कृषि

जलस्रोतको सदुपयोगमा जुटौँः कृषि मन्त्री श्रेष्ठ

जलस्रोतको सदुपयोगमा जुटौँः कृषि मन्त्री श्रेष्ठ
नवलपुर, १९ असोज/ गण्डकी प्रदेशकी कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा जिसी श्रेष्ठले मुलुकको समृद्धिमा जलस्रोतको महत्वपूर्ण भूमिका रहेको बताएकी छिन् । नवलपुरको कावासोती स्थित कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको २४औँ वार्षिक साधारण सभामा बोल्दै उनले उपलब्ध जलस्रोतलाई पुर्ण रुपमा उपयोग गर्न सके देश विकासमा टेवा पुग्ने बताएकी हुन् । शुक्रबार संस्थामा आयोजित कार्यक्रममा उनले भनिन्‘, नेपाल जलस्रोतको धनी देश, यसको उपयोगिता बृहत छ । यसलाई पूर्ण रुपमा उपयोग गर्न सके सुखी नेपाली समृद्ध देश निर्माणकोे साझा संकल्पलाई… पुरा पढौ

ली–बर्डको २०२४–२०३० रणनीति तय

ली–बर्डको २०२४–२०३० रणनीति तय
पोखरा, ८ असोज/ ली–बर्डले २०२४–२०३० रणनीति तय गरेको छ । कास्कीमा सरकारी निकाय, दाता, साझेदार संस्था, शैक्षिक संस्था, स्थानिय निकाय, निजी क्षेत्र, प्रभाव समूह (किसान), सञ्चारकर्मी, संस्थापक सदस्यहरू, साधारण सदस्यहरु, कार्यकारी समितिका प्रतिनिधिहरू सहभागितामा रणनीतितय गरेको हो । ३० औँ वार्षिक साधारण सभा तथा सामाजिक लेखापरीक्षण कार्यक्रममा सल्लाहकार डा. बलराम थापाले ली–बर्डको रणनीतिको संक्षिप्तमा दृष्टि, ध्येय र परिकल्पनाबारे जानकारी प्रस्तुत गरे । कार्यक्रममा डा. राम चन्द्र बराल (सामाजिक लेखा परिक्षक) द्वारा सामाजिक परिक्षणको प्रस्तुतीकरण गरे । संस्थागत सामाजिक परिक्षणको दौरानमा… पुरा पढौ

परिणाम आजको आवश्यकताः कृषि मन्त्री श्रेष्ठ

परिणाम आजको आवश्यकताः कृषि मन्त्री श्रेष्ठ
पोखरा, २७ भदौ/ गण्डकी प्रदेशकी कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा जिसी श्रेष्ठले परिणाममुखी कार्य गनुपर्ने बताएकी छिन् । वुमन चेम्बर अफ कमर्स कास्कीको वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनको अवसरमा बोल्दै मन्त्री श्रेष्ठले योजनाहरु निर्माण भएपनि अपेक्षित परिणाम प्राप्त हुन नसकेको उल्लेख गर्दै अब परिणाममुखी योजनाहरुमा जोड दिनुपर्ने बताएकी हुन् । मन्त्री श्रेष्ठले भनिन्,‘अर्थतन्त्र सुदृढीकरणको सुरुवात अब कृषिबाट गर्नुपर्छ । कृषिजन्य दैनिक उपभोग्य वस्तुहरु समेत हामीले आयात गनुपर्ने अवस्था छ । यो आयात गनुपर्ने अवस्थाको अन्त्य गर्दै अब… पुरा पढौ

बाँदरका कारण बढ्दो समस्या र विकल्प बारे छलफल

बाँदरका कारण बढ्दो समस्या र विकल्प बारे छलफल
पोखरा, १९ साउन/ ग्रिन गभर्नेन्स नेपालको आयोजना एवम् युएसएआइडीको सहयोगमा आज पोखराको पचभैयामा आयोजित कार्यक्रममा बाँदका कारण बढ्दो समस्या र यसको विकल्प सम्बन्धमा छलफल गरिएको छ । सिड फाउन्डेशन नेपालको स्थानीय संयोजनमा गरिएको कार्यक्रममा बक्ताहरूले बाँदरको समस्याका कारण गाउँ बस्तीमा खेतीपाती लगाउने क्रम घट्दै गएको बताए । ग्रिन गभर्नेन्स नेपालका कार्यक्रम अधिकृत अर्जुुन भुुषालले देशव्यापी रुपमा बाँदरको समस्या रहेको बताउँदै यसको विकल्पमा विभिन्न खेती गर्न सकिने बताउनुभयो । ग्रिन गभर्नेन्स नेपालले मानव वन्यजन्तुु नियन्त्रणमा नवप्रवर्तन कार्यक्रम अन्तर्गत आवाजका माध्यमबाट बाँदरलाई… पुरा पढौ

पोखरा महानगरले तोक्यो अनुदानको मलको मूल्य (मूल्य कति सहित)

पोखरा महानगरले तोक्यो अनुुदानको मलको मूल्य
पोखरा, १८ साउन/ पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि रासायनीक मलको मूल्य तथा बिक्री परिमाणको कोटा निर्धारण गरेको छ । पोखरा महानगरपालिका मल वितरण ब्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले नेपाल सरकारले अनुदानमा उपलब्ध गराउने मलको मुल्य निर्धारण गरेको हो । महानगरका उपप्रमुख एवं मल वितरण ब्यवस्थापन समितिका संयोजक मञ्जुदेवी गुरुङको अध्यक्षतामा बसेको बैठकले युरिया, डीएपी र पोटासको मुल्य निर्धारण गरेको महानगरपालिका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए । उक्त बैठकमा पोखरा महानगरका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापा,… पुरा पढौ

महानगरका २८० सुन्तला कृषकलाई २५ लाख बराबरको अनुदान प्रदान

सुन्तला
पोखरा ३१, असार/ पोखरा महानगरपालिकाले सुन्तला कृषकहरूलाई अनुदान प्रदान गरेको छ । नगर प्रमुख धनराज आचार्यले किसानहरूलाई सुन्तला बगैँचा व्यवस्थापन प्रोत्साहन कार्यक्रम अन्तर्गत नगद २५ लाख रुपैया बराबरको अनुदान प्रदान गर्नुभएको हो । नगरप्रमुख आचार्यले कृषकहरूलाई व्यवसायीकरण गर्दै उत्पादन वृद्धि र पेसाप्रतिको आकर्षण बढाउनका लागि महानगरपालिकाको तर्फबाट अनुदान सहायता प्रदान गरिएको बताउनुभयो । उहाँका अनुसार वडा स्तरमा सुन्तलाको पकेट कार्यक्रम सञ्चालन गरी कृषकहरूलाई व्यवसायीकरण र उत्पादन वृद्धिमा महानगरले जोड दिएको बताउनुभयो । महानगरको आर्थिक विकास महाशाखा प्रमुख प्रमुख मनोहर कडरियाले… पुरा पढौ

पोखरा महानगरपालिकाद्धारा कृषकहरूलाई प्रोत्साहन रकम प्रदान

पोखरा महानगरपालिकाद्धारा कृषकहरूलाई प्रोत्साहन रकम प्रदान
पोखरा ३१, असार / पोखरा महानगरपालिकाले चैते धान लगाउने कृषकहरूलाई प्रोत्साहन रकम प्रदान गरेको छ । महानगरको वडा नं।२६ र २७ का २२६ जना कृषकहरूलाई नगद ६ लाख ८१ हजार ३ सय बराबरको प्रोत्साहन रकम प्रदान गरेको हो । उनीहरूलाई सोमबार आयोजित एक कार्यक्रमका बिच पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य उक्त प्रोत्साहन प्रदान गर्नुभएको हो । प्रोत्साहन रकम प्रदान गर्दै नगर प्रमुख आचार्यले कृषिलाई पोखरा महानगरपालिकाले प्राथमिकतामा राखेको बताउनुभयो । कृषिको यान्त्रीकरण तथा व्यवसायीकरण, उत्पादकत्व वृद्धि, बाँझो जमिनमा खेतीपाती, विभिन्न… पुरा पढौ

देशलाई धानमा मात्र होइन खाद्यान्नमा आत्मनिर्भर बनाउन सरकार लागिपरेको छ – प्रधानमन्त्री

देशलाई धानमा मात्र होइन खाद्यान्नमा आत्मनिर्भर बनाउन सरकार लागिपरेको छ - प्रधानमन्त्री
भरतपुर, १५ असार/ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धानमा मात्र नभई देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन सरकार लागिपरेको बताउनुभएको छ । भरतपुर महानगरले आज यहाँ आयोजना गरेको २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले उत्पादन लागत घटाउने र उत्पादकत्व बढाउने गरी सरकारले कृषि दशक कार्यक्रम अघि बढाएको स्पष्ट पार्नुभयो । सरकारले आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रममा कृषि दशक कार्यक्रम घोषणा गरेको उल्लेख गर्दै प्रधानमन्त्रीले सिचाइ र बीउ एवं मल उपलब्धता गर्ने र… पुरा पढौ

कास्कीको माछापुच्छ«ेमा चट्याङ लागेर भेडा मरे

चट्याङ
पोखरा, ९ असार/ कास्कीको माछापुच्छ«े गाउँपालिका वडा नम्बर २ च्याङलुङमा चट्याङ लाग्दा भेडा मरेका छन् । असार ५ गते बेलुका परेको चट्यङका कारण ३२ वटा भेडा मरेका छन् । गाउँमा एसखर्कको शिरा भूमिबराह भेडा फारमका ती भेडा मरेको फार्म सञ्चालक लीलबहादुर क्षत्रीले जानकारी दिए । फार्ममा २ सय भेडा थिए । उनले चट्याङले करिब ७ लाख क्षति भएको उनले बताए । उनले पछिल्ला समयमा सरकारी निकायले भेडा, बाख्राको पशु बिमाको व्यवस्था नगर्दा क्षतिपूर्तिका लागि समस्या भएको बताए । क्षत्रीले माछापुच्छ«े… पुरा पढौ

किसान र उपभोक्ताको हितको लागि विचौलियाको अन्त्य आवश्यक – मुख्यमन्त्री अधिकारी

किसान र उपभोक्ताको हितको लागि विचौलियाको अन्त्य आवश्यक ः मुख्यमन्त्री अधिकारी
पोखरा, २३ बैशाख/ गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पशुपालक किसान तथा उपभोक्ताको हितको लागि विचौलियाको अन्त्य गर्नुपर्ने बताउनुभएको छ । शनिबार पशुपन्क्षी तथा मत्स्य विकास निर्देशनालय पोखराले आयोजना गरेको तृतीय त्रैमासिक तथा नौमासिक प्रगति समिक्षा गोष्ठीमा बोल्दै उहाँले यसको समाधानका लागि पशुपालक किसान र उपभोक्ताबीचमा पुलको काम सरकारले गर्नुपर्ने बताउनुभयो । विचौलियाका कारण उपभोक्ता चर्को मुल्य तिर्न बाध्य हुनुपर्ने तथा पशुपालक किसानलाई लागत खर्च उठाउन मुस्किल भएर पलायन हुनुपर्ने अवस्थासम्म देखिने गरेको उहाँको भनाइ छ । पशु फार्मका सञ्चालक, सरकार… पुरा पढौ