पोखरामा लोकल दूध भन्दै तराईको दूध, रोक्नु पर्ने किसानको माग

-


     क्लिक गण्डकी     
     पौष २५ गते २०८० मा प्रकाशित


पोखरामा लोकल दूध भन्दै तराईको दूध, रोक्नु पर्ने किसानको माग

पोखरामा लोकल दूध भन्दै तराईको दूध, रोक्नु पर्ने किसानको माग

पोखरा, २५ पुस/ पोखरामा लोकल दूधको नाममा तराईको दूध बेच्ने गरेको पाइएको नेपाल डेरी फार्मर्स संघ र राष्ट्रिय व्यवसायीक पशुपालन तथा दुग्ध उत्पादक कृषक समाज गण्डकीका अध्यक्ष दीपक तिमिल्सिनाले बताएका छन् ।

पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै लोकल दुध भने र तराईबाट ल्याएको दूध विक्रि गर्ने समुह नै भएको बताए । तराईको दूध बेच्न पाईन्छ तर पोखराको दूध भनेर तराईको दूध बेच्न नपाईने उनले बताए ।

४÷५ वटा गाई÷भैंसी पाल्छन् तर दैनिक १ सय लिटर भन्दा बढी दूध बिक्री गर्ने गरेको उनको भनाई छ । लोक दूध भने र तराईको दूध मिसाएर पोखरामा विक्रि गर्ने गरेको उनको भनाई छ । तिमिल्सीनाले तराईको दूध पोखराको लोकल दूध भन्दै बेच्दापनि सरकार र प्रशासन मुक दर्शक बनेको बताए ।

राष्ट्रिय व्यवसायीक पशुपालन तथा दुग्ध उत्पादक कृषक समाजका केन्द्रीय अध्यक्ष आनन्दप्रसाद निउरेले तराईका अखाद्य वस्तु मिश्रण भएको दूध पोखरा ल्याएर बिक्री भइरहेकाले यो तत्काल रोक्नुपर्ने बताए । नत्र यसले उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड हुने र स्थानिय किसानपनि समस्यामा पर्ने बताए ।

पोखरा महानगरपालिकाका पशु महाशाखा प्रमुख नवराज अधिकारीले तराईको दूध पोखराको लोकल भन्दै बेचेको बारे आफुहरुले अनुसन्धान खोजी गरेर कार्वाही गर्ने बताए । पोखरामा दैनिक ४१ हजार लिटर दूध खपत हुने गरेका छ । जसमा पोखरामा नै ३४ हजार लिटर उत्पादन हुन्छ भने अन्य छिमेकी जिल्लाबाट आउने गरेको छ ।

त्यसै गरी नेपाल डेरी फार्मर्स संघ र राष्ट्रिय व्यवसायीक पशुपालन तथा दुग्ध उत्पादक कृषक समाजले दूध तथा दुग्धजन्य पदार्थमा आत्मनिर्भर बनाई १० बुँदे सुझाव सरकारसमक्ष पेश गरेको छ ।

बैंकको ऋणमा सहजीकरण गर्न, दुग्धजन्य पदार्थको आयातमा प्रतिबन्ध गर्ने तथा निर्यातका लागि पहल गर्न, कृषि अनुदान कर्जाको सीमा ५ करोडबाट बढाएर २० करोड पु¥याउन, कृषि कर्जाको समयसीमा ५ वर्षबाट बढाएर २० वर्ष पु¥याउन माग गरेको हो ।