महिला भलिबलमा बागमती तेस्रो

-


     क्लिक गण्डकी     
     कार्तिक २ गते २०७९ मा प्रकाशित


नवौ राष्ट्रिय खेलकुदः महिला भलिबलमा एपिएफ, बागमती र पुलिस बिजयी

नवौ राष्ट्रिय खेलकुदः महिला भलिबलमा

पोखरा, २ कात्तिक/ महिला भलिबलमा बागमती प्रदेश तेस्रो भएको छ । म्याग्दीको बेनीमा बुधबार भएको खेलमा घरेलु टिम गण्डकीलाई एकका विरुद्ध तीन सेटले पराजित गर्दै बागमती तेस्रो भएको हो ।

बागमतीले दोस्रो, तेस्रो र चौथो सेटमा गण्डकीलाई २५–१२, २५–२१ र २५–१७ अन्तरमा पराजित गरेको हो । विभागीय टिम एपीएफ र पुलिस बीच दिउँसो १ बजे फाइनल खेल हुने जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

एपीएफले बागमती र पुलिसले गण्डकीलाई पराजित गर्दै फाइनलमा पुगेका हुन् । असोज २८ गतेदेखि शुरु भएको प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिम सहभागी थिए ।



Tags: ,