बाँदरका कारण बढ्दो समस्या र विकल्प बारे छलफल

-


     क्लिक गण्डकी     
     श्रावण १९ गते २०८१ मा प्रकाशित


बाँदरका कारण बढ्दो समस्या र विकल्प बारे छलफल

बाँदरका कारण बढ्दो समस्या र विकल्प बारे छलफल

पोखरा, १९ साउन/ ग्रिन गभर्नेन्स नेपालको आयोजना एवम् युएसएआइडीको सहयोगमा आज पोखराको पचभैयामा आयोजित कार्यक्रममा बाँदका कारण बढ्दो समस्या र यसको विकल्प सम्बन्धमा छलफल गरिएको छ ।

सिड फाउन्डेशन नेपालको स्थानीय संयोजनमा गरिएको कार्यक्रममा बक्ताहरूले बाँदरको समस्याका कारण गाउँ बस्तीमा खेतीपाती लगाउने क्रम घट्दै गएको बताए ।

ग्रिन गभर्नेन्स नेपालका कार्यक्रम अधिकृत अर्जुुन भुुषालले देशव्यापी रुपमा बाँदरको समस्या रहेको बताउँदै यसको विकल्पमा विभिन्न खेती गर्न सकिने बताउनुभयो ।

ग्रिन गभर्नेन्स नेपालले मानव वन्यजन्तुु नियन्त्रणमा नवप्रवर्तन कार्यक्रम अन्तर्गत आवाजका माध्यमबाट बाँदरलाई धपाउने जस्ता विभिन्न विकल्पबारे अध्ययन गरिरहेको उहाँले जानकारी दिनुभयो ।

बाँदर प्रकोपको विकल्पमा कागती, खुर्सानी, अदुुवा जस्ता विभिन्न बैकल्पिक खेती गर्न सकिने बताउँदै उहाँले ती खेतीको प्रविधि बारे चर्चा गर्नुभयो । उहाँले बन्यजन्तुुबाट भएको क्षतिको राहत वितरण निर्देशिका २०८० लगायतको कानुुनी व्यवस्था बारे जानकारी गराउनुभयो ।

सिड फाउन्डेशन नेपालका निर्देशक दामोदरभक्त थापाले बाँदर प्रकोप कम गर्नका लागि उनीहरूले खाने फलफूलका बोट सहित बाँदर बगैंचाको अवधारणा अघि सानुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा मादी गाउँपालिका वडा नं १२ लिपेपानीका गिरेन्द्र गुुरुङले बाँदर तर्साउने बन्दुक बारे जानकारी गराउनुुभएको थियो ।

लेखनाथ पत्रकार मञ्चका अध्यक्ष कविराज खनालले बाँदरले खेतीमा पार्ने गरेको असरबाट जोगिन कुरिलो खेती ,सिप्लीकान खेती जस्ता विभिन्न विकल्प अपनाउने सकिने सुुझाव दिनुभयो । उक्त अवसरमा सहभागीले बाँदरका कारण पर्ने गरेका समस्या बारे आ आफ्ना धारणा राख्नुभएको थियो ।



Tags: