ली–बर्डको २०२४–२०३० रणनीति तय
पोखरा, ८ असोज/ ली–बर्डले २०२४–२०३० रणनीति तय गरेको छ । कास्कीमा सरकारी निकाय, दाता, साझेदार संस्था, शैक्षिक संस्था, स्थानिय निकाय, निजी क्षेत्र, प्रभाव समूह (किसान), सञ्चारकर्मी, संस्थापक सदस्यहरू, साधारण सदस्यहरु, कार्यकारी समितिका प्रतिनिधिहरू सहभागितामा रणनीतितय गरेको हो ।
३० औँ वार्षिक साधारण सभा तथा सामाजिक लेखापरीक्षण कार्यक्रममा सल्लाहकार डा. बलराम थापाले ली–बर्डको रणनीतिको संक्षिप्तमा दृष्टि, ध्येय र परिकल्पनाबारे जानकारी प्रस्तुत गरे । कार्यक्रममा डा. राम चन्द्र बराल (सामाजिक लेखा परिक्षक) द्वारा सामाजिक परिक्षणको प्रस्तुतीकरण गरे ।
संस्थागत सामाजिक परिक्षणको दौरानमा संस्थााले बाली सुधार, किसानहरूलाई दिगो खेती प्रणालीमा सहभागी गराउन, सामुदायिक बीउ बैंकको स्थापना र बीउ उद्यमशिलता प्रवद्र्धन गर्न, पर्यावरणीय कृषि र जलवायु उत्थानशील प्रविधिबाट रैथाने बाली संरक्षणमा उल्लेखनीय योगदान गरेको बताए ।
जलवायु उत्थानशील प्रविधि, परागसेचन, जंगली खानयोग्य वनस्पति, ग्रामीण जीविकोपार्जन सुधार र प्रमाणमा आधारित नीतिगत पैरवीमा योगदान गरेको बताए । ली–बर्डबाट संचालित कार्यक्रमबाट सिमान्तकृृत समुदायको जिविकोपार्जनको अभिवृद्धि, उत्थानशिल क्षमताको विकास, बीउमा परनिर्भरता घटाउने कार्यमा योगदान, रैथाने बालीको प्रवद्र्धन, जैविक विविधताको संरक्षणमा, कर्णाली प्रदेशमा परागसेचन रणनीति विकासमा योगदान, गण्डकीमा कृषि जैविक विविधता तथा प्राङ्गारिक खेति रणनीति निति विकासमा योगदान गरेको बताए ।
संस्थालाई जैविक विषादी निगरानीको दायरामा वृद्धि गर्न, किसानसँगको अन्र्तक्रियाको लागि फिल्ड कर्मचारीको क्यालेन्डर बनाउन, कर्मचारीको सामाजिक परिचालनको क्षमता अभिवृद्धि तथा स्थानिय कृषि उत्पादनको मूल्य श्रृंखलामा लगानी गर्न सुझाव प्रदान गरिएको छ । पछिल्लो ३० वर्षमा आर्जित ज्ञानको विस्तार, नमूना गाउँमा पत्रु खाना बेच्न रोक्न र एक विश्व एक स्वास्थ्य कार्यान्वयन गर्नुपर्ने भन्दै संस्थाका लागि सुझावहरू दिए ।
प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय गण्डकी प्रदेश, डा. टंक प्रसाद प्रसाईले संस्थाले कृषिको क्षेत्रमा गण्डकीको मात्र नभई नेपालको गौरवको रुपमा ली–बर्ड रहेको बताए । ली–बर्डको राम्रो कामको प्रशंसा गर्दै सबै तीन तहको सरकारसँग मिलेर काम गर्नुपर्ने सुझाव दिए । सामाजिक लेखापरीक्षणको क्रममा दिइएका सुझावहरू भविष्यका कामहरू गर्दा विचार गर्नुपर्ने छ । प्रदेश सरकारले जीन बैंक, खाद्य विविधता र बजारमा ध्यान दिनुपर्नेछ भने स्थानीय सरकारले उत्पादनमा ध्यान दिनु पर्ने बताए । कृषि पर्यटनलाई प्राथमिकता दिनुपर्ने साथै स्थानीय स्वदेशी बालीको उत्पादकत्व बढाउन सरकारका निकायहरूसँग मिलेर एकीकृत दृष्टिकोण अपनाउनुपर्नेमा जोड दिए ।
लुम्ले कृषि केन्द्रका प्रमुख डा. प्रनिल केसीले परम्परागत खेती प्रणाली निर्वाहमुखी भएकाले किसानको चाहना बमोजिम अगाडि ल्याउन जोड दिए । गैर सरकारी संस्था महासंघका अध्यक्ष राम प्रसाद सुवेदीले गैर सरकारी संस्थाको रुपमा कास्कीबाट उदाएर राष्ट्रिय स्तरमा नै अब्बल संस्थाको रुपमा विशेष गरी प्राकृतिक स्रोत व्यवस्थापनको क्षेत्रमा अग्रणी भूमिकामा देखिएको बताउँदै सरकारी निकायले समेत गैसस क्षेत्रको समाजको रुपान्तरणको योगदानलाई कदर गर्न सुझाए ।
कृषि विकास निर्देशनालय गण्डकीका महानिर्देशक बासु रेग्मीले सामुदायिक बिउ बैँक देखि लिएर जैविक विविधताको संरक्षणलाई प्राथमिकतामा राखेर प्रदेश लोकसेवा आयोगमा समेटिएको समेत जानकारी गराए ।
प्राकृतिक श्रोत व्यवस्थापन कलेज प्रमुख प्रोफेसर डा. दुर्गा देवकोटाले कृषि तथा विश्व विद्यालयसँगको साझेदारीको लागि ली–बर्डलाई धन्यवाद दिँदै यस संस्थााले युवाहरु तथा मानव संसाधनको शिप तथा क्षमता अभिवृद्धि एवं व्यवसायीक विकासमा गरेको योगदानको स्राहना गरे । उनले भूमिहीन किसानहरूको सन्दर्भमा, विश्वविद्यालयको पाठ्यक्रम अद्यावधिक गर्न महत्त्वपूर्ण रहेको आँैल्याए ।
अन्नपर्ण गाउँपालिका अध्यक्ष विष्णु बहादुर केसीले ली–बर्डलाई दिगो विकासमा थप योगदानको लागि सहकार्यका लागि आह्वान गरे ।
ली–बर्डमा २८ वर्षदेखि कार्यरत इन्द्रप्रसाद पौडेललाई अविच्छिन्न सेवा र संस्थामा १५ वर्ष भन्दा बढी सेवा गरेका मीरा ढकाल, राजकुमार चौधरी, वीरेन्द्र चौधरी, इन्देश्वर मण्डल र चन्द्रबहादुर साउदलाई वार्षिकोत्सवका अवसरमा दीर्घ सेवा पदक तथा सम्मान प्रदान गरिएको थियो । कार्यकारिणी बोर्डका अध्यक्ष डा. प्रताप कुमार श्रेष्ठले सबै सहभागीलाई धन्यवाद दिए ।