कृषि

पोखराको बिरौटामा सुन्तला महोत्सव

सुन्तला महोत्सव
पोखरा, ११ पुस/ पोखरा १७ बिरौटामा सुन्तला महोत्सव सञ्चालन भएको छ । पोखरा महानगरपालिका र किसान बजार व्यवस्थापन समिति बिरौटाको आयोजनामा पुस १० गतेबाट शुरु भएको सुन्तला महोत्सव पुस १३ गते सम्म सञ्चालन हुने छ । महोत्सवमा पोखरा महानगरपालिकाका वडा नम्बर २१ को दोपहरे, फलेपाटन, हरोबोट र पोखरा २२ को खाल्से लगायतका क्षेत्रका किसानले उत्पादन गरेको सुन्तला बिक्रीमा राखिएको छ । किसानले उत्पादन गरेको सुन्तलाले उचित मुल्य पाउन भन्ने उद्देश्यले उपभोक्तासँग सोझै सम्पर्क स्थापित गर्न महोत्सवको आयोजना गरिएको पोखरा महानगरपालिका… पुरा पढौ

पोखराबाट सुन्तलाबाट लाखौ आम्दानी गर्दै सुबेदी

खिमलाल सुवेदी
पोखरा, २० मंसिर/ वैदेशिक रोजगारबाट फर्केर देशमै केही गर्नु पछ भनेर सुन्तला खेतीमा लागेका पोखरा २१ दोपरेका किसान खिमलाल सुवेदी (नारायण) ले सुन्तला खेतीबाट वर्षेनी लाखौं रुपैयाँ आम्दानी गर्दै आएका छन् । भारतको केरालामा दुई वर्ष मरिचको खेती गर्ने ठाउँमा काम गरेपछि नेपाल फर्केर उनले सुन्तला खेतीमा लागेका थिए । १३ रोपनीमा २ सय १५ सुन्तलाका बगैचामा यतिबेला सुन्तला बोटले नै धान्न नसक्ने गरी फलेका छन् । अहिले सम्मकै धेरै यसै वर्ष फलेकोले कति रुखका हाँखा नै सुन्तला धान्न नसकेर… पुरा पढौ

कारितासको सहयोगमा पोखरामा बाली उपचार शिविर

कारितासको सहयोगमा पोखरामा बाली उपचार शिविर
पोखरा, १७ मंसिर/ कारितास नेपाल फिल्ड कार्यालय पोखराको सहयोगमा पोखरा महानगरपालिका वडा नं १९ पुरुन्चौरमा बाली उपचार शिविर भएको छ । प्राकृतिक व्यवस्थापन कृषि कलेजमा भएको शिविरमा विभिन्न वालीहरुमा लाग्ने रोग, किरा, विकृतिहरु बारे जानकारी प्रदान गरेको थियो । बाली उपचार शिविरमा काउली, बन्दा, टमाटर, रायो साग, सिमि, कफि आदि वालीमा लाई किरा, खुम्रे किरा, रातोकमिला, पतेरो किरा, पात खन्ने किरा जस्ता किराको समस्या आएको उक्त शिविरमा किरा व्यवस्थापनका लागि पाकेको गोवरमलको प्रयोग गर्ने, खेतबारीको सरसफाई गर्ने, पहेँलो पासोको प्रयोग… पुरा पढौ

पोखरा महानगरले चिस्यान सुविधा सहितको कृषि एम्बुलेन्स सञ्चालन गर्ने

पोखरा महानगरले चिस्यान सुविधा सहितको कृषि एम्बुलेन्स सञ्चालन गर्ने
पोखरा, २० साउन/ पोखरा महानगरपालिकाले चिस्यान सुविधा सहितको कृषि एम्बुलेन्स सञ्चालन गर्ने भएको छ । ग्रामीण क्षेत्रका कृषकहरूको उत्पादनलाई बजारीकरण गर्न निःशुल्क ढुवानी सुविधा सहित फलफूल तरकारी मूल्य शृखला विकास आयोजनासँगको साझेदारीमा कृषि एम्बुलेन्स सञ्चालन गर्न लागिएको हो । सो सम्बन्धी सम्झौतामा कृषि तथा पशु पन्छी विकास मन्त्रालयका सहसचिव प्रकाश कुमार सन्जेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले हस्ताक्षर गर्नुभएको छ । कृषि एम्बुलेन्सले महानगरपालिकाका उत्पादन केन्द्रित वडाहरूबाट कृषि उत्पादनको संकलन केन्द्र मार्फत निःशुल्क ढुवानी गर्नेछ भने, उपभोक्ता केन्द्रित वडाहरूमा… पुरा पढौ

चार वटा कृषक समूहलाई २० लाख अनुदान वितरण, गुरुङलाई ‘सर्वोत्कृष्ट वर्ष कृषक’ सम्मान

चार वटा कृषक समूहलाई २० लाख अनुदान वितरण, गुरुङलाई ‘सर्वोत्कृष्ट वर्ष कृषक’ सम्मान
पोखरा, १९ साउन / पोखरा महानगरपालिकाले कृषकहरूलाई २० लाख बराबरको अनुदान वितरण गरेको छ । मेयरमैत्री बाख्रा पालन प्याकेज कार्यक्रम अन्तरगत ती समूहहरूलाई ५ लाखका दरले २० लाख बराबरको अनुदान वितरण गरिएको हो । पोखरा महानगरपालिका पशु सेवा शाखा द्धारा आयोजित बाख्रा मेला प्रदर्शनी तथा अनुदान वितरण कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सो अनुदान वितरण गर्नुभएको हो । अनुदान प्राप्त गर्नेमा मिलीजुली बाख्रा पालन कृषक समूह पोखरा १३ आर्वा, सराङकोट बाख्रा पालन समूह पोखरा १८, लगनशील बाख्रा पालन कृषक… पुरा पढौ

कृषि पेशा र कृषक दुबै सम्मानित नभए देश समृद्ध बन्दैनः मेयर आचार्य

कृषि पेशा र कृषक दुबै सम्मानित नभए देश समृद्ध बन्दैनः मेयर आचार्य
पोखरा, २९ असार/ पोखरा महानगरले १५ वटा कृषि समूहलाई सम्मान गरेको छ । महानगरको कृषि महाशाखाले मंगलबार पोखरा २१ मा आयोजना गरेको सुन्तला बगैंचा व्यवस्थापन प्रोत्साहन सहयोग, पावर स्प्रे, किसान परिचय पत्र वितरण तथा सक्रिय कृषक संस्था सम्मान कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो । सम्मान कार्यक्रममा महानगरका मेयर धनराज आचार्यले प्रमाणपत्र र प्रोत्साहन स्वरुप नगद प्रदान गरेर कृषक समूहलाई सम्मान गरेका हुन् । कृषक समूह सम्मान गर्दै मेयर आचार्यले कृषक र कृषि पेशा सम्मानित नहुँदासम्म मुलुक समृद्ध बन्न नसक्ने बताए… पुरा पढौ

सुन्तला झरेको गुनासो सुन्दै पोखराका मेयर आचार्य

सुन्तला झरेको गुनासो सुन्दै पोखराका- मेयर आचार्य
पोखरा, २८ असार/पोखरा महानगरका मेयर धनराज आचार्य कृषकको बारी र पाखोमै पुगेर उनीहरुका समस्या र सम्भावनाको बारेमा जानकारी लिएका छन् । मंगलबार विहान महानगरको वडा नम्बर २१ का किसानको पाखोबारीमै पुगेर उनले कृषकका समस्याको बारेमा जानकारी लिएका हुन् । निर्वाचनको बेला समेत घरदैलोमा नटेकेका मेयर आचार्यलाई आफ्नो बगैचा र आँगनमा भेट्दा पोखरा २१ का सुन्तला कृषक खुशी देखिन्थे । आठ रोपनी भन्दा बढी जमिनमा सुन्तला खेति गरेका कृषक रुद्धलाल सुवेदीले आफ्नो बँगैचामा विना असिना सुन्तला झरेको भन्दै मेयर आचार्य घरमै… पुरा पढौ

पोखरामा चैते ५ धान सफल

पोखरामा चैते ५ धान सफल
पोखरा, २४ असार/ चैते ५ जातको चैते धान लगाएका किसान खुशी देखिएकाल छन् । परीक्षणको रुपमा लगाइएको धान सफल भएपछि पोखरा १३ आर्वाका किसान खुशी भएका हुन् । आर्वाघारी कुलो उपभोक्ता समितिका अध्यक्ष देवराज पौडेलले धान राम्रो फलेको जानकारी दिए । धानबाली नथन्क्याइएको भएपनि बाला राम्रो लागेकोले यो जातको धान लगाउने आफूहरु निकै सन्तुष्ट रहेको उनले बताए । चैते धानको प्रवद्र्धन गर्न महानगरका ४ वटा क्लस्टरमा लगाएको धानले राम्रो उत्पादन दिएका कृषि महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए । बिहीबार… पुरा पढौ

सराङकोटमा कृषकहरुलाई कृषि सामग्रीहरु हस्तान्तरण

सराङकोटमा कृषकहरुलाई कृषि सामग्रीहरु हस्तान्तरण
पोखरा, २२ असार/ कास्कीको सराङकोटमा कृषकहरुलाई कृषि सामग्री र विभिन्न फलफूलका बिरुवाहरु हस्तान्तरण गरिएको छ । कृषि ज्ञान केन्द्र कास्की र भावना सामुदायिक कृषि सहकारी संस्था सराङ्कोटको सहयोगमा ती सामग्रीहरु वितरण गरिएको हो । क्लस्टरमा रैथाने बाली संरक्षण तथा विस्तार कार्यक्रम अन्तर्गत हाते ट्याक्टर, भकारी र विभिन्न फलफूलका बिरुवाहरु सोमबार एक कार्यक्रम आयोजना गरेर कृषकहरुलाई बाँडिएको सहकारीले जानकारी दिएको छ । सो अवसरमा कृषकहरुलाई ६ बटा हाते ट्याक्टर मिनि ट्याक्टर, २५ बटा भकारी र ५ सय ६५ बटा विभिन्न फलफूलका… पुरा पढौ

जग्गा बाँझो राख्ने प्रबृत्तिप्रति मन्त्री बुढाद्वारा चिन्ता व्यक्त

जग्गा बाँझो राख्ने प्रबृत्तिप्रति मन्त्री बुढाद्वारा चिन्ता व्यक्त
पोखरा, १४ असार/ गण्डकी प्रदेशका भुमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्री चन्द्रबहादुर बुढाले प्रदेश सरकार कृषिमार्फत जनतालाई सम्बृद्ध बनाउन प्रतिबद्ध रहेको बताउनुभएको छ । कृषिको बिबिधिकरणमा गण्डकी प्रदेश एक नम्बर रहेको बताउँदै बुढाले मन्त्रालय कृषि उत्पादनमा प्रदेशलाई आत्मनिर्भर बनाउन लागि परेको बताउनुभो । पोखराको हेम्जा स्थित मानव सेवा आश्रममा आयोजित कृषि सामग्री वितरण कार्यक्रममा उहााले सो बताउनुभएको हो । सो अवसरमा उहाँले सरकार कृषिमा आत्मनिर्भर बनाउन लागि परेको भएता पनि जग्गा बाँझो राख्ने प्रबृत्ति बढेकोमा चिन्ता व्यक्त गर्नुभयो… पुरा पढौ