक्रमगत एवं संस्थागत उपलब्धि सार्वजनिक गरेकी हुन् । उपलब्धि सार्वजनिक गर्दै मन्त्री श्रेष्ठले बजेट कार्यान्वयनको चरणमा रहेकाले सो अनुसार कार्य गर्दै आएको बताइन् । ‘हामी बजेट कार्यान्वयनका चरणमा छौँ । विनियोजित बजेटलाई सही ढङ्गले कार्यान्वयन गर्नु नै अहिलेको… पुरा पढौ