पोखरामा कृषि यान्त्रिकरण प्रदर्शनी सुरु, रैथाने बालीमा आक्रर्षण

-


     क्लिक गण्डकी     
     पौष २० गते २०८० मा प्रकाशित


पोखरामा कृषि यान्त्रिकरण प्रदर्शनी सुरु, रैथाने बालिमा आक्रर्षण

पोखरामा कृषि यान्त्रिकरण प्रदर्शनी सुरु, रैथाने बालिमा आक्रर्षण

पोखरा, २० पुस / पोखराको प्रदर्शनी केन्द्रमा शुक्रबार देखी प्रादेशिक कृषि यान्त्रिकीकरण प्रदर्शनी सुरु भएको छ ।

कृषिमा यान्त्रिकरणको अवलम्बन, कृषि कार्यमा परिवर्तन भन्ने नाराका साथ शुरु भएके प्रदर्शनीको गण्डकी प्रदेश सरकारका कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसीले उद्घाटन गरें । २२ गतेसम्म चल्ने प्रदर्शनीमा विभिन्न थरीका कृषि यन्त्र, कृषि प्रर्दशनीहरु राखिएको छ ।

नेपाल कृषि मेसिनरी व्यवसायी संघ, गण्डकी प्रदेश कृषि विकास निर्देशनालय, पोखरा महानगरपालिका, नेपाल सरकार कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रिकीकरण प्रवद्र्धन केन्द्रको संयुक्त आयोजनामा प्रदर्शनी सुरु भएको हो ।

कृषि औजार, उपकरण, यन्त्र तथा सेवाहरुको जानकारी दिँदै उत्पादक र उपभोक्तालाई एकै ठाउँमा जोड्न प्रदर्शनी राखिएको पोखरा महानगर कृषि शाखा प्रमुख मनहर कडरियाले बताए ।

प्रदर्शनीका अवसरमा पोखरा महानगरले किसानहरुलाई सघाउन ८५ लाख रुपैयाँ भन्दा बढिको अनुदान कृषकलाई दिइने बताए ।

प्रदर्शनीमा राखिएका कृषि यन्त्र खरिद गर्दा किसानले महानगरबाट ५० प्रतिशतसम्मको अनुदान पाउने छन् भने विक्रेताबाट १० प्रतिशत सहुलिएन पाउने कडरीयाले बताए ।

प्रदर्शनीको करिब २० हजारले अवलोकन गर्ने आयोजकको अनुमान छ । दर्शकहरु स्टलमा राखीका रैथाने बालिमा बढि झुम्मिदै किनमेल गरेका थिए ।