पोखरा, २४ भदौ/ पोखराको लामाचौरमा रहेको नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा भदौ २९ गते देखी दशौं संस्करणको ‘लामाचौर कप’ राष्ट्रिय महिला भलिबल प्रतियोगितामा चार क्लबले सहभागिता जनाउने भएका छन् । लिग रोविनमा खेलाईने प्रतियोगितामा काठमाडौंको न्यु डायमण्ड युथ स्पोर्टस क्लब, शसस्त्र प्रहरी बल, नेपाल पुलिस क्लब र बुटवलको न्यु एभरेष्ट भलिबल क्लबले प्रतिस्पर्धा गर्ने छन् । पुरुष तर्फको प्रतिस्पर्धामा भने पाँच टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् । बुटवलको मणिमुकुन्द भलिबल क्लब, शसस्त्र प्रहरी बल, नेपाल पुलिस क्लब, गल्कोट भलिबल…
पुरा पढौ