#भलिबल

न्यु डायमन्डको विजयी सुरुवात

न्यु डायमन्डको विजयी सुरुवात
काठमाडौं, २१ माघ/ होङवान्जी न्यु डायमन्ड युथ स्पोर्टस् क्लबले छैटौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिता २०७९ मा विजयी सुरुवात गरेको छ । शेरबहादुर खड्का प्रतिष्ठानको आयोजनामा भएको प्रतियोगिताको उद्घाटन खेलमा डायमन्डले नेपाली सेनाको त्रिभुवन आर्मी क्लबमाथि ३–० को जित निकालेको हो । डायमन्डले आर्मीमाथि २५–२०, २५–१४, २५–१० को सहज जित निकालेको हो । पहिलो सेटको सुरुवातमा ४–० को अग्रता लिदै केहि आशा देखाएको सेना त्यसलाई निरन्तरता दिन नसक्दा २५–२० ले डायमन्डलाई खेल सुम्पन पुग्यो । दोश्रो र तेश्रो सेटमा… पुरा पढौ

फागुनमा गण्डकी प्रदेशस्तरिय मुख्यमन्त्री कम महिला तथा पुरुष भलिबल प्रतियोगिता

भलिबल
पोखरा, २० माघ/ गण्डकी प्रदेश स्थापना दिवसमा पोखरामा गण्डकी प्रदेशस्तरिय मुख्य मन्त्री कप महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । प्रदेश खेलकुद परिषदको आयोजना तथा गण्डकी प्रदेश भलिबल संघको प्राविधिक सहयोगमा प्रतियोगिता आयोजना हुन लागेको हो । प्रतियोगिता फागुन १ देखि ३ गते सम्म पोखरा रंगशालामा सञ्चालन हुने छ । प्रदेश खेलकुद परिषदको शुक्रबार सम्पन्न कार्यकारी समितिको बैठकले प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको परिषदका सदस्य सचिव घनश्याम पौडेलले जानकारी दिए । “नेपालको राष्ट्रिय खेल भलिबल भएका कारणले पनि… पुरा पढौ

अन्तर वडा भलिबलमा पोखरा–२३ का दुवै टिम प्रथम

अन्तर वडा भलिबलमा पोखरा–२३ का दुवै टिम प्रथम
पोखरा, १८ माघ/ पोखरा महानगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको अन्तर वडा महिला तथा पुरुष भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर २३ को टिमले जितेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा बुधबार भएको फाइनलमा वडा नम्बर २३ को महिला र पुरुष दुवै टिमले फाइनल जितेका हुन् । पुरुषतर्फ वडा नम्बर १६ द्वितीय र वडा नम्बर २० तृतीय भए । महिलातर्फ वडा नम्बर १८ द्वितीय र वडा नम्बर १५ तृतीय भए । पुरुषतर्फ फाइनलमा वडा नम्बर १६ लाई ३–२ को सेट र… पुरा पढौ

एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबलः तीन विभागिय टोली सेमिफाईनलमा

एनभिए राष्ट्रिय पुरुष क्लब भलिबल च्याम्पियनसिपमा पुलिस समूह विजेता
काठमाडौं, २९ पुस/ तीन विभागिय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, एपिएफ क्लब र नेपाल पुलिस क्लब सातौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा पुरुष तर्फ अन्तिम चारमा स्थान बनाउन सफल भएका छन् । आज भएको क्वाटरफाईनल खेलमा आर्मीले गण्डकी प्रदेशलाई ३–१ को सेटमा पराजित गर्दै सेमिफाईनलमा स्थान बनाएको हो । पहिलो सेट २५–२२ ले आफ्नो पक्षमा पारेको आर्मीले दोश्रो सेट २१–२५ ले गण्डकीलाई सुम्प्यो । तेश्रो सेट २५–१० ले सहजै आफ्नो पक्षमा पारेको आर्मीले चौथो सेट सर्घर्षपूर्ण… पुरा पढौ

एनभिए राष्ट्रिय पुरुष क्लब भलिबल च्याम्पियनसिपमा पुलिस समूह विजेता

एनभिए राष्ट्रिय पुरुष क्लब भलिबल च्याम्पियनसिपमा पुलिस समूह विजेता
काठमाडौं, २७ पुस/ नेपाल पुलिस क्लब सातौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा पुरुष तर्फ समूह विजेता बन्न सफल भएको छ । समूह सी को पुलिसले आफुले खेलेको तीनै खेलमा विजयी बन्दै ९ अंकका साथ समूह विजेता बनेको हो । पुलिसले अन्तिम खेलमा गण्डकी प्रदेश माथि रोमाञ्चक प्रतिस्पर्धामा २५–२३, २५–२१, २४–२६ र २५–१५ को जित निकालेको हो । अव पुलिसले क्वाटरफाईनलमा समूह ए को दावाँली मिलन केन्द्र संग प्रतिस्पर्धा गर्नेछ । समूह सी कै अर्को खेलमा ढोरपाटन स्पोर्टस्… पुरा पढौ

पुरुष भलिबलमा आर्मीलाई हराउँदै एपीएफलाई स्वर्ण

पुरुष भलिबल
पोखरा, ३ कात्तिक/ नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष भलिबल फाइनलमा त्रिभुवन आर्मीलाई हराउँदै एपीएफले स्वर्ण जितेको छ । पोखरा रंगशाला भलिबल कोर्टमा बिहीबार आर्मीलाई सोझो सेटमा पराजित गरेको हो । पहिलो सेट २५–२१ ले एपीएफको पक्षमा प¥यो । दोस्रो सेट प्रतिस्पर्धात्मक हुँदाहुँदै एपीएफले २७–२५ ले बाजी मा¥यो । तेस्रो सेट पनि उत्तिकै रोचक बन्दा भलिबल कोर्ट वरिपरि टम्मै भरिएका दर्शकले खेलको भरपूर आनन्द लिए । तेस्रो सेट जितेर खेल लम्ब्याउने आर्मीको प्रयास सफल हुन सकेन । अन्ततः एपीएफले तेस्रो सेट पनि… पुरा पढौ

आर्मी र एपीएफ पुरुष भलिबलको फाइनलमा

पुरुष भलिबल
पोखरा, २ कात्तिक/ नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष भलिबलमा विभागीय टिम त्रिभुवन आर्मी र एपीएफ फाइनलमा प्रबेश गरेका छन् । पोखरा रंगशालामा भलिबल कोर्टमा बुधबार साविक विजेता पुलिसलाई हराउँदै विभागीय डर्बीमा आर्मीले बाजी मा¥यो । एपीएफले घरेलु टिम गण्डकी प्रदेशलाई हरायो । सेमिफाइनलमा आर्मीले ३–१ को सेटमा पुलिसलाई पराजित गरेको हो । आर्मीले पहिलो सेट २५–१८ ले आफ्नो पक्षमा पा¥यो । दोस्रो सेट भने २१–२५ ले पुलिसलाई सुम्पियो । तेस्रो र चौंथो सेट क्रमशः २५–२३ र २५–१९ ले जित हात… पुरा पढौ

महिला भलिबलमा बागमती तेस्रो

नवौ राष्ट्रिय खेलकुदः महिला भलिबलमा एपिएफ, बागमती र पुलिस बिजयी
पोखरा, २ कात्तिक/ महिला भलिबलमा बागमती प्रदेश तेस्रो भएको छ । म्याग्दीको बेनीमा बुधबार भएको खेलमा घरेलु टिम गण्डकीलाई एकका विरुद्ध तीन सेटले पराजित गर्दै बागमती तेस्रो भएको हो । बागमतीले दोस्रो, तेस्रो र चौथो सेटमा गण्डकीलाई २५–१२, २५–२१ र २५–१७ अन्तरमा पराजित गरेको हो । विभागीय टिम एपीएफ र पुलिस बीच दिउँसो १ बजे फाइनल खेल हुने जिल्ला खेलकुद विकास समितिले जनाएको छ । एपीएफले बागमती र पुलिसले गण्डकीलाई पराजित गर्दै फाइनलमा पुगेका हुन् । असोज २८ गतेदेखि शुरु… पुरा पढौ

पोखराः क्लबस्तरीय भलिबलको उपाधि एपिएफ र एसियन सुजलाई

पोखराः क्लबस्तरीय भलिबलको उपाधि एपिएफ र एसियन सुजलाई
पोखरा, २८ भदौ/ पोखरा महानगरपालिका ३ नदीपुरमा सम्पन्न क्लबस्तरीय पुरुष भलिबल प्रतियोगितामा सशत्र प्रहरी बल (४ नम्बर बाहिनी) मालेपाटनको टिम च्याम्पियन भएको छ । पोखरा भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा नदीपुर छन्त्याल समाजको खेल मैदानमा आज (सोमबार) सम्पन्न फाइनल खेलमा मामा भान्जा क्लब काठमाडौंलाई २५–२०, २५–२२, २५–१९ अंकसहित ३–० को सोझो सेटमा पराजित गर्दै एपिएफ च्याम्पियन बनेको हो । त्यसैगरि महिलातर्फ अर्चलबोट भलिबल क्लबलाई फाइनल खेलमा २५–१२, २०–२५, २५–१५ र २५–२० को अंकसहित ३–१ सेटमा पराजित गर्दै एसियन सुज टिमले उपाधि… पुरा पढौ

क्लबस्तरीय भलिबलमा एपिएफ फाइनलमा, महिलातर्फ अर्चलबोट र एसियन सुज

क्लबस्तरीय भलिबलमा एपिएफ फाइनलमा, महिलातर्फ अर्चलबोट र एसियन सुज
पोखरा, २५ भदौ / सशत्र प्रहरी बल (४ नम्बर बाहिनी) मालेपाटनको टोली पोखरा भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा पोखरा महानगरपालिका ३ नदीपुरमा जारी क्लबस्तरीय पुरुष भलिबलको फाइनलमा प्रवेश गरेको छ । छन्त्याल समाजको खेल मैदानमा शनिबार भएको सेमिफाइन खेलमा जिएम समाज कावासोतीलाई २५–२३, १९–२५, २५–२३, २३–२५ र १७–१५ को सोझो सेटमा पराजित गर्दै उपाधि नजिक पुगेको हो । अब एपिएफले उपाधिका लागि मामा भान्जा क्लब र गलकोट क्लबबीचको विजेता टोलीसँग आइतबार प्रतिस्पर्धा गर्ने क्लबका सचिव नवीन छन्त्यालले बताए । उनका अनुसार… पुरा पढौ