
भलिबल
पोखरा, १६ फागुन/ पोखरामा मंगलबारदेखि सुरु पाँचौं सृजना कप अन्तर्गत पहिलो दिन छात्र र छात्रातर्फ ८–८ खेल सम्पन्न भए । सृजना विकास केन्द्र र कास्की जिल्ला भलिबल संघको संयुक्त आयोजनामा पोखरा रंगशालाको भलिबल कोर्टमा सुरु पाँँचौं सृजना कप कास्की जिल्ला सामुदायिक विद्यालय छात्रछात्रा भलिबल प्रतियोगितामा छात्रतर्फ ३० र छात्रातर्पm १५ टिमले भाग लिएका छन् ।
छात्रतर्फ उद्घाटन खेलमा कालिका मावि विजयी भएको छ । इन्द्रराज्यलक्ष्मी माविलाई २५–२० र ३५–३३ सेटमा हराउँदै कालिका अघिल्लो चरणमा प्रवेश पाएको रेफ्री संयोजक गोपाल थापाले बताए । छातर्फ नै अर्को खेलमा राष्ट्रिय माविले विश्वशान्न्तिलाई २५–१६ र २५–१६ मा हरायो ।
भद्रकाली माविले विन्दवासिनीलाई सोझो सेटमा हरायो । भद्रकाली २५–११ र २५–२१ मा विजयी भएको हो । यस्तै अमरसिंह माविले छोरेपाटनलाई २–१ सेटमा हरायो । जसमा १९–२५, २५–२१ र २५–१० सेटको नतिजा आयो । राष्ट्रिय माविले कालिकालाई २५–१५ र २५–१६ सहित सोझो सेटमा पराजित ग¥यो । तालवाराहीले जनप्रकाशलाई २५–१६ र २५–१३ सेटमा हराउँदा जनप्रियले वराह माविलाई २५–२० र २५–२२ मा पाखा लगायो । पहिलो दिनको आठौं तथा अन्तिम खेलमा वराह माविले जनप्रभातलाई २५–१५ र २५–१५ मा पराजित ग¥यो ।
छात्रातर्फ गोगन माविले पहिलो खेल जितेको छ । उसले सृजना माविलाई २५–१९ र २५–११ सेटमा हरायो । इद्रराज्यलक्ष्मीले विन्ध्यवासिनीलाई २–१ सेटमा हराउँदा २५–१३, २२–२५ र २५–१० को सेटमा खेल टुंगियो । कन्या माविले राष्ट्रिय माविलाई २५–५ र २५–४ को फराकिलो अन्तरले हरायो । भद्रकालीले अमरसिंहलाई २५–१२, २४–२६ र २५–११ मा हराउँदा गौरीशंकरले लक्ष्मीलाई २५–१३, २५–८ सोझो सेटमा हरायो । तालवाराहीले कालिका माविलाई २५–२०, २५–११ मा हराउँदा शान्ता माविले गोगनलाई २५–६ र २५–११ सेटमा पाखा लगायो ।
दोस्रो दिन छात्रतर्फ पहिलो चरणकै खेल हुने छन् भने छात्रातर्फ दोस्रो चरणका खेल हुने प्रचार संयोजक इन्द्रप्रसाद पौडेलले जनाए । गत वर्षको विजेता शान्ता मावि, भकुण्डे हो । उसले दोहोरो उपाधि जितेको थियो ।





